निर्णय नं. २७५७ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २७५७ - उत्प्रेषण भाग: २८ साल: २०४३ महिना: असोज अंक: ६ फैसला मिति :२०४३/०६/०७ २२८२ निर्णय नं. २७५७ ने.का.प. २०४३ अङ्क - ६ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४२ सालको रिट नं. १९०३ आदेश भएको मिति : २०४३।६।७।३ मा निवेदिका : का.न.पं.वडा नं.५ हाडिगाउँ बस्ने दमनाकुमारी गिरी विरुद्ध विपक्षी : श्री ५ को सरकार मन्त्रीपरिषद्‌ सचिवालय सिंहदरबारसमेत विषय : उत्प्रेषण (१) झूठ्ठो जानकारीको आधारमा भएको मं.प.को ०४०।१२।१५ को निर्णय तथा तत्सम्बन्धी कारवाहीहरू कानुनसंगत नभई त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १४) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट आदेश न्या.पृथ्वीबहादुर सिंह : विपक्षी मन्त्रिपरिषद्को मिति २०४०।१२।१५ को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यसप्रकार रहेछ : २. मिति २०२०।४।२७ को पारीत बण्डापत्र अनुसार आफ्नो अंश भागमा परेको हाल नं.१६१क मा दर्ता तिरो भएको रोपनी १० को बागमती किनारको जग्गा पोत तिरी भोगी आएको र मेरा पति शाही सैनिक सेवामा बहाल रहनु भएकोले पतिसाथ नेपालगञ्ज आदि स्थानमा जान परेकोले २०२२ सालको सर्भे नापीमा उपस्थित हुन सकेकी थिइन, सर्भे नापी हुँदा उक्त जग्गा बागमती नदीको बाढीले बालुवा भरेकोले तत्काल भिमसेनगोला गा.पं.अन्तर्गत वडा नं.२(ङ) बाट कि.नं.११० मा रोपनी १३–८ कायम गरी बागमती नदी भन्ने जनाई ल्याएको र अहिले सो को क्षेत्रफल रोपनी १३–१५–०६ बागमतीले छोड्दै लगे जति जम्मा साल साल आफ्नो तर्फबाट भोग चलन गर्दै आएको र उक्त कि.नं.११० को जग्गाको साविक दर्ता र रसीद प्रमाण पेश गरी उक्त जग्गा मेरो नाममा दर्ता गरी माग्न विपक्षी मालपोत कार्यालयमा निवेदन दिँदा विपक्षी मालले यथार्थ विवरण खुल्ने गरी सरजमीन गरी पठाउनु भनी २०३९।२।३१ मा तत्काल का.न.पं.वडा नं.१० लाई पत्र लेखी पठाएकोले मेरो भोग बमोजिमको जग्गा दर्ता होला भन्ने सम्झी जग्गा भोग चलन गरी आएकै थिएँ ०४२ सालको धान बाली काट्न लागेको बखत विपक्षी मानसिक चिकित्सा गुठीका अध्यक्षले पठाएकोले आएका भन्दै नचिनेका दुईजना मानिस आई मालपोत कार्यालयले यो धान काटेपछि गहुँ नछर्नु भनी गएकाले तत्सम्बन्धका कागजात खोजी उक्त जग्गामा बाँधको प्रवन्ध गरी अस्पताल बनाउन पाउँ भनी गुठीका अध्यक्षले चढाएको निवेदनमा अर्थ मन्त्रालयबाट आफ्नो राय साथ विपक्षी मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरिएकोमा उक्त कि.नं.११० को क्षेत्रफल रोपनी १३–१५–० जग्गाको स्वामित्व श्री ५ को सरकारमा रहने गरी अस्पताल भवन बनाई उक्त जग्गा भोग चलन गर्न पाउने उपलब्ध गराई दिने भन्ने ०४०।१२।१५ मा मन्त्रिपरिषद्बाट निर्णय भएको र निर्णय बमोजिम गर्नु भन्ने मालपोत विभागले मालापोत कार्यालयलाई ०४१।४।९ मा पत्रद्वारा लेखी पठाएको रहेछ । ३. बगर जनिएको उक्त कि.नं. ११० को जग्गाको सम्बन्धमा मेरो दावा परी आफ्नो कार्यालयबाट तत्सम्बन्धमा कारवाही गरेको समेत कुरालाई दबाई मालपोत कार्यालयले यस कार्यालयमा कसैको दावा नपरेको भनी कुरालाई दबाई झुठो व्यहोरापत्र अर्थ मन्त्रालयलाई पठाएको रहेछ । मेरो दावा परी कारवाही चलिरहेकोलाई वास्ता नगरी चिकत्सालयलाई प्रदान गर्ने कुराको समर्थनको राय दिई मेरो सम्पत्तिमा आघात गराई गरिएको राय तथा निर्णयबाट जग्गा मिच्नेको २ नं. तथा संविधानको