निर्णय नं. ३१९९ - परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३१९९ - परमादेश भाग: २९ साल: २०४४ महिना: पौस अंक: ९ फैसला मिति :२०४४/०५/११ २१४१ निर्णय नं. ३१९९ ने.का.प. २०४४ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा सम्वत् २०४३ सालको रिट नं.२५९३ विषय : परमादेश । निवेदक :जि.पं. सचिवालय शिक्षा शाखा मुस्ताङका माध्यमिक निरिक्षक (रा.प. तृतिय क्षेणी)पदमा कार्यरत जि.सिराहा सिर्लावा पछवारी गा.पं. वडा नं.५ को हाल ल.पु. कुपण्डोल बस्ने योगेन्द्र ठाकुर । विरुद्ध विपक्षी : श्री ५ को सरकार शिक्षा तथा संस्कृति मन्त्रालय केशरमहल । सचिव श्री ५ को सरकार शिक्षा तथा संस्कृती मन्त्रालय केशरमहल । आदेश भएको मिति: २०४४।५।११।५ मा निर्णय नक्कल सारिपाउँ भनी निवेदकले ०४३।३।३ मा नै निवेदन दिएको पनि देखिन्छ । यस्तो स्थितिमा सो निर्णयको नक्कल निवेदकले पाउनु पर्ने देखिँदा उक्त उल्लिखित निवेदकलाई नोकरीबाट हटाउने गरी गरेको ०४३।२।२ को पर्चा निर्णयको नक्कल निवेदकलाई उपलब्ध गराईदिनु भनी विपक्षीका नाउँमा परमादेशको आदेश जारी हुने । (प्रकरण नं. ६) निवेदक तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विपक्षी तर्फबाट : विद्वान सह-न्यायाधिवक्ता श्री प्रेम बहादुर विष्ट उल्लिखित मुद्दा: निर्णय नं. ३५४१ निवेदक दिवाकर दत्त पाण्डे विरुद्ध श्री ५ को सरकार मन्त्री परिषद् सचिवालय भएको रिट निवेदनमा सिद्धान्त प्रतिपादित । आदेश न्या.सुरेन्द्र प्रसाद सिंहः विपक्षीको ०४३।२।२ को निर्णयको नक्कलको बीना दस्तूर नक्कल दिनु भन्ने समेत व्यहोराको परमादेशको आदेश समेत जारी गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनमा लिएका जिकिर तथा तथ्य संक्षेपमा निम्न प्रकार छ । २. निवेदकले नेपाल लोकसेवा आयोगको सिफारिश अनुसार महेन्द्र हाईस्कूल भीमफेदीको राजपत्र अनंकित प्रथम श्रेणीको शिक्षक पदमा ०२७।१२।१६ मा शुरु नियुक्ति पाई विभिन्न स्थल र क्षेत्रमा अविछिन्न काम गर्दै आएको र हाल ०४२।११।२७ देखि जि.का. शिक्षा शाखा मुस्ताड्डको मा.वि.निरीक्षक पदमा रही कामकाज गरिआएको थिएँ । सोही अवधि बीच ०४३ मा भएको राष्ट्रिय पञ्चायत निर्वाचनमा मुस्ताङको सुर्वाङ मतदान केन्द्रको मतदान अधिकृत भई इमान्दारी पूर्वक मतदान कार्य सुचारु रुपले सञ्चान सम्पन्न गराएको थिएँ । नोकरीमा प्रवेश गरेदेखि १६ वर्षको लामो अवधिमा आफ्नो पदको जिम्मेवारी अनुसारको काम पूरा गरिएको सरकारको सेवा गर्दै आएको र यस अवधिमा कुनै शिकायत परेको विभागीय कारवाही भएको थिएन छैन । यस्तो आफ्नो जिम्मेवारीको पालन गर्दै आइरहेकोमा निजामती सेवा ऐन, ०१३ को दफा ६ को उपदफा (१) को खण्ड (ख) बमोजिमको पर्चा खडा गरी श्री ५ को सरकारको मिति ०४३।२।२ को निर्णय अनुसार निजामती सेवा नियमावली, ०२१ को नियम १०(१)(५) बमोजिम भविष्यमा सरकारी नोकरीका निमित्त अयोग्य नठहरिने गरी नोकरीबाट हटाइएको भनी श्री ५ को सरकार शिक्षा तथा संस्कृति मन्त्रालयको च.नं.१०३।०४२।०४३ मिति ०४३।२।२ को पत्र ०४३।२।२६ मा म निवेदकलाई बुझाइएको छ । विभागीय कारवाही एवं सजायँ हुने कुनै कसूर निवेदकले नगरेको र उक्त सूचना पत्रमा निवेदक उपरको आरोपसम्म पनि नखुलाएको कुन कुरा र कारणको आधारमा यस्तो विभागीय सजायँ भएको हो सो थाहा पाउन निर्णय पर्चाको नक्कलको लागि द.नं. २७१९ मिति ०४३।३।३मा श्री सचिवज्यू शिक्षा तथा संस्कृति मन्त्रालय समक्ष निवेदन दिई सम्पर्क राख्न जाँदा हालसम्म पनि नक्कल नदिएबाट गैर कानुनी निर्णय पर्चाको आधारम