निर्णय नं. ८८६९ - अंश चलन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८८६९ - अंश चलन भाग: ५४ साल: २०६९ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६९/०४/११ ४९९४ ने.का.प. २०६९, अङ्क ८ निर्णय नं. ८८६९ सर्वोच्च अदालत, पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री प्रकाश वस्ती माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय मुद्दा नं. २०६८–DF–०००५ फैसला मितिः २०६९।४।११।५ मुद्दा :– अंश चलन । पुनरावेदक वादीः काठमाडौं जिल्ला, साङ्गला गा.वि.स. वडा नं. ९ घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं. २९, सामाखुशी वस्ने चिरागमान सिँह कुँवर विरुद्ध प्रत्यर्थी प्रतिवादीः काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं. २९ घर भई हाल ऐ.ऐ. वडा नं. १६, बालाजु वस्ने ज्ञानु कुँवर शुरु फैसला गर्नेः मा.न्या.श्री रामकृष्ण खनाल पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री हरिवंश त्रिपाठी मा.न्या.श्री मीरा खड्का संयुक्त इजलासमा रायवाझी :– मा.न्या.श्री रामकुमार प्रसाद शाह मा.न्या.श्री ज्ञानेन्द्रबहादुर कार्की § वकसपत्रको लिखतमा दाताले उल्लेख गरेको व्यहोरालाई अन्यथा प्रमाणित नभएसम्म स्वाभाविक हो भन्ने कुरा अदालतले अनुमान गर्नुपर्ने । (प्रकरण नं.५) § अंशबण्डाको १८ नं. मा उल्लिखित “कसैबाट” भन्ने शब्दले नजिकको हकदार, इष्टमित्र वा माइती मावलीपट्टिका व्यक्तिलाई मात्र सीमित नगरी उल्लिखित व्यक्ति वाहेक जोसुकै व्यक्तिलाई पनि जनाउने देखिन्छ । यसरी अंशबण्डाको १८ नं. मा उल्लिखित “कसैबाट” भन्ने शब्दले जो कोही समेत सम्झन मिल्ने हुँदा उक्त १८ नं. मा भएको व्यवस्थालाई संकुचित व्याख्या गर्नु न्यायोचित् नदेखिने । (प्रकरण नं.६) § लिखतको व्यहोराबाटै लिखतबमोजिम पाउने व्यक्तिले निजी तवरबाट प्राप्त गरेको भन्ने देखिन आएको अवस्थामा अन्यथा प्रमाणित नभएसम्म सो व्यहोरालाई असत्य मानी थैली हालेर नै खरीद गरेको भनी अनुमान गर्नु कानूनसंगत एवं न्यायोचित् नदेखिने । (प्रकरण नं.७) पुनरावेदकका तर्फबाटः विद्वान अधिवक्ताहरू जयनारायण पौडेल, सरीता शर्मा, राजेश्वर अधिकारी र वोर्णबहादुर कार्की विपक्षीको तर्फबाटः विद्वान अधिवक्ता विश्वप्रकाश सिग्देल अवलम्बित नजीरः सम्बद्ध कानूनः § प्रमाण ऐन २०३१ को दफा २८ § मुलुकी ऐन अंशबण्डाको १८ नं. § स्त्री अंशधनको महलको ५ नं. फैसला प्र.न्या.खिलराज रेग्मीः यस अदालतको संयुक्त इजलासवाट मिति २०६८।३।२९ मा रायवाझी फैसला भई सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३(१) बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छ :– ज्ञानु कुँवरसँग आज भन्दा २५, २६ वर्ष अगाडि विवाह भई हामीबाट १ छोरा अनुराग कुँवरको जन्म भै निजलाई अध्ययनको सिलसिलामा विदेश सिँगापुर पठाएको, यसरी घर व्यवहार गरी आएकोमा विपक्षी श्रीमतीका नाउँमा घर जग्गा भएकोमा मसँग रिसाई घर छोडी माईतीमा गएकाले आफ्नो अंश समेत हरण हुन गएकाले यो अंश मुद्दा गर्न बाध्य भै प्रस्तुत नालेस गर्न आएको छु । सम्पूर्ण सम्पत्तिलाई ३ भाग लगाई ३ भागको १ भाग अंशपाऊँ भन्ने मिति २०६३।५।२८ को चीरागमान कुँवरको फिराद दावी । मेरो नाउँमा रहेको कि.नं. ३५६ र ३५७ को घर जग्गा मेरो एकलौटी हक भोगको हो । सो जग्गाहरू मैले कसैबाट बकस पाएकाले अरुको अंश हक नलाग्ने सम्पत्ति भएकाले हाम्रो छोरा अनुराग कुँवरलाई शेषपछि बकसपत्र गरी दिएको छु अंश दिन पर्ने होइन भन्ने समेत व्यहोराको ज्ञानु कुँवरको प्रतिउत्तर पत्र । यसमा वादी प्रतिवादीबीच नातामा विवाद नदेखिएको र एक आपसमा अंशबापत चल अचल सम्पत्ति लिए दिएको नदेखिँदा अ