निर्णय नं. २७६२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २७६२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: असोज अंक: ६ फैसला मिति :२०४३/०६/१६ २४३२ निर्णय नं. २७६२ ने.का.प. २०४३ अङ्क - ६ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४३ सालको रिट नं. १३४६ आदेश भएको मिति : ०४३।६।१६ मा निवेदक : जि.महोत्तरी बनौली गा.पं.वार्ड नं. ७ बस्ने पोखरा दुग्ध वितरण आयोजनाको टेक्निकल असिष्टेण्ट मुरलीधर मिश्र विरुद्ध विपक्षी : दुग्ध विकास संस्थान, लैनचौर काठमाडौंसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) निवेदकले पद अनुसारको काम नगरेको र निवेदक अहिले रिट क्षेत्र प्रवेश गर्दा पनि सफा हात लिई निवेदन दिएको नदेखिँदा निवेदकको माग दावी बमोजिम कुनै किसिमको आदेश जारी गर्न मिलेन । (प्रकरण नं. ८) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री कालिराज जोशी विद्वान सहन्यायाधिवक्ता श्री जीतबहादुर कार्की आदेश न्या.गजेन्द्रकेशरी बास्तोला : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार छ । २. म निवेदक दुग्ध विकास संस्थानको स्थायी स्टोर किपर पदमा नियुक्ति पाई मिति ०३२।८।२२ देखि कार्यरत छु । मिति ०३८।१०।४ देखि जुनियर टेक्निसियन पदमा काम गरी आएकोमा मेरो कार्य कुसलतालाई दृष्टिगत गरी मिति ०३९।२।२६ देखि ज्येष्ठता कायम गर्ने गरी टेक्निकल एसिष्टेन्ट पदमा मलाई बढुवा गरियो । मैले उक्त संस्थानको नोकरीको सिलसिलामा दमौली चिलिंग सेन्टरमा इन्चार्ज भई काममा कार्यरत हुँदाको काम कारवाहीमा बामनदेव न्यौपानेको जाहेरबाट श्री ५ को सरकार वादी र मलाई प्रतिवादी बनाई भ्रष्टाचार मुद्दाको उठान गरी जिल्ला कार्यालय तनहुँको ०४०।५।५ को थुनुवा पुर्जी दिई मलाई थुनामा राखियो पछि जेथाजमानी दिई थुनाबाट फुर्सद पाएँ । थुनाबाट फुर्सद पाएपछि पनि संस्थानकै सेवाबाट रही काम गरी अएको थिएँ । यसै बीच तपाई यस आयोजनाको दमौली चिलिङ्ग सेन्टरमा इन्चार्ज भई कार्यरत रहँदा उक्त चि.से. मा दुग्ध नदिने व्यक्तिको काल्पनिक नाम समेत राखी फाराममा कीर्ते सही समेत गरी भुक्तानी फाराममा उल्लिखित रकम तपाई आफैंले लिनु खानु समेत गरी यस आयोजनालाई हानी र आफूलाई गैरकानुनी लाभ हुने गरी भ्रष्टाचार निवारण ऐन, ०१७ को परिच्छेद २ को दफा ७ अन्तर्गतको कसूर गरेको देखिएकोले आवश्यक कारवाही गर्न हुन भनी आवश्यक कागजपत्र संलग्न भएको मिसिल संलग्न गरी जिल्ला कार्यालय तहुँको पत्र प्राप्त भएकोले तपाईलाई यस संस्थानमा नियुक्ति बढुवा र विभागीय कारवाही सम्बन्धी सामान्य सिद्धान्त ०३५ परिच्छेद ११ दफा ६ को (६) बमोजिम गरेको देखिन आएकोले सोही परिच्छेदको दफा १ को (ङ) बमोजिम तपाईलाई भविष्यमा संस्थानको नोकरीको निमित्त अयोग्य ठहरिने गरी नोकरीबाट किन नहटाउने सो सम्बन्धमा पत्र प्राप्त भएको ३ दिनभित्र स्पष्टीकरण पेश गर्न हुन भन्ने व्यहोराको पोखरा दुग्ध वितरण आयोजनको मिति ०४१।७।१६ को गोप्य पत्रद्वारा म संग स्पष्टीकरण माग गरियो उक्त स्पष्टीकरण पत्रको सम्बन्धमा मेरो उपर लगाइएको आरोपमा पूर्ण रुपमा इन्कार रहँदै मैले कृषकको काल्पनिक नाम राखेको छैन कुनै कृषकले नै यदि कथम कदाचित आफ्नो सही नाम नबताई काल्पनिक नाम बनाएको रहेछ भने खोजि नीति गर्नेछु । मैले कीर्ते सही गरेको आशंका भएमा रेखा तथा लेखा विशेषज्ञबाट जाँची पाउँ । मैले रकम लिनु खानु गरेको छैन । अतः म उपर लगाइएको अभियोगबाट सफा