निर्णय नं. २७५८ - उत्प्रेषण लगयत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २७५८ - उत्प्रेषण लगयत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: असोज अंक: ६ फैसला मिति :२०४३/०६/१० २२७४ निर्णय नं. २७५८ ने.का.प. २०४३ अङ्क - ६ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४१ सालको रि.नं. १६३० आदेश भएको मिति : २०४३।६।१०।६ मा निवेदक : जि.मोरङ, हाथीमुडा गा.पं.स्थिति जय श्री राइस फ्लोर एण्ड आयल मिल्स, प्रा.लि.का.सञ्चालक जि.मो. विराटनगर वा.नं. ३ बस्ने महावीरप्रसाद तोढी विरुद्ध विपक्षी : कर कार्यालय, धरानसमेत विषय : उत्प्रेषण लगयत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ (१) आधुनिकीकरण गरी उत्पादन शुरु गरेको ३ वर्षसम्म खूद आयमा आयकर छुट सुविधा पाउनेमा सो सुविधा प्रदान नगरी प्रचलित कानुनको वर्खिलाफ गरी निवेदकको उद्योगसँग उत्पादन शुरु गरेको मिति देखिकै आयकर लिने गरी गरेको कर फर्छ्यौट आयोगको आयकर निर्धारण आदेशहरू उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शुशिलकुमार सिन्हा विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री जीतबहादुर कार्की आदेश न्या.पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं जिकिर संक्षेपमा यसप्रकार रहेछ : २. मिति ०२०।११।२९ मा उद्योग विभागबाट इजाजत प्राप्त गरी धान कुट्ने हलर सिस्टमको जय श्री राइस, फ्लोर एण्ड आयल मिल्स, प्रा.लि. ०२४।५।२ मा उद्योग विभागमा दर्ता भई स्थापना गरी चामल उत्पादन गरेको उद्योग हुँदा औद्योगिक व्यवसाय ऐन, २०१८ को दफा ९ अन्तर्गत १० वर्षसम्म आयकर छुटको सुविधा पाउनुपर्नेमा सो सुविधा प्रदान नगरी ०२३ साल देखि नै आयकर असूल गर्दै आएको छ । मिति ०२८।५।१७ मा उ.वि.बाट इजाजत प्राप्त गरी रु.८,००,०००।– आठ लाख स्थिर पूँजीमा आधुनिकीकरण गरी स्वचालित सेलर सिस्टमको धान कुट्ने मील खडा गरी मिति ०२९।१०।६ देखि चामल उत्पादन शुरु गरेपछि पनि कुनै आयकरको सुविधा नदिई कर असूल गरेको छ । औ.व्य.ऐन, २०३० को दफा ९(३) ले चामल बनाउने उद्योगलाई पूँजीको आधारमा अनुसूची २ बमोजिम उत्पादन शुरु गरेको मिति ०२९।१०।६ देखि ३ वर्षसम्म आयकरको सुविधा पाउन, पर्ने र आयकर ऐन, ०३१ को दफा ४२(२) ले यस उद्योग माथि कर कार्यालय लगायत कुनै निकायलाई आयकर निर्धारण गर्न पाउने अधिकार नभएको हुँदा कर कार्यालय विराटनगरले मिति ०३२।४।१९ मा आ.ब. २०२९।३० का कर रु.३४,३३८।४८ र आ.ब. ०३०।३१ मा कर रु.०६२,५७४।– र कर फर्छ्यौट आयोगले आ.ब. ०३१।३२ मा कर रु.१,७८,८१०।– तथा आ.ब. ०३२।३३ मा पूरै एक वर्षको कर रु.१,०६,३३१।६६ निर्धारण गरेको र सो गैरकानुनी आदेशबाट कर कार्यालयहरूबाट असूल गरियो । ०३१।५।२० को निवेदनको वास्ता गरिएन । आधुनिकीकरण गरी उद्योग स्थापना गर्न पाएको इजाजतपत्रको सि.नं. १० मा औ.व्य. ऐनले सुविधा प्रदान गरिनेछ भन्ने उल्लेख छ । औ.व्य. ०३० को दफा ९(३)(ख) ले दिएको सुविधा ऐ.ऐ.को दफा १४(२) मा यो ऐन प्रारम्भ हुनु अघि अनुमति प्राप्त गरी यो ऐन प्रारम्भ हुँदाका बखत कुनै पनि सुविधा वा सहुलियत उपभोग गर्नै नपाएको भए यसै ऐन बमोजिमको सहुलियत वा सुविधा उपभोग गर्न पाउनेछ भन्ने उल्लेख छ सो सुविधालाई औ.व्य.ऐन, ०३८ को दफा १४ ले कायमै राखेको छ । औ.व्य.ऐन, ०३८ को दफा ९(१)(क) को देहाय १ मा उत्पादन मुलक आवश्यक उपभोग्य वस्तु उत्पादन गर्ने उद्योगको बर्गीकरण अन्तर्गत चामल दाल तेल उत्पादन गर्ने उद्योगलाई राखेको पाइन्छ । ऐ.को दफा १०