निर्णय नं. ३१९५ - मुद्दा मिलापत्र बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३१९५ - मुद्दा मिलापत्र बदर भाग: २९ साल: २०४४ महिना: पौस अंक: ९ फैसला मिति :२०४४/०८/२२ २३०१ निर्णय नं. ३१९५ ने.का.प. २०४४ अङ्क ९ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह सम्वत् २०४४ सालको दे.पूर्ण.ई.नम्बर १०७ विषय : मुद्दा मिलापत्र बदर । निवेदक/प्रतिवादी:का.जि.का.न.पं. वडा नं. १४ कालीमाटी आलाचोक बस्ने सिद्धी बहादुर महर्जन । विरुद्ध विपक्षी/वादी:का.जि.का.न.पं. वडा नं. १३ कालिमाटी बस्ने दिलमाया महर्जन । ऐ.ऐ बस्ने अहिल्या महर्जन । ऐ.ऐ बस्ने प्रतिभक्त महर्जन । ऐ.ऐ बस्ने सूर्यभक्त महर्जन । ऐ.ऐ बस्ने दिल बहादुर महर्जन । फैसला भएको मिति: २०४४।८।२२।३ मा विवादित जग्गा वादीहरू समेतको हक लाग्ने सगोलको सम्पत्ति भन्ने कुराको तथ्ययुक्त प्रमाण देखिन नआएकोले वादी दावा पुग्न नसक्ने । (प्रकरण नं. १६) निवेदक, प्रतिवादी तर्फबाट: विद्वान अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली प्रतिवादी, नारायण भक्त तर्फबाट: विद्वान अधिवक्ता श्री कमलनारायण दाश विपक्षी, वादीतर्फबाट: विद्वान अधिवक्ता श्री तुलसी भट्ट उल्लेखित मुद्दाःX फैसला प्र.न्या.धनेन्द्र बहादुर सिंहः श्री ५ महाराजाधिराजका हजुरमा दिलमाया महर्जन समेत संगको मिलापत्र बदर मुद्दामा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट मिति २०४२।९।२८ गते भएको निर्णय दोहर्‍याई पाउँ भनी सिद्धी बहादुर महर्जनले मिति २०४२।११।२ मा न्यायिक समिति मार्फत चढाई पठाउनु भएको न्यायिक समिति नं. ५७।७४३ को निवेदनपत्र र यस बारे न्यायिक समितिद्वारा चढाई पठाएको मिति २०४३।७।२।१ नं. ३५६ को पत्र तथा पत्र साथ संलग्न पर्चा समेतको व्यहोरा जाहेर हुँदा मौसूफ सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त निर्णय दोहर्‍याई दिनु हुकुम बक्सेको छ भनी मौसूफ सरकारका प्रमुख सचिवबाट मिति २०४३।७।१३ गते लेखी आए अनुसार लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ :- २. विपक्षी सिद्धी बहादुरसँग मिति २०२५।११।२६ गते अंशबण्डा भई बेगल बसेको र सगोलमा बसी आएका बखत नारायणभक्तका नाममा दर्ता भएको का.जि.कालिमाटी गाउँ पञ्चायत वडा ७(ख) को कि.नं. ८ को जग्गा रोपनी ३–१२–० सगोलमा भोग गरिआएका थियौं । उक्त जग्गा मध्ये विपक्षी सिद्धी बहादुरले १२६० वर्ग फिट जग्गा मिची घर बनाउन लागेकोमा विपक्षी नारायणभक्तको नामबाट म दिल बहादुरले अधिकृत वारिसनामा लिई सिद्धी बहादुर उपर पर्खाल खिचोला मुद्दा दायर गरेकोमा काठमाडौं जिल्ला अदालतबाट हराई फैसला भएकोमा म.क्षे.अ.मा हाम्रो पुनरावेदन परी झ.झि.भई कारवाही चलिरहेकोमा परिवार सदस्यलाई थाहा नदिई विपक्षी नारायण र सिद्धी बहादुरले मिति २०३८।२।१८ गतेमा मिलापत्र गरेछन् । मेरा नामको अधिकृत वारिसनामा पनि खारेज नगरेको र हाम्रो सगोलको सम्पत्तिमा आघात परेकोले उक्त मिलापत्र बदर गरिपाउँ भन्ने समेत फिरादपत्र । ३. वादीहरूलाई नालेश गर्न अ.बं.८२ नं. ले हकदैया छैन । नारायणभक्तले अधिकतम हदबन्दीमा प्राप्त गरेको जग्गा निजी रुपमा पाएकोमा मुद्दा मिलापत्र भएकोमा अरु व्यक्तिहरूको हक जाने प्रश्न आउँदैन । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २१, २२, २३ र २४ तथा अंशबण्डाको १८ नं. बमोजिम अरुको हक पुग्न सक्ने होइन । नारायणभक्त एकासगोलको अंशियार भनी फिरादमा लेखेकोले मिलापत्र भएकै दिन थाहा पाएको मान्नु पर्छ । हदम्याद भित्र नालेश नपरेको स्पष्ट छ । नाबालखहरूको नालेश लेनदेन व्यवहारको १० नं. र अंशबण्डाक