निर्णय नं. ३१९२ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३१९२ - कर्तव्य ज्यान भाग: २९ साल: २०४४ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४४/०५/०१ २८५५ निर्णय नं. ३१९२ ने.का.प. २०४४ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह सम्वत् २०४३ सालको फौ.पु.नं ३८९ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/वादी: कृपारामको जाहेरीले श्री ५ को सरकार । विरुद्ध प्रत्यर्थी/प्रतिवादी: जि.भोजपुर ठूलो दुम्मा गा.पं. वडा नं ४ बस्ने रत्न बहादुर राई । जि.सुनसरी धरान न.पं.वडा नं. ८ भोटेपुल बस्ने क्षमा राइनी। फैसला भएको मिति: २०४४।५।१।२ मा केवल अफूलाई हेरी हाँसेकै कारणबाट भनाभन भई कुटपिट हुन जाँदा त्यस किसिमको वारदात घटेकोले र लाठी प्रहार गरेको कुरामा प्र.क्षेमा राई अधिकार प्राप्त अधिकारी समक्ष सावित भई कुनै जोखमी हतियार प्रयोग भएको पनि देखिन आएन अतः यस्तो अवस्थामा आफूलाई हेरी हाँसेको कारणबाट उठेको रीस थाम्न नसकी भएको कुटपिटबाट मृतकको मृत्यु भएको हुँदा ज्या.सं.को १४ नं. को कसूर गरेको देखिएकोले ज्या.सं.को १३(३) अनुसार सजायँ गर्ने ठहर्याएको शुरुको इन्साफ उल्टी गरी ज्या.सं.को १४ नं. बमोजिम १० वर्ष कैद गर्ने गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेकै देखिने । (प्रकरण नं. १९) पुनरावेदक, वादीतर्फबाट: विद्वान सहायक न्यायाधिवक्ता श्री रघुनाथ अर्याल प्रत्यर्थी,प्रतिवादी तर्फबाटःX उल्लेखित मुद्दाःX फैसला न्या.रुद्र बहादुर सिंहः पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४३।८।१८ को फैसला उपर वादी श्री ५ को सरकारको तर्फबाट पुनरावेदन परी निणयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ । २. ठूलो दुम्मा बस्ने बमबहादुर राई र मानबहादुर लिम्बू समेतको अधिकृतबाट वृटिशतर्फ भर्ना गर्न ०३७ साल चैत्र २५ गते ठूलो दुम्मा आउनु भएको रहेछ सोही दिन जि. सुनसरी ध.न.पं. वार्ड नं. ८ भोटे पुल बस्ने क्षेमा राइनी पनि आउनु भएको रहेछ । ऐ.चैत्र २८ गते १६.०० बजे भर्ना हुने भो.जि. खावा गा.पं खाल बस्ने रमेश राई समेतका केटाहरु हजार सिंहको बारीमा बसी भर्ना हुने केटाहरुलाई फिजिकल दौड गराएको हेरी हाँसी रहेको अवस्था देखी भोजपुरे गुण्डा हो मलाई हेरी किन हाँसेको हो एकछिन पछि थाहा पाउलास् भनी गएको २।३ मिनेटपछि १२।१४ जना केटाहरु ल्याई भोजपुरे केटाहरु उपर लाठी ढुंगा प्रहार गरी भो.जि. अन्नपूर्ण गा.पं. वार्ड नं १ भेसाङ बस्ने कृपाराम राइको छोरा किरेन्द्रराज राईलाई कर्तव्य गरी मारेको बुझिएकोले प्रतिवेदन गरेको छु । कानून बमोजिम होस् भन्ने प्र.ह. मैनबहादुरको प्रतिवेदन। ३. ठूलो दुम्मा बस्ने बमबहादुर राईले वृटिश आर्मीको लागि गल्ला भर्ना गर्छ भन्ने थाहा पाई मेरा छोरा किरेन्द्रराज राई पनि भर्नामा जान सिकतेल खावा गा.पं. वार्ड नं. ६ बस्ने गोपाल राई समेतका साथीहरुसंग गल्लावालका घरमा भर्ना हुन गएका रहेछन् । मुख्य क्षेमा राइनीले मलाई हेरी हाँस्यो भन्ने निउ झिकी धरानबाट लिई आएका केटाहरुलाई भोजपुरे केटाहरु उपर लाठी ढुंगा प्रहार गरी मेरो छोरा किरेन्द्रराज राईलाई कुटी मारेका छन् भन्ने खबर थाहा पाई जाहेर गर्न आएको छु भन्ने कृपाराम राईको जाहेरी दर्खास्त । ४. ०३७।१२।२५ गते ठूलो दुम्मा मेरो माइति घर भाइ रत्नबहादुरको घरमा आइपुगी ऐ.२८ गते भर्ना हुने केटाहरुको स्वास्थ्य परिक्षण फिजिकल दौड हुँदै रहेको अवस्था दाजु बमबहादुर राईले तिमीसंग आएका केटाहरुलाई ल्याउनु भन्नु भएकोले सो केटाहरुलाई बोलाउन भनी गइरहेको अवस्था मैले नचिनेका भोजपुरे केटाहरु मलाई