निर्णय नं. ३१९७ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३१९७ - उत्प्रेषण भाग: २९ साल: २०४४ महिना: पौस अंक: ९ फैसला मिति :२०४४/०८/०१ २२७४ निर्णय नं. ३१९७ ने.का.प. २०४४ अङ्क ९ पूर्ण इजलास माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह सम्वत् २०४३ सालको रि.फु.नं. ५८ विषय : उत्प्रेषण । निवेदक :वैदेशिक हुलाक भन्सार कार्यालयको ना.सु.पदबाट गैरकानुनी रुपबाट बर्खास्त गरिएको काठमाडौं जिल्ला मच्छे गाउँ पञ्चायत वडा नं. १ बस्ने किरण हरि विष्ट । विरुद्ध विपक्षी : त्रिभुवन विमान स्थल भन्सार कार्यालयको पत्रबाट श्री ५ को सरकार, विशेष प्रहरी विभाग, सिंहदरबार, काठमाडौं । भंसार विभाग,प्रशासन शाखा,त्रिपुरेश्वर । आदेश भएको मिति: २०४४।८।१।३ मा दफामा रहेको यस प्रसंगमा बेग्लै विभागीय कारवाही गरिरहनु पर्ने छैन भन्ने व्यवस्थाबाट भ्रष्टाचार निवारण ऐन, २०१७ को परिच्छेद २ अन्तर्गत सजायँ हुने कसूरको अभियोग लागेको निजामती कर्मचारीको सन्दर्भमा विभागीय कारवाही गर्दा निजामती सेवा नियमावली, २०२१ को नियम १०.९ तथा १०.१० को कार्यविधि बेग्लै कारवाही अनुशरण गरेर मात्र गर्नुपर्ने भन्ने तर्क कानुनसंगत नदेखिने । (प्रकरण नं. १२) विभागीय कारवाही समाप्त भइसकेपछि मात्र अदालतमा मुद्दा दायर गर्न सक्ने तर विभागीय कारवाही गर्नको लागि अदालतमा मुद्दा चलाउनु पर्ने कुनै बाध्यता ऐनले गरेको नदेखिने। (प्रकरण नं. १३) वारदातको समय ३ बजे निवेदक निमित्तको रुपमा नरहेको भन्ने निवेदकको जिकिर छ सो सन्दर्भमा हेर्दा अनियमित तरिकाले छुटाई लगेका बाकसहरू ३ बजे पक्राउ परेको भन्ने सम्म मिसिलबाट देखिएको, सो बाकसहरू सो भन्दा अगावै छोडिएको भन्ने देखिनुका साथै निवेदक सोही वैदेशिक हुलाक भन्सार कार्यालयको जाँचकी समेत देखिन आएकोले सो कार्यमा संलग्न नरहेको भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १४) अनियमित किसिमले भन्सार महसूल नलिई छोडिएका बाकसहरू मध्ये केही बाकस पक्राउ परेको मिसिलबाट देखिएको समेतबाट उचित र पर्याप्त कारण नभई सजायँ गरियो भन्ने निवेदन जिकिर मिल्दो नदेखिने । (प्रकरण नं. १५) निवेदक तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण प्रसाद अर्याल विपक्षी तर्फबाट : विद्वान सह-न्यायाधिवक्ता श्री जीत बहादुर कार्की तथा विद्वान सह-न्यायाधिवक्ता श्री खगेन्द्र बस्न्यात उल्लेखित मुद्दाःX आदेश न्या.सुरेन्द्र प्रसाद सिंहः यस अदालत डिभिजन बेञ्चबाट मिति २०४२।३।२७।५ मा भएको निर्णय दोहोर्‍याई पाउँ भनी निवेदकले श्री ५ महाराजाधिराजका जुनाफमा विन्तिपत्र चढाउनु भएकोमा “यो विन्तिपत्र जाहेर हुँदा यसमा व्यहोरा साँचो भए त्यस अदालतको डिभिजन बेञ्चबाट आदेश भएको विन्तिपत्रमा लेखिएको उत्प्रेषण मुद्दाको मिसिल झिकी फुल बेञ्जबाट दोहोर्‍याई कानुन बमोजिम निर्णय गर्नु” भनी मौसूफका विशेष जाहेरी विभाग मार्फत बक्स भइआएको प्रमाड्डी बमोजिम यस अदालतको फुल बेञ्जको लगतमा दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ : २. म निवेदक मिति २०२४।९।२४ मा लाइभष्टक ईम्प्रुभमेण्ट सेक्सनमा खरीदार पदमा बहाल रही मिति २०३२।१।९ मा ना.सु.पदमा बढुवा भएँ मिति २०३८।५।१० मा वैदेशिक हुलाक भन्सार कार्यालयम सरुवा गरियो । मिति २०३८।९।१२ मा नियमानुसार जाँच नगरी महसूल नलिई पार्सलहरू शिवहरी सुवेदीलाई रु. ३,०००।– थान घडीहरूको व्याट्री छोडी भ्रष्टाचार गरेको आरोप लगाई थुनामा राखी मिति २०३८।११।२२ मा सस्पेन्डमा राख्ने निर्णय गरियो