निर्णय नं. २७६७ - हर्जना दिलाई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २७६७ - हर्जना दिलाई पाउँ भाग: २८ साल: २०४३ महिना: असोज अंक: ६ फैसला मिति :२०४३/०५/०१ ३६६९ निर्णय नं. २७६७ ने.का.प. २०४३ अङ्क - ६ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४१ सालको दे.पु.नं. ६५४ फैसला भएको मिति २०४३।५।१।१ मा पुनरावेदक/प्रतिवादी : श्री मनकामना कन्स्ट्रक्सन कं.राजविराजका प्रोप्राइटर शान्तीदेवी शाह विरुद्ध विपक्षी/वादी : विराटनगर नगर पञ्चायतका तत्कालीन कार्यबाहक प्रधान पं.किसनलाल यादव मुद्दा : हर्जना दिलाई पाउँ (१) पुनरावेदकको म्याद थप पाउँ भनी दिएको निवेदनबाट कारवाही भई म्याद थप नगरी ठेक्का तोड्ने निर्णय गरेपछि सोही मितिबाट पुनरावेदक उपर उजूर गर्नु परेको कारण परेको मान्नु पर्ने । (प्रकरण नं. ९) (२) क्षेतिपूर्ति भराउँदा इस्टीमेटको लगतमा ठेक्का कबूल गरेको रकमसंग भिडाई समानुपातिक रुपमा थप बनाउन लाग्ने खर्चको हिसाब गरी सोही ठेक्का सम्बन्धी धरौटी र रनिंग बिलको भुक्तानी पाउनुपर्ने रकमको हिसाव मिलाई बाँकी मात्र भराउने । (प्रकरण नं. ९) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री नारायणराज खरेल विपक्षी/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्ज विहारीप्रसाद सिंह फैसला न्या.हिरण्येश्वरमान प्रधान : प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यसप्रकार छ । २. विराटनगर न.पं.वार्ड नं. १२ मा भवन निर्माण गर्न मिति २०३५।४।२२ को निर्णयले विपक्षीको ठेक्का सदर भएको र २०३५।५।१ का दिन दफा १ देखि ३१ सम्मको शर्त करार कागज गरिदिनु भएको र रु.१२८५१९।४९ को मात्र शर्त अनुसार माग शर्त अनुसार जमीनसम्म ईंटा जडान सम्मको काम गरेको सर्त अनुसारको काम पुरा नगरी ठेक्का सम्पन्न नगरीकन छाडी दफा १६ को करारको ०३६ साल आषाढ ३० गतेसम्म ठेक्का सम्पन्न नगरी शर्त उल्लंघन गरेकाले विपक्षीको ठेक्का बदर गरी सूचना दिएको, स्वीकृति ठेक्का कबूलियत अंक ८०३२७६।४९ र विपक्षीले भुक्तान लिएको रु.१२८५१९।४९ घटाउँदा विपक्षीले बाँकी कामको मोल विपक्षी ठेकेदारको स्वीकृत रेट अनुसार रु.६७४७५७।२५ वर्तमान रेटले संशोधित अंक रु.१०४९६१७।१७ मा घटाउँदा विपक्षीको कबूलियतको रकम भन्दा रु.३७४९४८।९२ बढी खर्चको बाँकी भवन निर्माण कार्यमा लाग्ने विपक्षी ठेकदारको यस पञ्चायतलाई क्षति पुर्याई अन्यायमा पारी करार सम्बन्धी ऐनको २०२३ को दफा १५ बमोजिम ऐ.ऐनको दफा १८ को उपदफा २ को देहाय (ग) मुताबिक करार तोडिएको मिति ०३७।६।२७ को ३ महीनाभित्र फिराद गरेको छु । निजको धरौटी रकम रु.६२०१२।२० जफत गरी सदर स्याहा भएको र ३१२८३७।६२ विपक्षी कन्स्ट्रक्सन कं.को प्रोप्राइटर शान्तीदेवी शाहबाट हर्जना दिलाई विपक्षीलाई कानुन बमोजिम सजायँ गरिपाउँ भन्ने समेत फिराद दावी । ३. वादीले १५ महीना पछि गरेको फिराद हदम्याद नघाई दायर भएको छ । ०३६।६।३० सम्ममा फिराद दायर गर्न नसकेको ०३७।९।२६ मा मिति ०३७।६।२७ गते ठेक्का तोडेको मितिलाई करार पुरा नगरेको अवधि कायम गरी नालिश गरेको करार ऐन, ०२३ को दफा १३ को उपदफा (१) को विपरीत भएकोले वादीको फिराद दावी खारेज हुने हुँदा खारेज गरिपाउँ साथै मैले करार बमोजिमको काम गरी सकेको हुँदा वादी दावी अनुसार मैले हर्जना बुझाउनु पर्ने होइन अतः वादी दावीबाट अलग गराई पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र । ४. प्रतिवादीले सम्झौता अनुसार तोकिएको अवधिभित्र काम समाप्त गर्न नसक्ने काम देखाई म्याद थप समेत नलिई काम पुरा गर्न सकेको देखिएन वादीले काममा बाधा गरेको वा काम गर्ने अ