निर्णय नं. २६९ - माना चामल

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २६९ - माना चामल भाग: ८ साल: २०२२ महिना: बैशाख अंक: १ फैसला मिति :२०२१/१०/०९ २४२२ निर्णय नं.२६९ ने.का.प.२०२२ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री गु.प्रो.उपेन्द्रराज पण्डित न्यायाधीश श्री भैरवप्रसाद उपाध्याय न्यायाधीश श्री सं.इश्वरीराज मिश्र न्यायाधीश श्री बाशुदेव शर्मा दे.फु.नं.२५९ निवेदक, वादी : विष्णुकेशरी महर्जन्नी समेत विरुद्ध प्रतिवादी : ख.श्यामभक्त समेत मुद्दा : माना चामल (१) फैसला उपर मौकामै दोहराउन निवेदन नदिएमा र पछि हालको अवस्था देखाई जिकिर लिएको मुनासिव भन्न नमिल्ने । वादीलाई मासिक माना चामल वापत रु.३५।– का दरले दिएकै छु । हाल अहिले जागिर बहाल समेत टुटी सकेकाले फुल बेञ्चका फैसला अनुसार मासिक रु.१००। दिन सक्ने मेरो अवस्था छैन भन्ने श्यामभक्तको निवेदन जिकिरका हकमा अगाडि ०१९।४।५ मा फुल बेञ्चबाट फैसला भए उपर मौकामा माना चामल बढी भराइयो भनी श्यामभक्त समेतले दोहराइ पाउँ भनी निवेदन दिएको पनि नदेखिन आएको र ०१९।४।५ मा फुल बेञ्चबाट किनारा हुँदा उस बखतसम्मको अवस्था बिचार गरी बेञ्चबाट अघिको अवधिको माना चामलमा निर्णय दिएको । हाल २०।५।२१ मा दोश्रो फुल बेञ्चबाट पनि किनारा भईसकेपछि मात्र हालको अवस्था देखाई मासिक रु.१००। दिन नपरोस भन्ने प्रतिवादी श्यामभक्तको जिकिर पुग्न सक्दैन । (प्रकरण नं.१७) (२) अंशबण्डाको २८ नं.– अंशमा हक पुगी सकेको देखिएमा सगोलैबाट पाउँ भन्ने जिकिर पुग्न नसक्ने । सगोलैबाट माना चामल पाउनु पर्ने भन्ने विष्णुकेशरीको जिकिरका हकमा पनि अंशबण्डाको २८ नं. मा बाबुसंग अंश नभई संग बसेका लोग्नेले सौता भएकी स्वास्नीलाई खान लाउन नदिई निकाला गरेको भए अंशमा नपुगेसम्म ससुरा लोग्नेको समेत इज्जत आमद अनुसार खान लाउन दिनु भन्ने लेखिएको । बाबु परलोक भई श्यामभक्तको अंशमा हक पुगी सकेको देखिएकोले सगोलैबाट पाउँ भन्ने निजको जिकिर पुग्न सक्दैन । (प्रकरण नं.१८) फैसला १. अन्यायवाला नारायणभक्त मेरो जेठाज्यू रत्नमाया सासु श्यामभक्त खसम हुन । मलाई र मेरो नाबालक छोरालाई खान लाउन नदिएमा नालिस गर्दा ०९।२।१ देखि ०२०।१।९ तकको माना चामल मो.रु.७४६।९८ खसमबाट भरी पाउने ठहरी दे.दो.बाट ०११।३२३ मा फैसला भई सो बिगो अ.त.बिगोबाट भरी पाउँ । त्यस बीचमा म र छोराले खान लाउन दुःख पाउँदा बरावर उजुर गर्दै थिएँ । भाईबाट महिनाको रु.३५।––दिन्छु भनी जेठाज्यूले प्रधान न्यायालयमा कागज गरी सो बमोजिम काठमाडौं टोल रक्षा संघ मार्फत केही महिना दिने गरी भरपाई लिने गर्नु भएको थियो । सो माना चामल पनि कैले दिने कैले नदिने गरी आमा छोरा भोक भोकै छौं । ०१० साल बैशाख १० गते यताको माना चामल पाउँ । बाँकी नै हुनाले मलाई पुरै र छोरा ६ बर्षको हुँदा निजलाई आधा समेत गरी जम्मा ०१०।१।१० देखि ०१४।९।१४ तक बर्ष ४।८।५ को मो.रु.६४४२८ र त्यस यता मुद्दा फैसला हुने दिन तकको सोही दरले हुने अंकमा महिनाको रु.३५।–दरले कति दिएको छ ? निजहरूबाट भरपाई खिचि कटाई बाँकी दिलाई भराई पाउँ भन्ने विष्णुकेशरीको ०१४।९।१५ को फिरादपत्र । २. यो वादीलाई श्यामभक्तले टिपुवा गरी बाहिर स्वास्नी राखेको छ भन्ने कुरा प्रचार नगरी राखेकाले हामीलाई थाहा नभएकोमा पटक–पटक नचाहिने कुरामा हामीहरू उपर उजुर गर्दै आएकी र म रत्नमायाको धेरै सम्पत्ति श्यामभक्तले हिना मिना गरेको कारणले अघि नै छुट्टि बेगल बस्न गएकोमा जालसाजी गरे भनी वादीले हामी समेत उपर उजुर गरेकी फजुल ठहरी रा. का.फौ.अ.बाट फैसला भईसकेको छ । छुट्टिसकेका मानिस हामीले वादीलाई