निर्णय नं. २७६४ - लिखत बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २७६४ - लिखत बदर भाग: २८ साल: २०४३ महिना: असोज अंक: ६ फैसला मिति :२०४३/०६/०६ ३२९४ निर्णय नं. २७६४ ने.का.प. २०४३ अङ्क - ६ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४२ सालको दे.पु.न. ५०७, ५०८ फैसला भएको मिति २०४३।६।६।२ मा पुनरावेदक/प्रतिवादी : का.प.जि.नाला टुकुचा गा.पं.वार्ड नं. ९ बस्ने रामशरण गिरीसमेत विरुद्ध विपक्षी/वादी : भ.पु.न.पं.वार्ड नं. ४ बस्ने चित्रराज गिरी मुद्दा : लिखत बदर (१) मुद्दा एकै लगाउको भएको र एउटा मुद्दाको निर्णयबाट अर्को मुद्दाको निर्णयमा समेत असर पर्ने स्थिति अवस्था विद्यमान देखिन्छ, यस्तो अवस्थामा दुवै मुद्दालाई एकैसाथ राखी ठहर निर्णय गर्नुपर्ने । (प्रकरण नं. १८) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री सुधानाथ पन्त विपक्षी/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री पिताम्बर सिलवाल फैसला न्या.हरगोविन्द सिंह प्रधान : मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।५।१८ को फैसला उपर पुनरावेदनको अनुमति प्राप्त भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ : २. बाबु रामबहादुरका ३ छोरामा जेठीका २ छोरा र कान्छीका म १ छोरा भई आमाहरू पहिले नै परलोक भइसकेका र बाबा पनि २०३९।३।२४ मा परलोक हुनुभएकोमा सगोलको सम्पत्तिबाट हामीहरूको बण्डा नभई सकेको सम्पत्ति विपक्षी भिमराज गिरीले च्यान्टा गिरी र रामशरण गिरीलाई अंशबण्डा पास गरिदिनु भएको कुरा थाहा भएकोले २०३९।७।१६ मा पास भएको लिखत लेनदेन व्यवहारको १० नं.बमोजिम मेरो भागको तीन खण्डको एकखण्ड लिखत बदर गरिपाउँ भन्ने समेत व्यहोराको फिराद दावी । ३. फिरादी र म भिमराजको पहिले नै अंशबण्डा भई जग्गा जमीन सम्पूर्ण आफ्नो आफ्नो नाउँमा नामसारी दाखेल खारेज समेत गरी सकेको छ । वादीलाई मैले अंश दिनु बाँकी छैन र मैले छोरा तथा श्रीमतीलाई मेरो भागको जग्गा बण्डापत्र गरी दिएकोले उक्त बण्डापत्र बदर हुनुपर्ने होइन भन्ने समेत व्यहोराको संयुक्त प्रतिउत्तरपत्र । ४. वादीले प्रतिवादीद्वारा बण्डापत्र पास गरेको २०३९।१०।१० मा धर्मराज गिरीले दिएको अंश मुद्दाको म्याद बुझ्दा थाहा पाइसकेकोमा सो म्यादबाट ३५ दिन नघाई परेको प्रस्तुत फिराद खारेज हुन्छ भन्ने समेत व्यहोराको शुरु काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट २०४०।८।७ मा भएको फैसला । ५. सो फैसला चित्त बुझेन भन्ने समेत व्यहोराको वादीले म.क्षे.अ. अदालतमा दिएको पुनरावेदनपत्र । ६. यसै लगाउको अंश मुद्दामा विपक्षी झिकाउने आदेश भएकोले यसमा पनि अ.बं. २०२ नं. तथा क्षे.अ. नियमावली बमोजिम झगडीया झिकाई पेश गर्नु भन्ने म.क्षे.अ.को आदेश । ७. धर्मराज गिरी वादी भएको अंश मुद्दाको फिराद हेर्दा, यी प्रतिवादीहरूले कुन कस्तो जग्गा के व्यहोराबाट बण्डापत्र खडा गरी पारीत गराएको हो सो कुरा उल्लेख गरेको देखिँदैन । तसर्थ फिरादको प्रतिलिपि तथा म्याद २०३९।१०।१० मा पाएकोबाट वादीलाई सोही समयमा थाहा भएको भन्न नमिली यिनी वादीले नक्कल सारी लिएपछि मात्र थाहा पाएको भन्नु पर्ने हुँदा थाहा पाएको मितिबाट हदम्याद नाघी दायर भएको भनी शुरुले खारेज गर्ने गरेको फैसला मिलेको नदेखिँदा बदर गरी दिएको छ । अब कानुन बमोजिम जे जो बुझ्नु पर्दछ बुझी कानुन बमोजिम निर्णय गरी निर्णय उपर पुनरावेदन परे पुनरावेदन साथ, नपरे यहाँ आजै मुलतवी रहेका वादी धर्मराज गिरी प्रतिवादी भिमराज गिरी समेत भएको दे.पु.नं. १२५७ को अंश मुद्दा १, र वादी प्रतिवादी ऐ.ऐ.भएको दे.पु.नं. १२५८ को लिखत