निर्णय नं. २७६५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २७६५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: असोज अंक: ६ फैसला मिति :२०४३/०६/०६ २२३१ निर्णय नं. २७६५ ने.का.प. २०४३ अङ्क - ६ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४२ सालको रिट नं. २२५४ आदेश भएको मिति : २०४३।६।६।२ मा निवेदक : जि.रौतहट पोठियाही गा.पं.वार्ड नं.३ बस्ने गंगा ठाकुर हजाम विरुद्ध विपक्षी : भूमिसुधार कार्यालय, रौतहट गौरसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) विवादीत जग्गाको १।२ नं. अनुसूची प्रकाशित भएको श्रेस्ताबाट नदेखिएको भनी निवेदकको जग्गामा मोही कायम गरेको निर्णय उत्पे्रषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट विद्वान अधिवक्ता श्री जयकान्त लालदास आदेश न्या.महेशरामभक्त माथेमा : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश पुर्जी जारी गरिपाउँ भनी रिट निवेदन मिति ०४२।२।७ मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य तथा जिकिर यसप्रकार छन : विपक्ष टैटमियाँ दर्जीले नवलकुमार सिंहको नामको पोठियाही गा.पं.वार्ड नं.४ कि.नं. ३१० को ज.वि.०–०–९ र उर्मिलाकुमारी ठकुरीको नामको ऐ.ऐ.कि.नं. ३११ ज.वि.०–०–९ समेत जग्गा सदा सर्वदा देखि जोति कमाई आई रहेको समेत हुँदा पञ्चायतको सिफारिश समेतबाट मोही हक कायम गरी मोही प्रमाणपत्र पाउँ भनी विपक्ष कार्यालयमा ०४१।५।१२ मा निवेदन दिएको रहेछ र विपक्षहरूका नाममा समेत जारी गरी पठाउँदा म्यादै गुजारी बसेको भन्ने उल्लेख गरिएको छ । विपक्ष कार्यालयबाट नवलकुमार सिंहको नामको पोठियाही गा.पं.वार्ड नं. ४ कि.नं. ३१० को ज.वि. ०–०–९ उर्मिलाकुमारीको नामको ऐ.गा.पं.वार्ड नं.४ कि.नं.३११ को ज.वि.०–०–९ समेतमा मैले मोही भई कमाई आई उक्त जग्गा मेरो भोगमा छ र ज.ध.लाई कूत बुझाएको भर्पाई र फिल्डबुक समेतको आधारमा मोही कायम गरी प्रमाणपत्र पाउने भनी वादी दावी भएकोमा मा.पो.का.गौर बुझ्दा कि.नं. ३१० को जग्गा नवलकुमारको नाउँबाट गंगा ठाकुरको नाममा गएको छ भन्ने समेत उतार आएकोमा विपक्षीहरूका नाउँमा समन जारी गरी पठाउँदा म्यादै गुजारी वादी दावी स्वीकार गरी बसेकोले सम्बन्धित गा.पं.को मिति ०४१।७।२६ को सिफारिश समेतबाट ज.ध.ले गरी दिएको मिति ०३९।११।७ र मिति ०४१।१२।१२ को भर्पाई र पञ्चायतमा राखेको धरौटीको मिति ०३९।११।१९ र मिति ०४१।११।१७ को भर्पाईहरू समेतको आधारमा निवेदन दिई टैटमियाँ दर्जिलाई कि.नं. ३१० र कि.नं. ३११ को मोही कायम गरी मोहियानी प्रमाणपत्र दिने ठर्हछ भनी ०४१।११।१३ गते निर्णय गरिएको छ । ०४२।१।२६ मा उक्त निर्णयको नक्कल सराई लिई हेर्दा थाहा हुन आएको र अन्य उपचारको बाटो समेत नहुँदा सम्मानीत अदालतको असाधारण अधिकार क्षेत्रको प्रयोग गराई माग्न आएको छु । ३. पोठियाही गा.पं.वार्ड नं. ४ कि.नं. ३१० को ज.वि.०–०–९ अबल खरियान मोही कोही नभएको जग्गाको जग्गाधनी म निवेदक हुँ भन्ने कुरा प्रमाणित रहेको छ र विपक्ष अधिकारीको निर्णयबाट समेत म जग्गाधनी भन्ने कुरा निर्णयमा उल्लेख छ । विपक्षले मोही कायम गरी मोहियानी हकको प्रमाणपत्र पाउँ भनी दिएको निवेदनमा सो जग्गा सदासर्वदा देखि मैले जोती कमाई आएको ०२१ सालमा सर्भेनापी हुँदा मेरो भोगको हो भनी मेरो अनुपस्थितिमा पञ्च सदस्यले नाप नक्शा गराई दिएको मोहियानी हकको प्रमाणपत्र नपाएकोले गा.पं.को सिफारिश संलग्न राखी भर्पाई