निर्णय नं. २७६ - लेनदेन जालसाजी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २७६ - लेनदेन जालसाजी भाग: ८ साल: २०२२ महिना: बैशाख अंक: १ फैसला मिति :२०२१/१२/१० २३९१ निर्णय नं.२७६ ने.का.प.२०२२ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री फौ.फु.नं.५७ निवेदक, प्रतिवादी : महेन्द्रविक्रम शाही विरुद्ध विपक्षी, वादी : गोबिन्दमान प्रधान मुद्दा : लेनदेन जालसाजी (१) कर्जा लेनदेन बाहेक व्यापारतर्फ नालिस दिने हदम्याद कायम गर्दा साहु असामीको ३८ नम्बर लागु हुने । वादीले प्रतिवादी संगै सम्पर्क राखी कारोबार गरेको देखिनाले कम्पनिले बैना पच गर्न पाउने नपाउने व्यापारको रीतिस्थिति के हो भन्नेतर्फ बिचार गरिरहनु नपर्ने र वादीले प्रतिवादीसँग सम्पर्क राखी के कस्तो कारोबार गरेको रहेछ भन्ने कुराको हकमा कर्जा लेनदेन नभई व्यापारको कारोबार भए गरेको देखिएकोले साहु असामीको ३८ नं.बमोजिम म्याद २ बर्षभित्रको उजुर हुनु पर्नेमा ०३।११।९ मा भा.रु.२००० बैना लिनु दिनु भई भरपाई भएको रुपैंया दिलाई पाउँ भन्ने कुरामा ०१३।४।१७ मा मात्र नालिस दर्ता गरेको देखिएकोले उक्त साहु असामीको ३८ नं. को म्याद २ बर्ष नाघी सकेपछिको हुँदा खारेज हुने ठहर्छ । (प्रकरण नं.१५) फैसला १. सिमेन्टी दिन वापत म संग १९४७ फरवरी २० तारेख ०३।११।९ गते एडभान्स बैना वापत कं.रु. २०००। मबाट प्रतिवादीले लिई भरपाई गरेको सिमन्टी पनि नदिई, रुपैंया पनि नदिएकाले सो कं.रु.२ हजार भराई पाउँ भन्ने समेत वादी गोबिन्दमानको फिराद । २. निज वादीले भुक्तानी दिई सिमेन्टी उठाउनु पर्ने उठाउन नआई बैना पच गराएको हो । त्यस्तो बिदेशी कलकत्ताको लेनदेनको साहु असामीको ३६ नं. ले उजुर लाग्नै नसक्ने र कलकत्ता छँदै वादीलाई रु.३०००। सेन्ट्रल बैंकको चेक दिएको । निजले सो रुपैंया भर्ना नदिएकोमा तर–ताकेता गर्दा बेइमानी चिताई झुठ्ठा नालिस गरेको हो भन्ने समेत प्र.महेन्द्रविक्रम शाहको प्रतिवादी । ३. रुपैंया लिएमा साबितै र आफ्नो लेनामा छुट्टै उजुर गर्नुपर्ने । एडभान्स जफत हुने भन्ने कुनै शर्त पेश गर्न नसकेकोले समेत प्रतिवादीबाट वादीलाई रुपैंया भराई दिने ठहर्छ भन्ने ललितपुर अदालतको फैसला । ४. सो फैसला उपर चित्त बुझेन भन्ने प्रतिवादीको अपील । ५. अपीलाट प्रतिवादीबाट पेश दाखिल भएको चेक समेतको कागज पाटन जिल्ला अदालतबाट सुनाउँदा जालसाजी हो भन्ने वादीको वा.इश्वरमानको र सद्दे हो भन्ने प्रतिवादीको वा.विजयराजको बयान । ६. जालसाजी तर्फ शुरु कारवाई किनारा गर्न शुरुमा पठाई दिने समेत पाटन जि.अ.बाट आदेश भई मिसिल शुरुमा पठाएकोमा जालसाजी भन्ने कुराको वादीले प्रमाण पेश गर्न नसकेकाले झुठ्ठा उजुर ठहर्छ भन्ने समेत ल.पु.जि.अ. ले फैसला गरेको । सो उपर चित्त बुझेन भन्ने वादीको अपील । ७. वादीलाई ३०००। रुपैंया गईसकेको छ । सो भर्ना मिलाउन जिकिर लिई बैंकको चेक दाखिल गरेको तर्फ प्र.महेन्द्रविक्रमको रीतपूर्वकको दावी बेगर सो रु.३०००। को चेक अर्धकट्टी सद्दे किर्तेमा चलाउन नपर्ने चलाएको बेमुनासिव हुँदा खारेज गर्ने रु.२०००। को वामर लरी कम्पनिको क्यास विल जालसाजी हो भन्ने वादी बयानलाई प्रतिवादीले कम्पनिमा रुपैंया दाखिल गर्नु स्वाभाविकै देखियो । त्यस्तो विललाई जालसाजी गरेको सबुद वादीले दिन नसकेकोले विल रीतपूर्वककै देखिएको । सिमेन्ट किन्न २ हजार दिएको । सो कागज होइन भन्न नसकी गरी दिएमा सावितै हुनु भएको । बैना वापत लिए पछि दिनु नपर्ने भन्ने सबुद पेश हुन आएकोले समेत रु.२ हजार प्रतिवादीले वादीलाई तिर्नु बुझ