निर्णय नं. २७६९ - अपुताली
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २७६९ - अपुताली भाग: २८ साल: २०४३ महिना: असोज अंक: ६ फैसला मिति :२०४३/०६/०६ २५२३ निर्णय नं. २७६९ ने.का.प. २०४३ अङ्क - ६ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४२ सालको दे.पु.नं. ७१४ फैसला भएको मिति २०४३।६।६ मा निवेदक/प्रतिवादी : कास्की जिल्ला सिंदुजुरे गा.पं.वडा नं.छाचोक बस्ने शिवलाल उपाध्याय विरुद्ध विपक्षी/वादी : ऐ.ऐ.जुठु पाध्यायको मु.स.गर्ने चन्द्रकला ऐ.ऐ. मुद्दा : अपुताली (१) २०११ सालमा शंकर मरेको ठोस आधार प्रमाण बेगर जुठु उपाध्यायको स्पष्ट र सकारात्मक स्वीकारोक्तीको अभावमा ०११ सालमा शंकर मरेको भनी हदम्याद नाघेको भन्न नमिल्ने । (प्रकरण नं. १९) (२) शंकरको नजिकको हकदार सिवलाल कायम हुने ठोस आधार प्रमाण देखिन नआएकोले शंकरको नजिकको हकदार जुठु उपाध्यायलाई कायम गरी अपुताली पाउने ठहर्याई शुरुले गरेको इन्साफलाई सदर गरी पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसलामा कुनै त्रुटि देखिन नआएकोले कुनै परिवर्तन गरिरहनु परेन । (प्रकरण नं. १९) निवेदक/पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठ विपक्षी/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी फैसला न्या.रुद्रबहादुर सिंह : पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसलामा पुनरावेदनको अनुमति प्राप्त गरी आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छन्:– मूल पुरुष वीरेन्चीका छोरा त्रिलोचन १, हिरानन्द १ समेत दुइमा त्रिलोचनको छोरा जागेश्वर निजका छोरा म फिरादी, हिरानन्दका छोरा रत्नाखर निजका छोरा शंकर हुन् निज शंकर ३८ को उमेरमा (१९६९) सालमा विदेशतर्फ गएको मरे जिएको पत्ता नलागेको एकाघरमा जहान कोही नहुँदा विधवा दिदी सन्तुको जिम्मा दिई गएको निजले कोशिलालाई दिएकोमा मेरो उजूर पर्दा कोशिलाको छोरी बसुन्धरी जिम्मा रहने ठहराई स.अ.बाट ०१५ सालमा फैसला भएकोमा निजले शिवलाललाई जिम्मा दिई पास गराएछन् र सो जिम्मा दिएको जालसाजी तायदाती बदर गरिपाउँ भनी नजिकको हकदार भएको हुँदा नालेश गरेको र शिवलाल भन्दा जुठु नजिकको हकदार देखिँदा बसुन्धरी शिवलालले जालसाजबाट जिम्मावारी लिनु दिनु गरेको ठहर्छ भन्ने इलाका अदालत पोखराको फैसला । शिवलाल भन्दा नजिकको जुठु देखिएकोले शंकर आएमा बुझाउने गरी बसुन्धरीले समाल्न नसकेमा नजिककोलाई जिम्मा नदिई शिवलाललाई दिएको व्यवहार जालसाजी ठहराई छिनेको इन्साफ मनासिब छ भन्ने ग.अं.अ.को फैसला । उक्त फैसला । मनासिब छ भन्ने स.अ.को ०२५।८।११ को फैसला विपक्षको निवेदकले दोहोरिँदा विदेश जानेको सम्पत्ति जाँदाको उमेर परदेश गएपछिको वर्ष जोडी १०० वर्ष उमेर पुगेपछि काजक्रिया गर्ने र मेरो जिउधन राखी पाउँ भन्ने दावी पुग्न नसक्ने भन्ने स.अ.फुलबेञ्चको ०२९।६।१७ को फैसलानुसार गा.पं.को अनुमति लिई ०३२।६।७ गतेदेखि ऐ.१९ गते तक निज शंकरको काजक्रिया गरी सकेको नजिकको हकदार म बाहेक कोही नहुँदा र फैसला समेतबाट मेरो हक भएकोले शंकरको अचल अपुताली सम्पत्ति मलाई देउ बुझाउ भन्दा अदालतबाटै चलन चलाई दिने काम जबसम्म गर्दैनौं त्यहाँ सम्म बाली खाँदै गर्छु भनी जवाफ दिएकोले फिराद गर्न उपस्थित भएको छु । शंकरका हकका गहने भन्ने खेतमुरी समेतका पाखा खेत कित्ता १७ अपुतालीबाट मेरो हक दिलाई पाउँ भन्ने समेत वादी । २. अपुतालीको हदम्याद अपुतालीको महलको १० नं. मा तीन वर्ष भित्र नालिश नपरे लाग्न सक्दैन भन्ने कानुनी व्यवस्था छ । हदम्याद कहाँबाट प्राप्त हुने हो भन्ने विषयमा प्रधान न्यायालयको ०१०।८।१