निर्णय नं. २७० - जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २७० - जालसाजी भाग: ८ साल: २०२२ महिना: बैशाख अंक: १ फैसला मिति :२०२१/१०/०९ २५२० निर्णय नं.२७० ने.का.प.२०२२ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री गु.प्रो.उपेन्द्रराज पण्डितज्यू न्यायाधीश श्री भैरवप्रसाद उपाध्याय न्यायाधीश श्री सं.इश्वरीराज मिश्र न्यायाधीश श्री बाशुदेव शर्मा फौ.फु.नं.२८८ निवेदक, प्रतिवादी : का.ई.बागबजार बस्ने राजमाया श्रेष्ठनी विरुद्ध विपक्ष, वादी : का.त्यौड तँलाछी टोल बस्ने विष्णुकेशरी महरजननी । मुद्दा : जालसाजी (१) सबै अंशियारको हक लाग्नेमा मेरो मात्र हक लेखी दिएमा जालसाजी भन्न मिलेन । किर्तेकागज को ३ नं. मा आर्काको हक मेट्ने म्याद तारेख जाने वा कुनै तरह संग नोक्सान पार्ने इत्यादी जुनसुकै मतलबले होस, नगरेर नभएको झुठ्ठा कुरा गरे भएको भनी वा मिति अंक व्यहोरा फरक पारी सहीछाप गरी दिने लिने दुवै थर मिली कागज लेखी सहीछाप गरीदिने लिने कारवाई गर्ने जो हो, जालसाजी ठहरी बात लाग्छ भन्ने उल्लेख भएको । उक्त लेखिए बमोजिम सबै अंशियारको हक लाग्ने सम्पत्तिमा मेरो मात्र हक भनी नभएको कुरा लेखि व्यहोरा फरक पारी दिएको देखिन आएकोले जालसाजीको परिभाषा भित्र परेको देखिने । (प्रकरण नं.१५) (२) अर्काले पाउने अंश हक मेटिने गरी बकसपत्र लेखि दिएमा बदर हुने । आफ्नो हक अंश जति मात्र दिएको नभई सबै अंशियारको हक लाग्ने सम्पत्तिहरू कसैको हक नलाग्ने, आफ्नो मात्र हक लाग्ने लेखि दिएबाट वादीले पतिको अंशबाट पाउने हक मेटिने गरी लिखत भए गरेको देखिने । (प्रकरण नं.१६) निवेदकका प्रतिवादी तर्फबाट : विद्वान एडभोकेट कृष्णप्रसाद भण्डारी, विद्वान एडभोकेट कृष्णप्रसाद पन्त फैसला १. माना चामल भरी भराउन गर्न बिगो फाँटबाट डोर जाँदा श्यामभक्तको अंश समेत सासु रत्नमायाले बुहारी राजमायालाई ०६।८।२३।५ मा बकसपत्र गरी पास भएको कागज देखाए पछि डोर फर्कि आएबाट मैले थाहा पाएको हुनाले नालिस गर्न आएकी छु । सो जालसाजी बकसपत्र बदर गरी पाउँ भन्ने समेत दावी । २. जालसाजी गरेको छैन । आमाको आर्जन आमाले दिएकोमा सदर हुने भन्ने समेत मि.सु.नारायणभक्त । सासुले रिज वापतमा मलाई लोग्ने र देवर श्यामभक्त समेत साक्षी राखिदिएको हुँदा जालसाजी गर्नुपर्ने कारण नभएको । बकसपत्र सदरै राखी पाउँ भन्ने समेत राजमाया । मेरो आर्जनको हुँदा छोराहरू साक्षी राखी बुहारी राजमायालाई बकसपत्र गरी दिएको हुँ भन्ने समेत रत्नमाया । आमाको आर्जन हुँदा जसलाई दिए पनि मन्जुर हुनु पर्ने हुँदा साक्षी बसेको हुँ । जालसाजी गरेको छैन भन्ने समेत श्यामभक्त समेतको प्रतिवादी । ३. दाइजो पेवाको भन्ने सबुद दान दातब्यको ३ नं. को ऐन बमोजिम रीत पुगेको प्रमाण दिन नसकेको । बकसपत्र गरी दिंदा अंश हक पुग्ने छोराहरू साक्षी राखेको भए पछि अंशमा हक पुग्ने वादी पनि साक्षी राख्नु पर्ने राखेको नदेखिएकोले वादीको हक जान्छ भन्न नहुने हुँदा वादीले ऐन बमोजिम पाउने अंश जति वादीको हक बदर हुने र वादीको छोरा हेराकाजीको हकमा ०६ साल मार्ग २३ गते लिखत भईसकेपछि ०९ सालमा मात्र जन्मेको देखिएकोले आफु नजन्मदैको व्यवहारमा वादीको छोराको दावी नपुग्ने भन्ने समेत रा. का.फौ.अ. को ०१६।४।११।१ को फैसला । ४. जम्मै बदर कि सबै सदर हुनु पर्नेमा वादीको हकभोग मात्र कसरी बदर हुने ? ०१३ साल चैत्र ४ गते आमाले नै हामी दाज्यू नारायणभक्त र मलाई बकसपत्र गरी दिएको छ । सो ०१३ साल चैत्र ४ गतेको बकसपत्र उपर यो वादीले आजसम्म उजुर बाजुर केही नगरी त्यसै बकसपत्रबाट मेरो हक हुन आएको घर जग्गाबाट