निर्णय नं. ३१९६ - परमादेश वा अन्य जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३१९६ - परमादेश वा अन्य जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २९ साल: २०४४ महिना: पौस अंक: ९ फैसला मिति :२०४४/०९/०७ २५६३ निर्णय नं. ३१९६ ने.का.प. २०४४ अङ्क ९ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह सम्वत् २०४४ सालको रिट.पूर्ण इजलास नम्बर ६० विषय : परमादेश वा अन्य जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । निवेदक : जिल्ला कैलाली श्रीपुर गाउँ पञ्चायत वडा नं. ६ बस्ने टेकराज पन्त । विरुद्ध विपक्षी : सञ्चालक समिति, टिम्बर कर्पोरेशन बबरमहल । महा-प्रबन्धक,टिम्बर कर्पोरेशन । कर्माचारी प्रशासन,टिम्बर कर्पोरेशन । आदेश भएको मिति: २०४४।९।७ मा जुन ऐन बमोजिम स्थापित संस्था हो, सो संस्थाको हक अधिकार र दायित्वको सन्दर्भमा अन्यथा व्यवस्था भएमा बाहेक सोही ऐन लागू हुने । (प्रकरण नं. १०) कम्पनी ऐन, ०२१ को दफा १३७(ख) मा भएको व्यवस्था हेर्दा सो दफाको शीर्षकमा सरकारी कम्पनीले श्री ५ को सरकारको आदेश तथा निर्देशनको पालना गर्नुपर्ने भन्ने उल्लेख गरी उक्त दफामा प्रत्येक सरकारी कम्पनीले सम्बन्धित विभागले दिएको आदेश तथा निर्देशनको पालन गर्नु पर्छ भन्ने उल्लेख भएको देखिन्छ, प्रस्तुत विवादमा विपक्षी दि टिम्बर कर्पोरेशन लि.को नाममा उक्त व्यवस्था अनुसारको निर्देशन दिएको नदेखिँदा विवादित निर्णय पालन गर्न विपक्षी दि टिम्बर कर्पोरेशन लिमिटेड बाध्य छ भनी मान्न नमिल्ने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने विपक्षी तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद पन्त उल्लेखित मुद्दाःX आदेश प्र.न्या.धनेन्द्र बहादुर सिंह: रुलिङ बाझिएको भनी संयुक्त इजलासबाट निर्णय भई सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(ख) बमोजिम निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. म निवेदक सेती महाकाली धान चामल निर्यात कम्पनी लि.(श्री ५ को सरकारको पूर्ण स्वामित्व) मा ०३२ सालमा नियुक्ति भई काम गरी रहेकोमा सेती महाकाली धान चामल कम्पनी लिक्वीडेशनमा जाने भएकोले सो संस्थानमा रहेको कर्मचारी श्री ५ को सरकारले अरु संस्थानमा सरुवा गरी लैजाने नीति भएको र सोही अनुसार श्री ५ को सरकार मन्त्री स्तरीय निर्णय २०४०।३।१७ मा भएको र सोही बमोजिम अर्थमन्त्रालय संस्थान समन्वय महाशाखाको च.नं.११५ को मिति २०४०।३।२० को पत्र खा.नि.नी तथा स.स.अ.को प्र.सं.प्रा.सं. १।०३९।०४०,५५३ मिति २०४०।३।२९ को पत्रको आधारमा सेती महाकाली धान चामल निर्यात कम्पनीले च.नं.१६०।०४२।०४३ मिति २०४२।९।२३ को पत्रबाट रमाना दिई विपक्षी टिम्बर कर्पोरेशनमा हाजिर हुन जानु होला भनी एकपत्र दिएको थियो सो पत्रको बोधार्थ म निवेदक र श्री ५ को सरकारलाई दिई विपक्षीलाई समेत श्री ५ को सरकारको निर्णय अनुसार गर्नु होला भनी पत्रद्वारा जानकारी गराइएको छ । ३. यसरी म निवेदकलाई श्री ५ को सरकारको निर्णय बमोजिम विपक्षी टिम्बर कर्पोरेशनमा सरुवा गरिए बमोजिम विपक्षी कार्यालयमा हाजिर हुन जाँदा भोली आज भोली भन्दै करीब एक महिना बितिसक्दा पनि विपक्षी कार्यालयले मलाई हाजिर गराएको छैन । हाजिर गराउने पत्र समेत विपक्षी कार्यालयमा दर्ता भइसकेको र हाजिर हुन पाउँ भनी निवेदन लिएर जाँदा निवेदन समेत दर्ता गर्न इन्कार गरेकोले जागिरको तलबबाट नै जहान परिवार पाल्नु पर्ने र म जस्तो निम्न स्तरको