निर्णय नं. ३१९८ - अदालतको अपहेलना गरेकोमा सजायँ गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३१९८ - अदालतको अपहेलना गरेकोमा सजायँ गरिपाउँ भाग: २९ साल: २०४४ महिना: पौस अंक: ९ फैसला मिति :२०४४/०४/२६ २१३० निर्णय नं. ३१९८ ने.का.प. २०४४ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४२ सालको फौ. विविध नं. १०४ मुद्दा : अदालतको अपहेलना गरेकोमा सजायँ गरिपाउँ । निवेदक/प्रत्यर्थी: कृष्ण बहादुरको मु.स.गर्ने जिल्ला वीरेन्द्रनगर नगर पञ्चयात वडा नं.६ बस्ने नवराज भण्डारी । विरुद्ध विपक्षी/लिखित जवाफवाला: ऐ. ऐ. बस्ने चन्द्र बहादुर बस्नेत । फैसला भएको मिति:२०४४।४।२६।३ मा आदेशको सूचना बुझें पश्चात कुनै निर्माण कार्य नगरेको र आदेशको पालना गर्न तयार छु र गर्दैछु भन्ने लिखित जवाफमा उल्लेख भएको देखिन्छ, आदेशबाट प्राप्त निर्माण समितिको प्रतिवेदनमा पनि विवादित स्थलमा जमीन सरह लगाइएको जग्गासम्म पुरेको र सडक पट्टि ३ फुट छाडी २०४१।५।२० सम्म ढुङ्गा थुपारेको र २०४१।६।२८ मा अन्तरिम आदेशको सूचना बोधार्थ बुझें देखि ०४३।६।२२ सम्म कुनै निर्माण कार्य भएको नदेखिएको भन्ने प्रतिवेदनबाट उल्लेख भएको पाइन्छ, यस्तो स्थितिमा सडकतर्फबाट बोधार्थ नबुझेकै समयमा ढुङ्गासम्म थुपारेको कारणबाट अपहेलना भएको भन्न मिल्ने अवस्थाको विद्यमानता नदेखिने । (प्रकरण नं. ८) निवेदक तर्फबाटःX विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली उल्लखित मुद्दाःX फैसला न्या.सुरेन्द्र प्रसाद सिंहः सम्मानीत अदालतबाट रिट नं. २१७१ मा भएको अन्तरिम आदेशलाई नटेरी निर्माण कार्य गरेकोले सर्वोच्च अदालत ऐन, ०१९ को दफा ६(२) को अधीनमा पर्न आएको प्रस्तुत निवेदनमा लिएका जिकिर तथा तथ्य संक्षेपमा निम्न प्रकार छ । २. ०४१ सालको रिट नं. २१७१ मा उल्लिखित विवादित ३ कित्ता जग्गाको जम्मा विगहा ०–६–३ का कृष्ण बहादुर भण्डारीका हकभोगको जग्गा प्रत्यर्थी वीरेन्द्रनगर निर्माण योजना कार्यान्वयन समितिको कार्यालय वीरेन्द्रनगर सुर्खेतले कृष्ण बहादुरको मन्जूरी बेगर कि.नं. १४९ प्रत्यर्थी गंगाप्रसाद सापकोटा कि.नं. १५० मा मोही मोहन सिंह गुरुङ र कि.नं. १५२ प्रत्यर्थी चन्द्र बहादुर बस्नेतलाई छोडपत्र गरी रजिष्ट्रेशन पारीत गरिदिनु भन्ने बारम्बार पठाई जवरजस्ती छोडपत्र रजिष्ट्रेशन पारीत गराउने काम गर्न खोजेको र प्रत्यर्थी मालपोत कार्यालय सुर्खेतले उक्त कित्ताको मालपोत बुझी नलिएको र सम्बन्धित नक्कल समेत नदिएकोले विपक्षी चन्द्र बहादुर बस्नेत समेत उपर रिट निवेदन दिई ०४१ सालको रिट नं. २१७१ मा दर्ता भई सम्मानीत अदालतबाट सम्बन्धित प्रत्यर्थीहरूका नाममा लिखित जवाफ पेश गर्नु भन्ने (सोकज) आदेश भयो । प्रत्यर्थी निर्माण समितिले विवादित कि.नं. १४९ र १५० र १५२ क्रमशः प्रत्यर्थी गंगाप्रसाद, मोहन सिं गुरुङ, चन्द्र बहादुरका नाउँमा दाखेल खारेज गर्नु भनी प्रत्यर्थी माल कार्यालयलाई च.नं.२०४ मिति ०४१।१।१५ मा पत्र पठाइसकेको र प्रत्यर्थी मध्ये चन्द्र बहादुर बस्नेतले कि.नं. १५२ मा घर बनाउने घडेरी खन्ने काम प्रारम्भ गरेकोले विवादित कित्तामा कुनै निर्माण कार्य नगर्नु नगराउनु भनी सम्बन्धित प्रत्यर्थीहरूका नाउँमा अन्तरिम आदेश जारी गरिपाउँ निवेदक नवराजले रिट निवेदन दिएकोमा सम्मानीत अदालतबाट यो रिट निवेदनको टुङ्गो नलागेसम्म सम्बन्धित जग्गा कुनै निर्माण कार्य समेत नगर्नु नगराउनु भन्ने ०४१।६।३ मा प्रत्यर्थीहरूका नाउँमा अन्तरिम आदेश जारी भएको थियो । सो बमोजिम निर्माण समितिले च.नं.४५० मिति ०४१।६।२६ को पत्र