निर्णय नं. २६८ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २६८ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने भाग: ८ साल: २०२२ महिना: बैशाख अंक: १ फैसला मिति :२०२१/०६/०५ १९९५ निर्णय नं.२६८ ने.का.प.२०२२ डिभिजन बेञ्च न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह रीट नं.२०/७० निवेदक : बासुदेवप्रसाद उपाध्याय विरुद्ध विपक्षी : श्री ५ को सरकार सवारी मन्त्रालयको सचिव क्षेत्रविक्रम राणा बिषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने (१) थप सबूत प्रमाण बुझी हक बेहकमा निर्णय दिन पर्ने अवस्था आएमा उत्प्रेषणको रीट जारी गर्न नमिल्ने । निवेदकले बारामालबाट जग्गा विगाह १५/५/१ को चलन पाएको र सो जग्गा भन्दा बेग्लै १७३। विगाह जग्गा २०/१२/१४ का निर्णयबाट गोपवाला धितालले पाएको हो भन्ने समेत विपक्षीले लिखित जवाफ दिएको हुनाले निवेदकले दावी गरेको जग्गा र गोपवाला धितालले पाएको जग्गा एकै हो वा पृथक हो ? भन्नलाई नक्सा सर्जमीन समेतको अरु थप सबूत प्रमाणहरू बुझी यकीन गर्नुपर्ने अवस्था पर्न आएमा उत्प्रेषणको रीट जारी गर्न नमिल्ने । (प्रकरण नं.८) निवेदक तर्फबाट : विद्वान एडभोकेट कृष्णप्रसाद घिमिरे, कृष्णप्रसाद भण्डारी, कृष्णप्रसाद पन्त विपक्षी तर्फबाट : विद्वान एडभोकेट रमानन्दप्रसाद सिंह आदेश १. जि.बारा वडाफरको प्रति जग्गा कृषि मन्त्रीज्यूको ०१४।४।५ का आदेश बमोजिम नापजाँच गरी मेरो नाउँमा ५।। १ पोत रु. ८७। समेत गरी जग्गा १७।३।।, ०१६ सालको बाली देखि सम सरहको पोत बुझाई खानु भनी बारा मालले ०१५।१०।१६।५ मा म समेतलाई चलनी पूर्जी गरी दिएकोले घरद्वार समेत बनाई हजारौं रुपैंया खर्चगरी आबाद गरी जिम्दारी बन्दोबस्त नभएको हुँदा ०१८ सालसम्मको पोत राष्ट्र बैंक मार्फत मालमा पठाइएकोमा निज बारा मालले अधिकार नभएको कंजरभेटरको आदेशबाट श्रावण महिना हुँदा बन्दोबस्त गरी दिएँ । २. ०१९ साल आषाढ ४ गतेमा कञ्जरभेटरबाट सो जग्गाको वन सिमाना डिमारकेशन गरी अव्यवस्थित सुकुम्वासीलाई जग्गा बन्दोबस्त गरी दिनु भनेकोले बन्दोबस्तको सिलसिलामा सोही जग्गा मध्ये ७७ ।। टेकचन्द्रको नाउँमा दर्ता गरी दिई म गरीवको जग्गा अर्को आदेश नआएसम्म दर्ता नगर्नु भनी आदेश दिएको र बारा मालले पनि टेकचन्द्रको मानिसलाई २० साल देखि हुन्डा बन्दोबस्त गरी दिएमा रसीद दिलाई पाउँ भन्ने समेत आय र कर अदालतमा निवेदन दिई कारवाई हुँदैछ । ३. नेपालको संविधानको धारा ११ को उपधारा (२) (घ) को विरुद्ध बारा मालमा जगेडा रहेको भन्ने भान देखाई गोपवाला धितालको निवेदन पार्न लगाई दोहरा दर्ता गरी दिने किसिमबाट ०२०।१२।१४ को निर्णय भनी ०२१ सालका बाली देखि आबाद गर्न दिनु भन्ने सवारी मन्त्रालयको निर्णय भई गएछ । मैले आबाद गरी अधिकारवाला मालबाट नापजाँच भई चलन पुर्जी समेत पाएको जग्गा विपक्षीलाई त्यसरी आबाद गर्न दिन अधिकार नभएको हुनाले संविधानको धारा ७१ बमोजिम उत्प्रेषणको आदेश जारी गरी उल्लेखित श्री ५ को सरकारको निर्णय बदर गरी मेरो हक भोग चलनको जग्गा मेरै चलन प्रचलनमा राखी पाउँ भन्ने समेत ०२१।१।१०।४ को जि.बारा प्र.टोकनी मौजे बडाफर बस्ने बासुदेवप्रसाद उपाध्यायको निवेदनपत्र । ४. १५ दिन भित्र एटर्नी जनरल अफिस मार्फत लिखित जवाफ पठाउन विपक्षीलाई सूचना पठाई दिनु भन्ने समेत ०२०।१।१२।६को सिंगलबेञ्चको आदेश । ५. श्री ५ को सरकारको निर्णयबाट निवेदिका गोपवालाले निवेदनमा माग गरे अनुसार अव्यस्थित रैतीहरूको नाउँमा दर्ता भई बाँकी रहन आएको मालको जिम्मा जगेडा रहेको १७।३।। जग्गा दिइएको हो । उक्त माल जिम्मा जगेडा रहेको जग्गा रमेशचन्द्र उपाध्याय सम