निर्णय नं. २७५९ - उत्प्रेषण समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २७५९ - उत्प्रेषण समेत भाग: २८ साल: २०४३ महिना: असोज अंक: ६ फैसला मिति :२०४३/०६/१३ २१५४ निर्णय नं. २७५९ ने.का.प. २०४३ अङ्क - ६ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४२ सालको रि.न. १८०७ आदेश भएको मिति : २०४३।६।१३।२ मा निवेदक : का.न.पं.वडा नं.२९ ठमेल बस्ने बाबुकाजी महर्जन विरुद्ध विपक्षी : ऐ.ऐ.वडा नं.३० बस्ने गणेशबहादुर जोशीसमेत विषय : उत्प्रेषण समेत (१) कारवाही भइरहेको सिलसिलाको कुरालाई यस अदालतको असाधारण अधिकार क्षेत्रबाट हस्तक्षेप गर्न मिलेन । (प्रकरण नं. १०) विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्‍न तुलाधर आदेश न्या.पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यसप्रकार रहेछ । २. का.जि.गोडबु गा.पं.वडा नं.४(क) कि.नं. ६१८ को ४–१०–० को हाल का.न.पं.मा पर्न आएको जग्गा गणेशबहादुर श्रेष्ठका नाउँमा ठमेल पोता नं. १०८/८९ नं. का लगतमा दर्ता रहेको निजपछि छोरा जगतनारान, निजपछि रामकृष्ण श्रेष्ठ ज.ध. दर्ता रहेको जग्गा धनमाजुबाट मोहियानी हक खरीद गरी लिई भोग गरी कूत बुझाई आएकोमा नापी हुँदा किसानको महलमा रत्‍नमाया श्रेष्ठ समेत उल्लेख गरी दर्तावाला गणेशबहादुर, रत्‍नमाया, रामकृष्णले कूत खाई आएकोमा जोताहा महलमा मेरो नाम दर्ता भएको अस्थायी निस्सा प्राप्त भएको छ । बिर्ता उन्मूलन ऐन, २०१६ लागू भएको मिति ०२४।७।६।२ बाट १२० दिनभित्र रैकर परिणत नगराएको हुँदा सो म्याद समाप्त भएपछि म मोहीका नाममा ज.ध. हक सरी सकेको भई मेरो मात्र एकलौटी भोगको जग्गा हो र उक्त जग्गा मेरो नाउँमा ज.ध.प्र.पु. दिनु भनी वडा समितिबाट मालपोत कार्यालयका नाउँमा सिफारिश भई गएको । पोतावाला बुझ्दा रामकृष्ण श्रेष्ठ उपस्थित भई बाबुकाजीका नाउँमा दर्ता भए मन्जूर छ भनी निवेदन पेश गरेकोमा कसैको विरोध छैन, विपक्षी प्रहरी पदका मीनबहादुर जोशी र गणेशबहादुर जोशीले साविक त्यौड ६४ मौ. ठमेल गणेशबहादुर जोशीको गुठी भन्दै ०४२।५।२८ मा निवेदन दिएको रहेछ । त्यसबाट विपक्षीमा हक जान सक्ने होइन । मलाई हामी गणेशबहादुर जोशी समेत जग्गाधनी हुन् भनी निवेदन गरेर दोहोरो भर्पाई समेत देउ नत्र भने मुद्दा लगाई जि.प्र.का.काठमाडौं लगायत प्रहरी शिविरबाट पक्री कागज बनाउन सक्ने क्षमता हामीमा छ भनी त्रास पारी रहेका थिएँ । मेरो जग्गा विपक्षीको हक कायम गर्न मीनबहादुर जोशी समेतको निवेदन लिई कारवाही गर्न हेर्न समेत प्र.जि.अ.ज्यूको अधिकार क्षेत्रभित्र पर्दैन, साथै जि.प्र.का.को अधिकार क्षेत्रभित्र पर्दैन । मीनबहादुरको निवेदनमा कारवाही गर्ने सिलसिलामा मलाई जि.प्र.का.काठमाडौंमा उपस्थित गराई प्रहरी अधिकृत ज्यूको आदेशानुसार मलाई हिराशतमा राखी फुलिस्केप साइजको थान ३ कागज लेख्‍नु लेखाउनु गरी ३ थान नेपाली कागज लेखी राखेको मीनबहादुर जोशीको खल्तीबाट झिकी थान ६ मलाई सुनाई प्र.जि.अ. र मालपोत अधिकृत ज्यूले कागज गराउन भन्नु भएको छ त्यसकारण यो कागजको तिमीले सही गर्नु पर्छ भनी नगरे वर्षौ थुन्ने डर त्रास देखाई ०४२।७।२ मा कागज समेत गराइएको छ । त्यस्तो जग्गा दर्ताको सम्बन्धलाई लिएर त्यस्तो कागज गराउन विपक्षीहरूलाई अधिकार छैन । अधिकार विहिन हुँदा अ.बं. ३५ नं. ले उक्त कारवाही बदरभागी छ, अतः मीनबहादुर समेत जि.प्र.का.काठमाडौं समेतले गरे गराएको कागज उत्प्रेषण लगायतको आदेशले बदर गराई उक्त जग्गा मेरो नाउँमा दर्ता गरी दिन परमादेश जारी