निर्णय नं. ९०७१ - सरकारी छाप दस्तखत कीर्ते

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९०७१ - सरकारी छाप दस्तखत कीर्ते भाग: ५५ साल: २०७० महिना: माघ अंक: १० फैसला मिति :२०७०/१०/२४ ४२९५ नेकाप २०७० अङ्क १० नि.नं.९०७१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री प्रकाश वस्ती फैसला मिति : २०७०।१०।२४।६ ०६८– CR –१३२९ मुद्दा :– सरकारी छाप दस्तखत कीर्ते । पुनरावेदक/वादी : महानगरीय ट्राफिक प्रहरी कार्यालय, काठमाडौंको पत्र जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी/प्रतिवादी : काभ्रेपलाञ्चोक, अनयकोट गा.वि.स.वडा नं. ३ घर भै काठमाण्डौं महानगरपालिका वडा नं. ३५ कोटेश्वर बस्ने निराजन सापकोटा § प्रतिवादीले आफ्नो नाममा जारी भएको B वर्गको अनुमतिपत्रलाई सच्याई नियमानुसार लिइने कुनै पनि परीक्षामा संलग्न नभै फारमसमेत नभरी आफूसँग भएको अनुमतिपत्रमा F र G वर्ग थप गरी सरकारी छाप र दस्तखत भएको कागज व्यहोरा सच्याई थप गरी कीर्ते गरी सोको प्रयोगसमेत गरिरहेको तथ्यलाई मिसिल संलग्न प्रमाणबाट पुष्टि भएको देखिने । (प्रकरण नं.२) § आंशिक वा पूर्ण जुनसुकै प्रकारको कीर्ते गरेको भए पनि सरकारी छाप दस्तखत कीर्ते गरेको प्रमाणित भएको अवस्थामा कीर्ते कागजको १२ नं. ले उसै अड्डाको कर्मचारीबाहेक अन्यलाई १ वर्ष थप कैदको सजाय गर्नुपर्ने । (प्रकरण नं.४) पुनरावेदक/वादीका तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री खगराज पौडेल प्रत्यर्थी/प्रतिवादीका तर्फबाट : अवलम्बित नजीर : सम्बद्ध कानून : फैसला न्या.प्रकाश वस्ती : पुनरावेदन अदालत, पाटनको फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट दोहोर्‍याई पाउन निवेदन परी न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (२) को खण्ड (क) अनुसार दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर फैसला यस प्रकार छ :– ट्राफिक नियम उल्लङ्घन गरेको कसूरमा यातायात व्यवस्था कार्यालय, बाग्मतीबाट जारी भएको ०६–०७८८६२ नं. को निराजन सापकोटाको सवारी चालक अनुमतिपत्र शङ्का लागी निजको उक्त नं. को सवारी चालक अनुमतिपत्र यातायात व्यवस्था कार्यालय, बाग्मतीसँग अभिलेख माग गर्दा उक्त नं. को सवारी चालक अनुमतिपत्र निज निराजन सापकोटाको सोही नं. मा रेकर्ड रही वर्ग B मा उल्लेख भएको वर्ग F र G नभएको भनी यातायात व्यवस्था कार्यालय, बाग्मतीको पत्रद्वारा खुल्न आएको हुँदा आवश्यक कारवाहीको लागि मानिस तथा सवारी चालक अनुमतिपत्र सक्कलै यसै निवेदनसाथ पठाइएको छ भन्नेसमेत व्यहोराको महानगरीय ट्राफिक प्रहरी महाशाखाको पत्र जाहेरी । ललितपुर, ललितपुर उप–महानगरपालिका वडा नं.१३ एकान्तकुनास्थित पूर्वमा यातायात व्यवस्था कार्यालय बाग्मतीको भवन, पश्चिममा धादिङ रेष्टुरेन्ट, उत्तरमा एकान्तकुनादेखि सातदोबाटोतर्फ जाने बाटो सडक, दक्षिणमा कुसुन्तीदेखि नख्खुतर्फ जाने बाटो यति चारकिल्लाभित्र सडकको पूर्वपट्टि खाली जमिनमा बसी निराजन सापकोटाको नाउँमा ०६–०७८८६२ नं. को सवारी चालक अनुमतिपत्रमा वर्ग F र G मा उल्लेखित सवारी साधन चलाउन अनुमति भएको सवारी चालक अनुमतिपत्र मिति २०६५।९।१६ गतेका दिन श्याम थापासमेतले नक्कली बनाईदिएको भनिएको स्थानको घटनास्थल मुचुल्का विवरण । मैले मिति २०६३।१२।१५ गते ०६–०७८८६२ नं. को B मात्र उल्लेख भएको सवारी चालक अनुमतिपत्र यातायात व्यवस्था कार्यालय, बाग्मतीबाट लिएकोमा साथी श्याम थापाले वर्ग एफ र जि समेतका सवारी साधन थपी दिन्छु भनी रू. ५ हजार लिई गएको र मिति २०६५।९।१६ गते सोही नम्बरमा वर्ग F र G समेतका सवारी साधन चलाउने अनुमतिपत्र भएको नामक