निर्णय नं. ३१९४ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३१९४ - लेनदेन भाग: २९ साल: २०४४ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४४/०८/१८ २२७८ निर्णय नं. ३१९४ ने.का.प. २०४४ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४३ सालको विन्तिपत्र नम्बर ५१ मुद्दा : लेनदेन । विन्तिपत्र प्रस्तुत कर्ता/वादी: केशरबहादुर बज्राचार्य । विरुद्ध विपक्षी/प्रतिवादी: शिवप्रसाद पोखरेल । फैसला भएको मिति: २०४४।८।१८।६ मा मध्यमाञ्चल क्षेत्रीय अदालतबाट व्यहोरा साँचो होइन भन्ने समेत व्यहोरा खोली भएको आदेश र डिसमिस फैसला समेतलाई अ.बं. १७ नं. अन्तर्गत परेको निवेदनबाट कैफियत तलब गरी त्यसप्रकार ठहर निर्णय गरेको डिसमिस फैसलालाई आदेशको संज्ञा दिई ०४३।१।१४ को डिसमिस फैसला र ०४३।३।५।५ को आदेश समेत बदर गर्ने गरेको यस अदालत सिंगल बेञ्जको आदेश उल्लेख भएका नजीर समेतको विपरीत देखिएको हुँदा बदर हुने । (प्रकरण नं. ७) विन्तिपत्रवालातर्फबाट: विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल विपक्षीतर्फबाट: विद्वान अधिवक्ता श्री अवधेशकुमार सिंह विद्वान अधिवक्ता श्री मातृकाप्रसाद सिटौला उल्लिखित मुद्दा: (१) निवेदक नरबहादुर गुरुङ विरुद्ध श्री ५ को सरकार निर्माण संचार तथा यातायात मन्त्रालयको भएको सरकारी हानी नोक्सानी मुद्दामा सर्वोच्च अदालतबाट सिद्धान्त प्रतिपादित भई नेपाल कानून पत्रिका (२०३५) सालको निर्णय नं. ३३७ मा प्रकाशित । (२) निवेदक ऋषिराम आचार्य विरुद्ध जिल्ला कार्यालय दाङ समेत भएको मुद्दामा सर्वोच्च अदालत डिभिजन बेञ्जबाट २०३८।५।८ मा निर्णय भई नेपाल कानून पत्रिका (२०३८) को निर्णय नं. १४७७ पृष्ठ २३ मा प्रकाशित । फैसला १. उल्लिखित वादी प्रतिवादी भएको उक्त मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन परी डिसमिस फैसला भइसकेकोमा सर्वोच्च अदालत सिंगल बेञ्जको आदेशबाट डिसमिस जागी कारवाही चलेकोले सर्वोच्च अदालतको आदेश दोहर्‍याई हेरिदिनु भन्ने हुकुम प्रमांगी पाउँ भनी वादी केशरबहादुर बज्राचार्यले श्री ५ महाराजाधिराज सरकारका जुनाफमा चढाउनु भएको विन्तिपत्रमा यस्मा उल्लेख भएको तारेख थामिने गरी तोक प्रमांगी भई गएको विन्तिपत्रको प्रतिलिपि यो विन्तिपत्र साथै राखी मुद्दा के अवस्थामा छ सो समेत खुलाई प्रतिवेदन जाहेर गर्नु भन्ने आदेश भइआएको । २. काठमाडौं जिल्ला अदालतको २०४१।४।२५ को फैसला उपर प्रतिवादी शिवप्रसादको पुनरावेदन पर्न आएकोमा दर्ता गर्न दाखिल गर्नु पर्ने कोर्ट फी रु. ३९९१।३८ दाखिल गर्न असमर्थता दर्शाई दिनु भएको निवेदनमा भएका आदेशानुसार निज कोर्टफी राख्न असमर्थ हो होइन भनी निजको हैसियत बुझ्न गएको । पुनरावेदन गर्ने म्याद गुज्रन जाने भएकोले उक्त निवेदनको टुंगो नलागेसम्म पुनरावेदनपत्र धरौटीमा दर्ता गरी धरौटीबाटै तारेख तोकी गएकोमा मिति २०४२।९।४ को तारेख गुजारी बसेकोमा अ.बं. ५९ नं. ले तारेख थाम्ने म्याद बाँकी नभएको भनी मिति २०४३।९।१८ मा पुनरावेदनपत्र तामेलीमा रहेको । ३. अड्डाबाट थाम्ने अ.बं ५९ नं. बमोजिमको म्याद बाँकी नभएकोले पहिला पटक २० दिन भित्र विन्तिपत्र चढाएको छु मिति २०४२।४।९ को तारेख थामिपाउँ भनी शिवप्रसाद पोखरेलले श्री ५ महाराजाधिराज सरकारका जुनाफमा चढाउनु भएको विन्तिपत्रमा बक्स भइआएको हु.प्र. बमोजिम तारेख थामी तामेलीबाट जगाई मिति २०४२।१२।२४ को तारेख तोकिएको कोर्ट फी सम्बन्धमा निजको हैसियत बुझी कोर्ट फीमा पछि मुद्दा फैसला हुँदा ठहरे बमोजिम गर्ने गरी पुनरावेदन धरौटीको लगत कट्टा गरी साधारणको लगतमा दर्ता भ