निर्णय नं. २७६१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २७६१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: असोज अंक: ६ फैसला मिति :२०४३/०६/०६ २२३६ निर्णय नं. २७६१ ने.का.प. २०४३ अङ्क - ६ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा २०४० सालको रिट नं. २२८५ आदेश भएको मिति : २०४३।६।६।२ मा निवेदक : ल.पु.न.पं.वार्ड नं. ५ बस्ने मेघनाथ ढुड्डाना विरुद्ध विपक्षी : का.न.पं.वार्ड नं. २ गैरीधारा बस्ने सुवर्णराज सत्यालसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) विवादको जग्गामा निवेदकको पूर्ण हक भइसकेको भन्ने कुरा नदेखिएको र अदालतको विचाराधीन रही अन्तिम भई नसकेको पुनरावेदन गर्ने तह बाँकी नै रहेको र निवेदकका जिकिर समेतमा अदालतबाट विचार हुने कुरालाई कारवाहीको सिलसिलामा पुनरावेदन सरह रिट क्षेत्रबाट हेरी प्रमाणको मूल्यांकन गरी फैसला सरहको आदेश गर्न नमिल्ने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठ विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल आदेश न्या.गजेन्द्रकेशरी बास्तोला : नेपालको संविधानको धारा ७१ अन्तर्गत यस अदालतमा मिति ०४२।१।२५ मा दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार छ । २. ल.पु.जि.ल.पु.न.पं.वार्ड नं. ५(च) कि.नं. १६४ पा.पै. ०–१४–० जग्गा का.इ. भोसिको टोल बस्ने धामनाथ अर्यालको जग्गा कमाएको भनी ०२१ सालको नापीमा मोहीको हैसियतले फिल्डबुकमा जनाएको र जग्गा कमाई आएको छु । विर्ता उन्मूलन ऐन, ०१६ बमोजिम म विर्तावालले रैकरमा परिणत गर्नुपर्ने म्यादभित्र रैकरमा परिणत नगरेकोले उल्लिखित कि.नं. १६४ र अरु जग्गा समेत मोही मेरो नाउँमा रै.प.गरी पाउँ भन्ने मेरो निवेदन २०३४ सालमा भू.प्र.का.ल.पु. मा निवेदन परी कारवाही चलेकोमा भू.प्र.का.खारेज भई उक्त काम मालपोत कार्यालयमा परेपछि घामनाथको नाउँको दिन ३० को म्याद मालपोत कार्यालय काठमाडौंबाट तामेल हुन जाँदा का.न.पं.वार्ड नं.२४ समितिले खोज तलास गर्दा निजले घरबार बेची अन्त बसोवास गर्नुभयो भन्ने भई, ०३५।१२।२१ को पत्रसाथ पठाएको मा.पो.का.ल.पु.बाट ०३६।३।१० मा गोरखापत्रमा प्रकाशित गर्दा पनि कसैको उजूर नपरेको र कोही पनि हाजिर भएनन् । सरजमीन बुझ्दा मेघनाथले जोति आएको निजको नाउँमा कायम गरी दिए हुन्छ भनी सरजमीनका व्यक्तिहरूले ०३६।३।३० मा मुचुल्का गरी त्यसपछि हाजिर हुन आउनु भनी घामनाथका नाउँमा ल.पु.जि.अदालत, भू.सु.का., ल.पु.न.पं.र जिल्ला कार्यालय ल.पु.मा. समेत सूचना टाँस भयो त्यसमा पनि कोही हाजिर नभएपछि ०१६ सालदेखिको मालपोत लिई दफा ७(३) अनुसार २५।– जरिवाना गरी मोही मेघराजका नाउँमा दर्ता प्रमाणित गरी दिने भन्ने समेत ०३६।११।२२ मा आदेश भए अनुसार ०३६।११।२४ मा ज.ध.द.प्र.पू.प्राप्त गरेको छु । जो.अ.नि.पेश गरेको छु । मोठमा घामनाथको नाउँमा दर्ता बाँकी भन्ने जनिएको र मोहीको लगत प्रकाश भएको छ । ३. बाजे विष्णुप्रसादका नाउँमा ल.पु.मालमा मा.का.बा. १५० नं. नापीमा दर्ता भएको टछे खेत सिम जग्गा १–८–० बाजे पिता परलोक भई मेरो हक हुन आएको मुक्तिनाथ मार्फत विवरण पेश गरी ल.पु. माल श्रेस्तामा ०२१।१२।२४ मा धरौटी राखेको छु । जग्गा विपक्षीले कमाएको नापीमा वार्ड नं. ५(च) कि.नं. १६४ को ०–१४–० धनीको नाउँमा खाली राखी नापी गराएको कल्पीत घामनाथ अर्यालको जग्गा देखाई आफ्नो नाउँमा दर्ता गराई ज.ध.प्र.पू. लिनु भएछ । ०३९।९।२० मा नक्कल सारी थाहा पाएँ । ज.प.को २(क) ल