निर्णय नं. २७६३ - ज्यू मास्ने बेच्ने

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २७६३ - ज्यू मास्ने बेच्ने भाग: २८ साल: २०४३ महिना: असोज अंक: ६ फैसला मिति :२०४३/०६/१७ २४०८ निर्णय नं. २७६३ ने.का.प. २०४३ अङ्क - ६ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी २०४१ सालको फौ.पु.न. ६१४ फैसला भएको मिति : २०४३।६।१७।६ मा पुनरावेदक : प्रहरी चौकी बेलहियाको जाहेरीले वादी श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : का.न.पं.वार्ड नं. ३२ डिल्ली बजार बस्ने शुशिला शाहसमेत मुद्दा : ज्यू मास्ने बेच्ने (१) अपराधमा मुछिएका सबै सहअभियुक्तहरूले किटानीपूर्वक पोल उजूर गरेको र उक्त अपराधका पीडितहरूले समेत सिलसिलाबद्ध रुपमा सहअभियुक्तको बयानलाई पुष्टि हुने गरी बकी लेखिदिएबाट अभियोगमा संलग्नता थिएन भन्न मिलेन । (प्रकरण नं. २१) (२) कसूरमा सावित भई पुनरावेदन समेत नगरी बस्ने यी प्रतिवादीहरूले यकीन गरी पोल्नु पर्ने कुनै कारण मिसिलबाट केही देखिँदैन अतः बिक्री गर्ने उद्देश्य लिई केटी भगाएको बौद्ध पुर्‍याई दिएको केटीहरू जान नमान्दा फकाई फुल्याई बसमा चढाई पठाउने काम समेत गरिएको तथ्यबाट केटी बेच्ने अपराधमा मूल अपराधीलाई सहयोग गर्ने मुख्य मद्दत गरेको रुपमा निज रहेको देखियो । (प्रकरण नं. २१) पुनरावेदक/वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजकिशोर सिंह विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री विष्णु राउत उल्लिखित मुद्दा : ने.का.प.०४२ नि.नं. २२६६ पृष्ठ १४४, देवीबहादुरको जाहेरीले वादी श्री ५ को सरकार विरुद्ध बहादुर सिंह भन्ने दिलिपसिंह ठाकुर मुद्दा कर्तव्य ज्यान, ने.का.प. २०४२ नि.नं. २५२१ पृष्ठ ९४१ फैसला न्या.गजेन्द्रकेशरी बास्तोला : प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यसप्रकार छ । २. भैरहवा तर्फबाट २ जना केटा र २ वटी केटी भारततर्फ जान लागेको देखिई शंका लागि निजहरूलाई पक्राउ गरी सोधपूछ गर्दा सुनवीर तामाङ्ग १, मानबहादुर तामाङ्ग १ कमल पौड्याल क्षेत्री १, अम्बिका अधिकारी १ नाम थर बताएका हामीले यी २ जना केटीलाई फकाई भारतमा बिक्री गर्नको लागि लिई आएको भनेकोले निजहरू ४ जनालाई यसै साथ दालिख गरेको छु भन्ने प्रहरी चौकी बेलहियाको प्रहरी प्रतिवेदन का.जि. इन्द्रचोक डेरा गरी बस्ने लक्ष्मी भन्ने आइमाई ०३८।५।३ का दिन घरमा आई जापानबाट मिमसाहेव आएकी छिन् काम गर्ने केटी खोजी ल्याई दिनु भनेकीले ल्याएको हुँ । तिम्रो छोरी पठाई देउ मैन्हाको २००।— डलर पाउँछौ भनेकोले मेरा बाबु आमाले साथमा गाउँकै अम्बिका साथ काठमाडौं बानेश्वरमा जाँदा मिनसाहेव गइछन् तिनको नोकरी गर्ने बौद्धमा छन् भनी बौद्धमा लगी पक्राउ परेको सुनविर तामाङ्ग, मानबहादुर तामाङ्ग बौद्धमा थिए । निजहरू मिनसाहेवका मानिसहरू होलान भन्ने ठान्यौं । भारतबाट बाटो छ उतैबाट जानु पर्दछ भनी ललाई फकाई ०३८।७।५ गते साँझ निजहरूकै साथ निजहरूकै पैसाबाट बसमा बेलहिया आयौं । राती बासमा बसी विहान ६ बजे भारत जान लाग्दा प्रहरीले पक्राउ गरी सोधपूछ गर्दा निजहरूले ज्यू मास्ने बेच्ने अपराध गरेकोले कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको वर्ष १६ की कमला चौलागाईले जि.प्र.का.रुपन्देहीमा गरेको बयान । ३. हामीलाई फकाई ल्याउँदा बेलहियामा पक्राउ परेपछि निजहरूले हामीलाई बिक्री गर्न लगेका रहेछन भन्ने थाहा भयो अतः निज अभियुक्तहरूलाई कानुनी कारवाही होस् भन्ने समेत अम्बिका क्षेत्रीले जि.प्र.का.रुपन्देहीमा गरेको बयान । ४. हामी दुवैजना भारत पञ्जाव होटलमा काम गर्ने छुट्टीमा आएको र बौद्धमा डेरा गरी बसेको अवस्थामा एकजना