निर्णय नं. २७६० - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २७६० - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: असोज अंक: ६ फैसला मिति :२०४३/०६/०५ २३४१ निर्णय नं. २७६० ने.का.प. २०४३ अङ्क - ६ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह २०४२ सालको रिट नं. १७८५ आदेश भएको मिति : २०४३।६।५।१ मा निवेदक : झापा चन्द्रगढी न.पं.हस्पिटल रोड बस्ने भोजकुमार श्रेष्ठ विरुद्ध विपक्षी : सञ्चालक समिति, नेपाल बैंक लिमिटेड के.का.जुद्धसडकसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) उजूर पुनरावेदन नलाग्ने कुरामा रिट निवेदन लिई आउँदा खारेजीको पत्र पाए पछि उचित समयमै अदालतमा जानु पर्ने । (प्रकरण नं. १२) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश बस्ती विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री अनुपराज शर्मा उल्लिखित मुद्दा : लोकसेवा आयोग वि.शशीबहादुर थापा विषय : उत्प्रेषण युक्त परमादेश (ने.का.प. २०४२ निर्णय नं. २२९७ पृष्ठ २४९) निवेदक पुरुषोत्तम श्रेष्ठ वि. पञ्चायत तथा स्थानीय विकास मन्त्रालय, विषय : उत्प्रेषण सम्वत् २०४१ सालको रि.नं. १८३५ मिति ०४२।११।१९ । आदेश न्या.गजेन्द्रकेशरी बास्तोला : नेपालको संविधानको धारा ७१ अन्तर्गत यस अदालतमा ०४२।७।२१।४ मा दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं जिकिर यसप्रकार छ । २. मिति ०३४।३।२४ मा नेपाल बैंक लिमिटेड गोदार धनुषा शाखामा स.गो.र. पदमा नियुक्ति पाएको र ०३५ सालमा भद्रपुर शाखामा सरुवा गरियो र मेरो कार्य दक्षताको कदर गरी ०३६ साल माघमा स.गो.र. पदबाट गो.र. मा बढुवा गरियो साथै योग्यताको कदर गरी गो.र. पदबाट खजान्ची पदमा बढुवा गरियो । मिति ०४१।८।६ देखि ०४१।८।९ सम्म र ०४१।८।१० देखि ०४१।८।२५ सम्म पटक पटक विरामी विदा स्वीकृत गराई बसेको थिएँ । ०४१।८।२६ देखि मिति ०४१।८।२९ सम्म म कार्यालयमा हाजिर भएँ पुनः ०४१।९।२ देखि ५ सम्म र ०४१।९।६ देखि १८ सम्म र पुनः ०४१।९।६ देखि स्वास्थ्य ठीक नभएको कारणबाट विदा स्वीकृत गराई बसेकोमा स्वास्थ्य ठीक भएपछि कार्यालयमा हाजिर हुन जाँदा विपक्षी नं. २ द्वारा प्रेषित पत्र विपक्षी नं. ३ ले मलाई बुझायो । मिति ०४१।९।१६ का हालसम्म आफ्नो अफिसमा म हाजिर नभएको बुझिएकोले कर्मचारी नियमावली दफा ६.३ बमोजिम मलाई गयल खारेज गरी प्रधान कार्यालयले पत्र पठाएको रहेछ । पत्र पाएपछि सञ्चालक समिति समक्ष पुनरावेदन निवेदन गरेकोमा ताकेता गर्दा वास्ता नगरी ०४०।४।९ मा विपक्षी नं. १ द्वारा प्रेषित पत्र ०४२।४।२३ मा मैले लिएका जिकिर अस्वीकृत गरी विपक्षी नं.१ बाट निर्णय भएको जानकारी गराइएको पत्र पाएँ । ने.बैं.लि.को कर्मचारी नियम बमोजिम विदा स्वीकृत भई बसेको अवस्थामा गयल खारेज गरी मलाई नोकरीबाट हटाउनु ने.बै.लि.को कर्मचारी नियमावली ६.२ को विपरीत हुन गएको छ । कुन अवधिमा म हाजिर भइन ०४१।९।१६ को पत्रमा उल्लेख नहुनुबाट विपक्षीहरूको निर्णय पूर्वाग्रही भएको स्पष्ट छ । मलाई केन्द्रीय कार्यालयबाट गयल खारेज गरी पठाएको पत्रमा कुन मिति देखि कुन मितिसम्म हाजिर नभई गयल खारेज गरिएको हो सो किटानी उल्लेख छैन । कर्मचारी नियमावलीको दफा ६.३ लाई एउटा हचुवा किसिमको आधार लिई मेरो कुनै प्रमाण नै नबुझी गरेको निर्णय प्रमाण ऐन, ०३१ को दफा ३, ५४ र प्राकृतिक न्यायको गम्भीर त्रुटि हुन गई अन्याय पर्न गएको छ । अचानक गयल खारेज गरिनु भन्दा पूर्व मलाई कुनै किसिमको जानकारी, स्पष्टीकरण आदि कुनै नदिई नसोधी मलाई सफाईको मौका नै नदिई मलाई नोकरीबाट हटाई आफ्ना मानिसलाई गोदारबाट बढुवा दिई मेरो