निर्णय नं. २७२ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २७२ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने भाग: ८ साल: २०२२ महिना: बैशाख अंक: १ फैसला मिति :२०२१/१२/२४ २०६६ निर्णय नं.२७२ ने.का.प.२०२२ फुल बेञ्च श्री माननीय प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह श्री माननीय न्यायाधीश रत्नबहादुर बिष्ट श्री माननीय न्यायाधीश श्री मिनबहादुर थापा सम्बत् २०२० सालको रीट नम्बर १ निवेदक : भ.पु. जयाठा टोल बस्ने कमलबहादुर श्रेष्ठ विरुद्ध विपक्षी : अर्थ मन्त्रालय, एकाउन्टेन्ट जनरल अफिस बिषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने (१) जमानीले अपील गर्न पाउने कुनै कानूनमा व्यवस्था भएको नहुँदा उत्प्रेषणको आदेश जारी गर्न नमिल्ने । श्रेस्तातर्फको अपील हेर्नलाई देहायका कुरामा देहाय बमोजिम र अरु कुरामा भैरहेका ऐन सवाल बमोजिम गर्नु भन्ने उल्लेख भएकोबाट यो निवेदक कमलबहादुर सरकारको काम गर्ने रकमी हाकिम कारिन्दा ठेकदार समेत नभई स्वेच्छाले ठेकदारको जमानीसम्म भएकोले अपील गर्न पाउने । उक्त १ दफाले निजको कानून प्रदत्त अधिकार भन्न नमिल्ने र नेपाल संविधानको धारा ७१ मा यो संविधानको भाग ३ द्वारा प्रदत्त हकको प्रचलनका लागि वा अन्य उपचारको व्यवस्था नगरिएको भए तत्काल प्रचलित अन्य कानूनद्वार प्रदत्त हकको प्रचलनका लागि बन्दी प्रत्यक्षीकरण, परमादेश, प्रतिषेध, अधिकारपृच्छा, उत्प्रेषण लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी गर्ने अधिकार सर्वोच्च अदालतलाई हुनेछ भन्ने लेखिएको र जमानीले अपील गर्न पाउने भन्ने समेत ०२०।११।१८।१ मा सर्बोच्च अदालत डिभिजन बेञ्चले गरेको आदेश मिल्ने देखिएन । कमलबहादुरको माथि लेखिए बमोजिम कानूनद्वारा प्रदत्त हकको प्रचलनमा हनन् भएको देखिन ठहर्न नआएकोले निजको रीटको निवेदन खारेज हुने ठहर्छ । (प्रकरण नं.१५) सरकार तर्फबाट : विद्वान का.मु.एडभोकेट शोभाखर उपाध्याय विपक्षी तर्फबाट : विद्वान एडभोकेट कृष्णप्रसाद घिमिरे आदेश १. राष्ट्रसेनाका जवानलाई गहुँको पिठो तोरीको तेल दिने कामको ठेक्दार हरी शंकरलाई श्रीकुमारी चोक उपत्यका दोश्रा फाँटबाट बाँकीवाला ठहराई बिगो दण्ड समेत गरी जम्मा ने.रु.४४९८।४९ निज ठेक्दारको जो भएको जेथा जायजातबाट असूल उपर गरी नपुग भएमा ठेक्का बन्दोबस्त गर्नेको जेथा समेत ऐन सवाल बमोजिम गरी असूल उपर गर्ने र सो इन्साफमा चित्त नबुझे ऐनका म्याद भित्र अपील गर्नु भनी बाँकीवाला ठेक्दारलाई जनाउ दिने समेत गरी मिति ०१९।८।१४।५ मा कुमारीचोक दोश्राबाट फैसला भई त्यसको लगत श्रेस्ता अदालतमा दिई श्रेस्ता अदालतले ०१९।११।२९ गते हाम्रो जेथा तायजात गर्न जाँदा थाहा भई बाँकी र दण्ड समेतमा पक्राउ गर्ने गरे उपर अपील दिन पाउनु पर्नेमा अपीलको म्याद समेत नदिए पनि अपील गर्न पाउने हुँदा गुज्रेको म्याद थाम्न विपक्षी एकाउन्टेन्ट जनरल अफिसमा निवेदन दिएकोमा जमानीले अपील गर्न पाउने भन्ने कतै उल्लेख नभएको भन्ने समेत बुँदा लेखि अपील दिन नपाउने भन्ने निर्णय बदर गरी पाउँ भन्ने समेत कमलबहादुरको ०२०।५।२।१ को रीटको निवेदनपत्र । भक्तपुर ज्याठा टोल बस्ने कमलबहादुर श्रेष्ठले उत्प्रेषणको आदेश जारी गरी पाउँ भनी दिनुभएको निवेदनपत्रको १ प्रति नक्कल यसै साथ पठाईदिएको छ । निवेदक जमानी बसेको कारणबाट निजले समेत व्यहोर्न पर्ने गरी फैसला भए उपर अपील गर्दा जमानीको अपील लाग्दैन भनी निर्णय भएकोमा मुलुकी सवाल श्रेस्ता अपील बारेको १ दफाले जमानीको पनि अपील गर्ने हक हुँदा अपील लाग्दैन भन्ने निर्णय उक्त सवालको विरुद्ध देखिएबाट सो मुलुकी सवाल श्रेस्ता अपील बारेको १ दफा बमोजिम जमानीले किन अपील