निर्णय नं. २७४ - लिखत पास

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २७४ - लिखत पास भाग: ८ साल: २०२२ महिना: बैशाख अंक: १ फैसला मिति :२०२२/१२/१० २०८० निर्णय नं.२७४ ने.का.प.२०२२ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री लोकराज जोशी दे.फु.नं.३३४।२९३ निवेदक, वादी : का.ई.भोटाहिटी बस्ने पशुपति मैनाली विरुद्ध विपक्षी, प्रतिवादी : का.ई.पाको पोखलड्याङ् बस्ने मागेलाल माडवारी मुद्दा : लिखत पास (१) अगाडिको फट्टा लिखतले पछिल्लो दृष्टि लेखी दिएको आधार र त्यस्तो पास नभएको लिखतको दावा पुग्न नसक्ने । सवभन्दा पछिल्लो लिखतले अगाडिका लिखतहरू फट्टा गरी सकेको र पास पनि नभएको हुनाले अगाडिका फट्टा लिखतले दृष्टि लेखाएको घर समाउन पाउने अवस्था नपर्ने । ति फट्टाहरू कपाली हुन आउने । (प्रकरण नं.१२) निवेदक तर्फबाट : विद्वान प्लिडर कोषराज विपक्षी तर्फबाट : विद्वान एडभोकेट मधुप्रसाद शर्मा र कृष्णप्रसाद घिमिरे फैसला १. प्रतिवादीले ब्यापार गर्न वापत रु.२१२५१। चाहियो । मेरो पाकोपोखलड्याङ् व्लक नं.६।२२० को घर लिए वापत धितो लेखिदिन्छु । ब्याज दसौंदका दरले तिर्छु । म्यादमा पास गरिदिन्छु भनेकोले ०७।६।५ गते मबाट रुपैंया लिई तमसुक गरी दिएको र फेरी बन्धकमा आईरहेका कपडा झिकी ब्यापार गर्नु पर्‍यो रु.२००० देउ । विरगञ्जको घर लेखि दिन्छु । दसौंद दरले तिर्छु भनी ०७।६।३० गते मबाट लिई दुवै तमसुकको भाखा पुगेकोले दुवै तमसुकको रुपैंयामा थप २१६८। लिई २५४१९। रु. को ६ महिनाको भाखा र ब्याज दसौंद दरले तिर्ने गरी धितो भोगको ०७।१२।२६ गते तमसुक गरी दिएको भाखामा आलटाल गरी नतिरी फेरी ०८।६।२६ गते आफ्नो हस्ताक्षरले बन्धकी तमसुक लेखिदिएको पास गरी नदिएकोले नालिस गर्न आएको छु । ०८।६।२६ गतेको लिखत पास गरी पाउँ भन्ने वादी । २. अन्यायवालासंग लेनदेन भई पटक–पटक लेखेको लिखतहरू नै सहिछाप गराई लगेको । महिना दिन बाद देखि पटक–पटकको दोहरी नै लेखि रुपैंया लिनेले हिसाब गरी बाँकी भए लिई फाजिल गरे दिई सबै हरहिसाब मिलाई लिखत फट्टा गरी दिनुपर्ने । २५।३० हजारको कपडा हुन्छ भनी मैनालीहरू नै साक्षी राखी हस्ताक्षरले लेखि सही गरी दिएको दोहरी नै किर्ते भन्ने र हरहिसाब बारे नालिस दिएका छौं । लेखिएको दोहरी बमोजिम रुपैंया दिई तिरी बुझाईसकेको सबै फाजिल मिलाई कट्टा गर्न पर्ने चुक्ति भईसकेको हुनाले लिखत पास गरी दिनुपर्ने होइन । वादी दावाबाट फुर्सद पाउँ भन्ने समेत जानकी दास माडवारीको प्रतिवादी । ३. वादीले डिक लेखाई लिएको पाको पोखलड्याङको घर जग्गा चेतकुमारीलाई लेखि दिईसकेको । दोहरा लेखि दिनै नहुने लेखिदिएको र विरगञ्जको घर जग्गा प्रतिवादीका नाउँमा नामसारी भईसकेको नभई निजका दाजुका नाउँबाट निज दर्तावालाका छोरा मागेलालका नाउँमा ०८।११।१२ मा दर्ता भएको देखिने हुनाले समेत वादी दावीको लिखत पास गरी दिन नमिल्ने हुँदा पास गरी पाउँ भन्ने वादी दावी नपुग्ने भन्ने समेत रा. का.दे.पै. को ०११।३।११ को फैसला । ४. मेरो लिखत पास नहुने गरी भएको फैसलामा चित्त बुझेन भन्ने समेत वादी पशुपति मैनालीको अपील । ५. उही तमसुक पास गरी पाउँ भन्ने पशुपति मैनालीको अपील जिकिर र आजैका मितिमा यो वादी प्र. मागेलालको दर्ता बदर मुद्दा नाउसारी बदर हुने ठहरी फैसला भएकोले यो मुद्दामा उक्त नाउसारी बदर मुद्दामा लेखिएका बुँदा प्रमाण समेतबाट यो पास गरीपाउँ भन्ने वादी जिकिर बमोजिम पास हुने ठहर्छ । पाको पोखल्ड्याङको घरको हकमा अघिल्लो दृष्टि चेतकुमारीको देखिनाले सा.अ. का.२७ नं. को हकसम्म पाउने हुँदा सो घर बाहे