निर्णय नं. २७८ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २७८ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने भाग: ८ साल: २०२२ महिना: बैशाख अंक: १ फैसला मिति :२०२१/०२/०३ २००९ निर्णय नं.२७८ ने.का.प.२०२२ डिभिजन बेञ्च न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री स.इश्वरीराज मिश्र सम्वत् २०१६ सालको रीट नम्बर २/३ निवेदक : ना.सु.सेरबहादुर बासुकला, काठमाडौं बटुटोल विरुद्ध विपक्षी : इन्क्वायरी अफिसर मार्फत श्री सचिव, वनमन्त्रालय १ वि.पु.वि. का का.मु.चिफ स्पेशल पुलिस अफिस, टेकमाझी १ वि.पु.वि.श्री ५ को सरकार वन मन्त्रालय १ श्री रामबहादुर थापा चीफ कञ्जर भेटर अफिस १ श्री राजबहादुर ऐ ऐ बिषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने (१) विभागीय प्रमुखको अधिकार श्री ५ को सरकारमा निहित भएकोमा तलबाटै टिप्पणि उठी मन्त्री स्तरसम्म पुगी सस्पेण्ड गरिएकोमा अनाधिकार गरेको भनी उत्प्रेषणको रीट जारी गर्न नमिल्ने । ०२१।३।२९।३ को आदेश बमोजिम विपक्षी वन कृषि मन्त्रालयले पठाएको जवाफ समेतबाट ०१६।७।२।१ देखि चीफ कञ्जर भेटर तथा कञ्जर भेटरको दरबन्दी कायम भएको र चीफ कञ्जर भेटर ०१६।११।३ मा र कञ्जर भेटर ०१७।१।१३ मा विभागीय प्रमुख भएको गजेटमा प्रकाशित सूचनाबाट देखिएकोले निवेदक उपर विभागीय कारावई गरी सस्पेण्ड गरेको बखत सो गर्ने विभागीय प्रमुखको अधिकार श्री ५ को सरकारमा निहित भएको र निवेदकलाई तलबाट टिप्पणीं उठ्दै गई मन्त्रीस्तरसम्म पुगी सस्पेण्ड गरेको देखिएकोले समेत निवदेकको माग बमोजिम उत्प्रेषणको रीट जारी गर्न नमिल्ने हुँदा यो रीटको निवेदनपत्र खारेज हुने ठहर्छ । (प्रकरण नं.१२) निवेदक तर्फबाट : एडभोडकेट गजेन्द्रबहादुर प्रधानाङ्ग, प्लिडर ठाकुरप्रसाद खरेल विपक्ष तर्फबाट : गभर्नमेन्ट सिनियर एडभोकेट रमानन्दप्रसाद सिंह आदेश १. दाजु ज्ञानबहादुर र मेरो नाउँमा काठ कटानी अड्डामा महाने दर्ता भएको । दाजु मरेकोले म पाउँ भन्ने ज्ञानलालको दरखास्त परेको र उक्त महाने खालिमा पाउँ भन्ने गणेशबहादुर, बासुकलाको निवेदन परेकोमा व्यहोरा साँचो रहेछ भने मिलाई दिनु भन्ने का.मु.सेक्रेटरीज्यूको आदेश भएको । सर्कलबाट ज्ञानलाललाई दिनु पर्ने भनी जोहर गरेकोमा हकवालालाई दिनुपर्छ भन्ने ऐन नभएको । अघी यस्तै खालीमा अष्टमानले पाएको हुनाले सेक्रेटरीज्यूका आदेश बमोजिम गणेशबहादुरलाई महाने दिन मुनासिव देखि निवेदकले टिप्पणीं पेश गरेकोमा सर्कल अफिसर मोहनविक्रम थापाले सदर गर्नु भएको थियो । ०९ सालमा अर्कै महाने खालिमा हकदारले तपाँई अष्टमानले पाएको उजुर परी अपीलबाट सदर भएको र अदलको ४८ नं. मा महाने उल्लेख भएबाट समेत महाने सिपाही सरह देखिन आउँछ । भ्र नि. ऐन, ०९ को दफा ९, १० बमोजिम कारवाही गराउन रिपोर्ट गरेको वि.पु.वि.बाट गृहमा फिर्ता आएछ र विभागीय कारवाही निमित्त विभागमै फिर्ता गएछ । विभागबाट श्री ५ को सरकारको निर्णय बमोजिम भनी मलाई १० कुराको आरोप लगाइयो । ०१३ सालमा भए गरेको काममा ०१५ सालमा लागू भएकोले भ्र.नि.नि.म.लाग्न नसक्ने । नन्गजेटेट मलाई अख्तियारवालाले कारवाही गर्न पाउने र त्यस उपर सरकारमा अपील गर्न पाउनेमा अख्तियार बिना कारवाई चलाई अपील गर्ने तह समेत काटी दिएको समेत हुनाले गैरकानूनी ढंगले गोप्य पूर्वक गरेको इन्क्वायरी रिपोर्ट बदर गर्न सो रिपोर्टको आधार लिई श्री ५ को सरकारद्वारा भएको श्री ५ को सरकारको सम्पूर्ण कारवाई बदर गर्न, चिफ कन्जर भेटर अफिसबाट ०१६।१०।३ मा गैरकानूनीसँगले लेखि पठाएको पत्रको साथ नथ्थी भएको अरुण सर्कलका नाउको सूचनापत्र अनुसार सो सर्कलले मलाई सस्पेण्ड पत्र दिइ नसकेकोले सो म उपर लागू हुन