निर्णय नं. २७६६ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २७६६ - उत्प्रेषण भाग: २८ साल: २०४३ महिना: असोज अंक: ६ फैसला मिति :२०४३/०५/०८ २३४५ निर्णय नं. २७६६ ने.का.प. २०४३ अङ्क - ६ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४२ सालको रिट नं. १९९५ आदेश भएको मिति : २०४३।५।८।१ मा निवेदक : ल.पु.न.पं.वार्ड नं. ३ झँसीखेल बस्ने कृष्ण श्रेष्ठ विरुद्ध विपक्षी : भूमिसुधार कार्यालय, ललितपुरसमेत विषय : उत्प्रेषण (१) नापीमा नाम मोहीमा लेखाएको कारणबाट मोही कायम हुने र मौकैमा उजूर गर्नुपर्ने भन्ने तर्क उचित देखिँदैन । (प्रकरण नं. ८) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल विपक्षीतर्फबाट : विद्वान का.मु.सहन्यायाधिवक्ता श्री श्यामबहादुर प्रधान विद्वान वरिष्ठ अधिवक्ता श्री रामचन्द्र श्रेष्ठ आदेश न्या.हरिहरलाल राजभण्डारी : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश पुर्जी जारी गरिपाउँ भनी रिट निवेदन मिति ०४२।९।२४।४ मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथा तथ्य जिकिर यसप्रकार छन् : म निवेदकले श्रीधर शमशेर ज.ब.रा. का नाममा दर्ता भएको ल.पु.जि.ल.पु.न.पं.वार्ड नं. ३(क) अन्तर्गतको कि.नं.१५३ को १–२–० जग्गा भूमिसम्बन्धी ऐन, २०२१ लागू हुनुभन्दा अगाडि देखि नै मोहीको हैसियतबाट जोत कमोद गर्दै आएकोमा ०२२ सालमा उक्त जग्गाको नाप नक्शा हुँदा ल.पु.न.पं.वार्ड नं. ३(क) को कि.नं.१५३ को १–२–० क्षेत्रफल कायम भई जग्गाधनी शिवप्रसाद श्रेष्ठ र मोहीको महलमा मेरो नाम उल्लेख भएको छ । म निवेदक भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(१) बमोजिमको मोही हुँ भन्ने कुरा निर्विवाद छ । निवेदकले उपर्युक्त जग्गा आफ्नो र परिवारको श्रमबाट खनजोत गरी बाली लगाई मोहीको हैसियतले अद्यापि नियमानुसार जग्गाधनीलाई बुझाउनु पर्ने कूत बाली समेत बुझाउँदै आएको छु । उक्त मैले मोहियानीमा कमाएको जग्गा समेत प्रत्यर्थी नं.२ ले २०२१ सालमा श्रीधर शमशेर ज.ब.रा.बाट घरसारको लिखतबाट हालै देखिको बकसपत्र लिनु भएको हुँदा तत्पश्चात निजलाई नै उपयुक्त कित्ता जग्गा कूत बाली बुझाउँदै आएको छु । प्रत्यर्थी नं.२ ले बदनियत चिताई प्रत्यर्थी नं. १ को कार्यालय समक्ष म निवेदकले मोहीको हैसियतबाट जोत कमोद गरी रहेको उपर्युक्त कि.नं. १५३ को १–२–० जग्गा समेतलाई प्रत्यर्थी नं. १ को कार्यालय समक्ष ०२१ सालमा उक्त जग्गा समेत मैले श्रीधर शमशेर ज.ब.रा. बाट रिज बापत हालै देखिको बकसपत्र प्राप्त गरी लिंदा तिमीले घर बनाई बसेको जग्गा बकसपत्र दिएको छ भन्ने व्यहोरा उल्लेख छ । उक्त जग्गाको कित्ताहरुमा मोहीको नाम लेखिएको भए तापनि ०२३ सालको घरसारको लिखत बदर मोही हक छोडपत्र गरी दिएमा र घर कम्पाउण्डको जग्गा समेत हुँदा जोत संशोधन गरिपाउँ भन्ने समेत व्यहोराको उजूर दिनु भएकोमा निवेदकलाई म्याद प्रेषित गरिँदा वारिस मार्फत भू.सं.ऐन, ०२१ को दफा २५(१) ले विनिश्चित गरेको प्रकृया बमोजिम उक्त जग्गामा मोही हक प्राप्त गरी अद्यापी जोतकोड गरी प्रत्यर्थी नं. २ लाई कूत बुझाउँदै आएको छु विधिवत रुपबाट मोही हक विस्थापित नभएको हुँदा जोत संशोधन हुने होइन भन्ने समेत व्यहोराको बयान गरेकोमा प्रत्यर्थी नं.२ को कार्यालयबाट मिति ०४१।१२।१४ गते जोत संशोधन गरिने निर्णय गरियो । ३. ल.पु.जि.ल.पु.न.पं.वार्ड नं. ३(क) कि.नं. १५३ को १–२–० जग्गाको साविक जग्गाधनी श्रीधर शमशेर ज.ब.रा. हुनुहुन्थ्यो । उहाँको पालादेखि नै मोहीको हैसियतबाट म निवेदकले जोत कमोद गर्दै आएको हुँदा भू.सं. ऐन, ०२१ ल