निर्णय नं. २७६८ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २७६८ - उत्प्रेषण भाग: २८ साल: २०४३ महिना: असोज अंक: ६ फैसला मिति :२०४३/०५/०१ २२९६ निर्णय नं. २७६८ ने.का.प. २०४३ अङ्क - ६ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४१ सालको रि.न. १८६१ आदेश भएको मिति : २०४३।५।१।१ मा निवेदक : लु.अं.पाल्पा जि.साविक तहल कोट गा.पं.वडा नं.७ को हाल वाका मलाङ गा.पं.वडा नं.८ बस्ने हिराबहादुर शाही ठकुरी विरुद्ध विपक्षी : प्रमुख जिल्ला अधिकारी जिल्ला कार्यालय, पाल्पासमेत विषय : उत्प्रेषण (१) रजिष्ट्रेशनको ३५ नं. मा कार्यालयमा पेश भएको रेकर्ड अभिलेखबाट नै निर्णय गर्न सकिनेमा मालपोत अधिकृतले निर्णय गर्न पाउने देखिन्छ । तर प्रमाण बुझी सबूद प्रमाणको मूल्यांकन गरी निर्णय गर्नुपर्ने अवस्थामा अधिकार क्षेत्र समाप्त हुने । (प्रकरण नं. ९) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल विद्वान सहन्यायाधिवक्ता श्री बलिरामकुमार आदेश न्या.प्रचण्डराज अनिल : विपक्षी कार्यालयहरूको निर्णय पर्चा तथा फैसला समेत उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनमा लिएका जिकिर तथा तथ्य संक्षिप्तमा निम्न प्रकार छ । २. दर्खास्तवाला वादी हिराबहादुर र विपक्षी प्रतिवादी जङ्गबहादुर भएको मि.नं. १७।२ को हक निखनाई पाउँ भन्ने मुद्दामा मूल बाबु देवीलाल परलोक भएको र आमा धनकुमारी १ छोरा मात्र हिराबहादुर १, खिमबहादुर १, जङ्गबहादुर १, खड्कबहादुर १ समेत जम्मा ५ अंशियार भएकोमा जङ्गबहादुर र खिमबहादुर भिन्न भएकोमा सगोल बस्ने भाइ खड्गबहादुरले भिन्न बसेका भाइ जङ्गबहादुरलाई मेरो समेत अंशको पैतृक सम्पत्ति सहलकोट गा.पं.वडा नं.८ कि.नं. ४०३ र ऐ.वडा नं.७ कि.नं. ३२१ र ३९८ मध्ये र कि.नं. ३९६ पुरै मिति २०३९।१०।४ मा र कि.नं. ८२१ मध्ये मिति २०३०।१०।११ मा रु.२५००।– मा राजीनामा गरेकोले निखनाई पाउँ भन्ने मुख्य वादी भएकोमा एकासगोलका भाइले बिक्री गरेकोमा लिखित भएका मितिले ३५ दिनभित्र उजूर हुनुपर्ने सो म्यादभित्र उजूर नभएमा किनबेचको पक्का ठहर्छ भन्ने व्यवस्थानुसार सोही लिखत हक निखनी पाउँ भनी खड्गबहादुरतर्फकी आमा धनकुमारीले पनि उजूर दर्खास्त दिएकीमा निज वादी हिराबहादुर भन्दा धनकुमारी नजिकको हकदार हुँदा धनकुमारीले दिएको उजूरीमा २ भागको एक भाग बदर हुने गरी पाल्पा जिल्ला अदालतबाट मिति ०४०।१०।१० को फैसला भइसकेकोले समेत वादीले निखनी लिन पाउने नदेखिँदा वादीलाई थैली फिर्ता गर्ने भन्ने समेत ठहर गरी मालपोत कार्यालय पाल्पाले मिति २०४१।३।१९ मा गरेको फैसला । वादी धनकुमारी प्रतिवादी जङ्गबहादुर शाही ठकुरी भएको हक सफा मुद्दामा यदि विवादीत जग्गा लेनदेनको थैली र राजीनामामा वादी हिराबहादुरले दिएको उजूरीमा मिति २०४०।९।१० मा २ भागको १ भाग बदर हुने गरी फैसला भई फैसला बाझिन गएकोले जग्गा कुनतर्फ बदर भएको हो अन्तिम निर्णय भएका बखत ठहरे बमोजिम कारवाही हुने र निखन्ने विषयमा एकासगोलमा मानिसले ३५ दिनभित्र उजूर नगरे नपरेकोले निखन्न पाउने नदेखिँदा थैली फिर्ता दिने ठहराई २०४१।३।१९ मा नै मालपोत कार्यालय पाल्पाको पर्चा । ३. माथि उल्लेख भएको हिराबहादुर वादी भएको हक निखनी पाउँ भन्ने मुद्दामा भएको मालको फैसलामा चित्त बुझेन भनी जिल्ला कार्यालयमा वादी हिराबहादुरले दिएको पुनरावेदनमा मालपोत कार्यालयले म्यादभित्रको उजूरी नभएको र सो पारीत लिखितको जग्गा खाने धनकुमारीले हक न