निर्णय नं. ३१९१ - खुन डाँका
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३१९१ - खुन डाँका भाग: २९ साल: २०४४ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४४/०५/०३ २२७३ निर्णय नं. ३१९१ ने.का.प. २०४४ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी मानननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४३ सालको फौ.पु.नं. ३८७, सा.नं. ९० मुद्दा : खुन डाँका । पुनरावेदक/प्रतिवादी:जि.महोत्तरी सुन्दरपुर गा.प.वडा नं.१ घर भै हाल जि.का. कारागार शाखा जलेश्वरमा थुनामा रहेको केदार मिश्र मैथिली बाहुन । विरुद्ध विपक्षी/वादी: परमेश्वरको जाहेरीले श्री ५ को सरकार । फैसला भएको मिति:२०४४।५।३।४ मा वारदातको विवरण लेखाउँदा सम्म विभिन्न मानिसको मुखबाट विभिन किसिमबाट वारदातको विवरण दिएको भन्ने सम्म देखिन आएकोले यत्तिकै आधारमा अभियुक्तहरूले सफाई पाउने भनी ठहर गर्न मनासिब देखिन आएन । (प्रकरण नं. २९) पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री बद्रीबहादुर कार्की र विद्वान अधिवक्ता श्री कोमलप्रकाश घिमिरे विपक्षी तर्फबाटःX उल्लेखित मुद्दाःX फैसला न्या.हिरण्येश्वरमान प्रधानः पुनरावेदन परी निर्णयार्थ बेञ्च समक्ष पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ : २. २०३८।६।३० गते राती खानपीन गरी परिवारहरू घरभित्र र म पूर्व मुखको घरको वसरामा सुतेको अवस्थामा केदार मिश्र, अवधेश ठाकुर १, घुटरा साहु सोनार १, नवलग्वार १, समेत चिनेका चार र अरु नचिनेका ९।१० जना डाँकाहरू हातहतियार लिई बन्दूक फायर गरी मेरो हातको नाडीमा र जहान परिवार समेतलाई कुटपिट गरी मद्दतमा आएका गाउँका भवन साहू सोनारलाई छर्राले लागी मर्न गएकोले बिगो रु. २४,०२०।– डाँका गरी लगेकामा कानून बमोजिम कारवाही गरिपाउँ भन्ने परमेश्वर यादवको जाहेरी दर्खास्त । ३. दुवै हात खुम्ची मुख सबै रगतले भिजी दुवै खुट्टा खुम्चेको दाहिने तिघ्रामा जोखिमी हतियारले घोची छेडी ६ अंगुल लामो ४ अंगुल चौडा भई रातो मासु देखिएको दाहिने खुट्टाको अगाडिपट्टी ६ अंगुल लामो २ अंगुल चौडा धारिलो हतियारको घाउ, छातीमा १½ इन्च लामो १ इन्च गहिरा बन्दूकको फायरको घाउ, पेटमा १ इन्च लामो १ इन्च चौडा काटेको घाउ समेत भएको भन्ने २०३८।७।१।७ को लाश प्रकृति मुचुल्का । ४. २०३८।६।३०।६ का राती म आफ्नै घरमा थिएँ । भोलिपल्ट डाँका भएको र भवन साहू मरेको सुनेको हुँ । जाहेरवालाको छोरा बिरामी हुँदा झारफुक पारेको खसी नदिएकोले भनाभन भई झगडा भएको थियो सोही रिसइवीले जाहेरीमा म समेतलाई उल्लेख गरेको होलान् भन्ने केदार मिश्रको प्रहरीमा भएको कागज । ५. वारदातमा म गएकै छैन । डाँका भएको र भवन साहू मरेको भोलिपल्ट मात्र थाहा पाएको हुँ जाहेरीमा मलाई किन देखाए निज जानुन भन्ने समेत अवधेश ठाकुरको प्रहरीमा भएको कागज । ६. छर्राको गोली लागी रगत बगी मरेको हो भन्ने डाक्टरको राय भएको पोष्टमार्टम फाराम । ७. वारदात भएपछि जाँदा केदार, अवधेश, घुटरा ब्रमदेव चिनेका र अरु नचिनेका समेत भई डाँका गरे भनी जाहेरवालाले भनेको थिए । वारदात भएकै हो भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का । ८. केदार, अवधेश, ब्रमदेव समेतले त्रास देखाई धनमाल नदेखाएमा मार्ने धम्की दिएकाले मालसामान देखाई दिएँ श्रीमान् माथि गोली समेत चलाएका हुन् भन्ने समेत जाहेरवालाको श्रीमती जनियादेवीले सरजमीनमा गरिदिएको ठाडो कागज । ९. सुतिरहेको अवस्थामा आई रु. ३००।– र टर्चलाइट समेत डाँका गरी मेरा पतिलाई, केदार नवलराम समेतले बाहिर लगी निजहरुले चलाएको बन्दूकबाट निज पतिको मृत्यु भएको हो भन्ने समेत मृतकको श्रीमती राधादेवीको सरजमीनमा