निर्णय नं. २८० - दर्ता बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २८० - दर्ता बदर भाग: ८ साल: २०२२ महिना: बैशाख अंक: १ फैसला मिति :२०२१/१२/१० २१४७ निर्णय नं.२८० ने.का.प.२०२२ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री लोकराज जोशी दे.फु.नं.२९४।२८५ निवेदक, प्रतिवादी : का.इ.झोंछे तुसाल बस्ने जगदीशप्रसाद माडवारी १ का.ई.पाको पोखलड्याङ बस्ने मागेलाल माडवारी समेत विरुद्ध विपक्षी वादी : का. ई. भोटाहिटी बस्ने पशुपति मैनाली मुद्दा : दर्ता बदर (१) रजिष्ट्रेशन पास भएको छोडपत्र लिखतका नाताले घर दर्ता गराएको भए म्याद भित्र उक्त छोडपत्र बदर गरी पाउँ भन्ने उजुर नगरी दर्ता बदर गरी पाउँ भनी गरेको उजुरीमा दावी नलाग्ने। मागेलाल समेतबाट आफ्नो अंश वापत जानकी दाशले रु.७०००। नगदी लिई चल अचलको ०७।१२।१०।१ मा घरसारमा र ०७।६।९।३ मा का.पो.रजिष्ट्रेशन मार्फत पास गरी छोडपत्र गरी दिएको । सोही छोडपत्रको नाताले मागेलालले दर्ता गराएको देखिएको र आफ्नो दृष्टिमा असर पर्ने भई मागेलालको दर्ता बदर गराउन परेको भए मागेलालले सो घर दर्ता गराउन पाउने हक पुगेको लिखत उक्त छोडपत्रलाई नै बदर गरी पाउँ भनी म्याद भित्र ऐन बमोजिमको उजुर गरी सो छोडपत्र बदर गराउन सक्नु पर्ने । सो छोडपत्र उपर उजुर गरी बदर गराउन वादीले सकेको नदेखिएकोले सो छोडपत्र कायमै रहेको भएपछि त्यसका नाताबाट भएको दर्ता बदर गरी पाउँ भन्नेसम्मको वादीको दावी लाग्न सक्ने देखिएन । (प्रकरण नं.९) (२) दृष्टि लेखिएको अघिल्लो लिखत रजिष्ट्रेशन पास गर्ने म्याद नाघि पछि अर्को लिखत गराएकोमा, अघिल्लो लिखतले दृष्टि कायम गर्न नमिल्ने । पछिल्लो लिखतलेसम्म दृष्टि कायम हुने । एउटालाई छोडपत्र गरी दिएको घर पछि अर्कोलाई दृष्टि लिखत गरीदिन नपाउने । पछिल्लो तमसुक खडा भएपछि रजिष्ट्रेशन पास गर्ने ऐनको हदम्याद ६ महिना नाघेको, अघिल्लो तमसुकले दृष्टि लेखिएको घर जग्गामा सो हैसियतले दावा पुग्न नसक्ने हुँदा ०७।६।३० देखि दृष्टि कायम सम्झन नमिल्ने भई वादीले दृष्टि लेखाई लिएका पछिल्लो ०८।२६।६ का तमसुकलेसम्म दृष्टि कायम गर्ने थियो । तर सो भन्दा अगावै मागेलाललाई छोडपत्र गरी दिइसकेको घर जानकी दासले धितो राखी दृष्टिबन्धकीको लिखत गरी दिन नपाउने र गरिदिए पनि सदर नभई अघिल्लो मितिमा पास भएको छोडपत्र बमोजिम गरेको दर्ता कायम रहने हुनाले दर्ता बदर गरी पाउँ भन्ने वादीको दावा नपुग्ने देखिन्छ । (प्रकरण नं.१०) निवेदक तर्फबाट : एडभोकेट मधुप्रसाद शर्मा, कृष्णप्रसाद घिमिरे विपक्षी तर्फबाट : प्लिडर नारायणप्रसाद फैसला १. काका भतिजा मिली मैले ०८।६।२६ मा दृष्टिमा लिएको विरगञ्जको घर समेत मेरो थैली कपाली गर्न निमित्त ०८।११।१२ मा मागेलाल नाउँमा दर्ता गराएको ०११।३।११ मा फैसला भएबाट थाहा पाएकोले उक्त दर्ता गरेको बदर गरी पाउँ भन्ने समेत वादी । २. जानकी दास नरसिं दास २ भाई भई नरसिंह मर्दा जानकीले आफ्नो अंश हक छोडी रु.७००० मा छोडपत्र गराई लिएको छोडपत्र बमोजिम आफ्नो अंश हक समेत दर्ता भए गरेको सदर कायम थामि पाउँ भन्नेसमेत मागेलालको प्रतिवादी । ३. रजिष्ट्रेशनका ७ नं. ले पासै नभएको लिखतका नाताले सो लिखतमा लेखिएको जग्गा जमिन घरमा दावा नपुग्ने हुँदा वादी दावी पुग्न सक्दैन भन्ने समेत ०१४।३।१।६ को रा. का.दे.अ.दो. का हाकिमको फैसला र लिखत पास मुद्दा किनारा भई पास हुने नहुने टुंगो नलागि यो मुद्दाको अंग नपुग्ने भन्ने समेत असिस्टेन्ट र बिचारीको राय पर्चा । सो इन्साफमा चित्त बुझेन भन्ने समेत वादीको अपील । ४. मागेलाल