निर्णय नं. ३१९० - लागू औषधि
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३१९० - लागू औषधि भाग: २९ साल: २०४४ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४४/०३/२८ २७९६ निर्णय नं. ३१९० ने.का.प. २०४४ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४१ सालको फौ.पु.नं. ५९० मुद्दा : लागू औषधि । पुनरावेदक/वादी : परिचर शेरबहादुर गुरुङको जाहेरीले श्री ५ को सरकार । विरुद्ध विपक्षी/प्रतिवादी:जि.उदयपुर गा.पं.बकनीया वार्ड नं.७ मा घर भै हाल काठमाडौं मिड्यान होटलमा वेरा काम गरी बस्ने निर्मल के.सी. । भारत जि.राँची चर्चरोड महल्ला घर भई काठमाडौं अटक नारायण स्थान डेरा गरी बस्ने कृष्ण कुमार गुप्ता । फैसला भएको मिति: २०४४।३।२८।१ मा भारत जाने क्रममा नेपाल सरहदको अन्तिम विन्दु भन्सार गेटसम्म पुगिसकेको अभियुक्तहरूबाट जाँच गर्दा लागू औषधि चरेश फेला परेकोलाई निकासी गरिसकेको भनी दावी लिन नसकेको र निकाशी गरेको प्रमाण पुर्याउन नसकेको भनी भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १६) पुनरावेदक, वादीतर्फबाट: विद्वान सह-न्यायाधिवक्ता श्री जितबहादुर कार्की विपक्षी तर्फबाटःX उल्लेखित मुद्दाःX फैसला न्या.हिरण्येश्वरमान प्रधान: म.क्षे.अ.को फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ । २. २०४०।५।१ गते अं. २:३० बजेको समयमा निकासा डिउटीमा रहँदा निर्मल के.सी. र कृष्ण कुमार गुप्ताले बोकी ल्याएको २ जनाको ब्रीफकेश शंका लागी खोली हेर्दा दुवै ब्रीफकेशमा अं. ३ कभर खोल राखी प्याक गरी एक ब्रीफकेशमा १।। का दरले दुबै ब्रीफकेशमा अं. ३ किलो चरेश चोरी निकासी गर्न लागेका बखत पक्राउ परेकाले कारवाहीका लागि दाखिल गरेको छु भन्ने समेत व्यहोराको परिचर शेरबहादुर गुरुङको प्रतिवेदन । ३. निर्मल के.सी. र कृष्ण कुमार गुप्ताले बोकी ल्याएको ब्रीफकेश खोली चेक गर्दा चरेश फेला परेको ठिक हो भन्ने समेत व्यहोराको दीपकराज शर्मा समेतले गरिदिएको मौका मुचुल्का । ४. मिति २०४०।५।१ गतेका दिन अन्दाजी साढे २ बजेको समयमा म र कृष्ण कुमार बरामद भएको चरेश बिक्री गर्न भनी भारत बनारस तर्फ गइरहेको बखत वीरगंज भन्सार गेटमा पुग्दा त्यहाँका कर्मचारीले रोकी चेक गर्दा यो दाखिल भएको चरेश मेरो र कृष्ण कुमारको ब्रीफकेशबाट बरामद भएकाले पक्राउ गरी दाखिल गरेको हो भन्ने समेत व्यहोराको प्र.निर्मल के.सी.को बयान । ५. म र मेरो साथमा पक्राउ भइआएका निर्मल के.सी. दुबै जना ०४०।५।१ गतेका दिन अं. २:३० बजेको समयमा भारत बनारसतर्फ गइरहेको बखत वीरगंज भन्सारमा जाँच गर्दा यो दाखिल भएको बरामद भएको ठिक हो भनी प्र.कृष्ण कुमार गुप्ताको बयान । ६. दाखिल भएको चरेश ब्रीफकेशबाट बरामद भएको ठिकै हो भन्ने सरजमीन मुचुल्का। ७. प्र.कृष्ण कुमार गुप्ता र प्र.निर्मल के.सी. समेत २ जनाले लागू औषधि (नियन्त्रण) ऐन, ०३३ को परिच्छेद २ को दफा ४ को (ङ) बमोजिमको कसूर गरेकाले निजहरू उपर ऐ. ऐनको परिच्छेद ३ को दफा १४ को देहाय (१) बमोजिम सजायँ भई बरामद भई दाखिल हुन आएको ३ किलो चरेश ऐ.ऐनको दफा १८ बमोजिम जफत गरी पाउन र प्र.निर्मल के.सी. समेतको पोलमा परेका चरेश बिक्री गर्ने राम बहादुर कार्कीको पूरा नाम, थर, वतन नखुलेकाले खुल्न आएका बखत निजहरू उपर मुद्दा चलाउने हाल निज उपर मुद्दा नचलाउने भन्ने समेत अनुरोध गरिएको प्रहरी प्रतिवेदन । ८. राम बहादुर भन्ने मानिसलाई मैले चिनेको पनि छैन । निजसंग मैले चरेश किनेको पनि छैन । बरामद भएको चरेश र ब्रीफकेश मेरो होइन