निर्णय नं. ८८६८ - किर्ते
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८८६८ - किर्ते भाग: ५४ साल: २०६९ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६९/०६/०२ ३७७७ ने.का.प. २०६९, अङ्क ७ निर्णय नं. ८८६८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की पुनरावेदन नं. २०६५-CR-००६० फैसला मितिः २०६९।६।२।३ मुद्दा :— कीर्ते । पुनरावेदक प्रतिवादीः बाग्लुङ्ग जिल्ला, बाग्लुङ्ग न.पा., वडा नं. ७ बस्ने इन्द्रनिधि उपाध्याय विरुद्ध प्रत्यर्थी वादीः अञ्चल प्रशासन कार्यालय, धवलागिरीको जाहेरीले नेपाल सरकार शुरु फैसला गर्नेः मा.न्या.श्री भोलानाथ चौलागाई पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री बिश्वम्भर प्र. श्रेष्ठ मा.न्या.श्री ईश्वरप्रसाद खतिवडा § सरकारी अड्डाको छाप वा सरकारी काममा सरकारी कर्मचारीको छाप दस्तखत भएको सरकारी कागज मान्नुपर्ने र त्यस्तो लिखतमा गरेको कीर्ते कसूरमा कीर्ते कागजको १२ नं. बमोजिम थप सजाय हुने । § सरकारी अड्डा अदालतको जिम्मामा रहने सक्कल लिखतको रुपमा रहेको अदालतको फैसला आफ्नो जिम्मामा रहने गरी लिएको अदालतको छाप र अदालतको सरकारी अधिकारीको दस्तखत समेत भएको फैसलाको प्रमाणित नक्कल प्रतिलिपिको लिखतमा थपघट गरी कीर्तेको कसूर गरेको भनी मान्नुपर्ने । (प्रकरण नं.६) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वैतनिक अधिवक्ता राजन अधिकारी प्रतयर्थी वादी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता रेवतीराज त्रिपाठी अवलम्बित नजीरः नेकाप २०६१ साउन, निर्णय नं. ७३६१ पृ. ४१६) सम्बद्ध कानूनः § कीर्ते कागजको १२ नं. फैसला न्या.वैद्यनाथ उपाध्यायः पुनरावेदन अदालत, बाग्लुङकोे फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार यस अदालतमा पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :– जग्गा दर्ता सम्बन्धमा इन्द्रनिधि उपाध्यायले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिनुभएको उजूरी सम्बन्धमा कारवाहीको सिलसिलामा निवेदक इन्द्रनिधि उपाध्यायले धवलागिरी अञ्चल अदालतको मिति २०४३।०५।२२ को फैसला सच्याई मुलुकी ऐन, कीर्ते कागजको महलको कसूर गरेको हुँदा निजउपर आवश्यक कारवाही गर्नस हुन भन्ने समेतको धवलागिरी अञ्चल प्रशासन कार्यालय, बागलुङको पत्र । जिल्ला बागलुङ, बागलुङ न.पा., वार्ड नं. ७ मूलपानीमा पर्ने जग्गा २०३७।०९।१५ देखि जेठी आमा खन्तरी उपाध्यायनीबाट मेरो नाममा राजीनामा गरी लिएको हुँ । सोही साल नापी हुँदा क्र.स. ९ र १८ नं. को जग्गा भैरबहादुर खत्री समेत जना ६ ले उक्त जग्गा नापी दर्ता बदर गरिपाऊँ भनी उजूर गरेकोमा २०३८ सालमा नापी कार्यालयबाट मेरो नाममा दर्ता हुने गरी निर्णय भयो । पछि पुनः भैरबहादुर खत्रीसमेत जना ४ ले बागलुङ जिल्ला अदालतमा नालिस दिएकोमा सो अदालतबाट २०४१ सालमा मेरो नाममा नै दर्ता हुने गरी फैसला भएको थियो । सो उपर श्री धौलागिरी अञ्चल अदालतमा पुनरावेदन परेको रहेछ, सो कुरा मलाई थाहा भएन । २०४३ सालमा सो अदालतबाट फैसला हुँदा भैरबहादुर खत्रीको नाममा दर्ता हुने गरी फैसला भएको रहेछ । उक्त फैसलाको फोटोकपी ल्याई पाना ८ मा ठाउँ ठाउँमा म आफैले केही अक्षरहरु थपघट गरी मालपोत कार्यालय बागलुङमा फैसलाको फोटोकपी र निवेदन पेश गरेको हुँ भन्ने समेतको प्रतिवादी इन्द्रनिधि उपाध्यायको बयान । धवलागिरी अञ्चल अदालतको फैसलाको नक्कल गरी ल्याई पाना नं. ८ को हरफमा केही अक्षरहरु इन्द्रनिधि उपाध्याय आफैले सच्याई मालपोत कार्यालयमा पेश गर्नु भएको रहेछ । निजले के कुन उद्देश्यले थपघट गरेका हुन् थाहा भएन भन्ने स