निर्णय नं. २७७० - ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २७७० - ज्यान भाग: २८ साल: २०४३ महिना: असोज अंक: ६ फैसला मिति :२०४३/०६/०२ २२८२ निर्णय नं. २७७० ने.का.प. २०४३ अङ्क - ६ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४२ सालको फौ.पु.नं. ६३७, ६३० फैसला भएको मिति २०४३।६।२।५ मा पुनरावेदक/वादी : फुलमाया सर्किनीको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : जि.धनुषा तुलसी गा.पं.वडा नं.३ बस्ने जगलाल मुक्तानसमेत पुनरावेदक/प्रतिवादी : धनुषा जि.तुलसीपुर गा.पं.वडा नं.१ घर भई जि.का.कारागार शाखा महोत्तरीमा थुनामा रहेका चित्रबहादुर चौहान विरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार मुद्दा : ज्यान (१) कुनै नराम्रो कुरा नसोची घचेट्दा लडी ढुड्डामा ठोकिएर मृत्यु भएकोलाई कर्तव्यबाट ज्यान मरेको भनी मान्न नमिल्ने । (प्रकरण नं. २४) पुनरावेदक/वादीतर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री आत्माराम भट्टराई पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी फैसला न्या.रुद्रबहादुर सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर श्री ५ को सरकारको र प्र.चित्रबहादुरको दुवैपक्षको पुनरावेदन पर्न आई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ : २. २०४०।१०।१२ मा बेगाडावर गा.पं.वा.नं.९ अन्तर्गत रातु खोलादेखि पूर्वमा लाश छ भन्ने सुनेकाले हेर्दा लाश फेला परेकोले लाशलाई सुरक्षित राखी जाहेर गर्न आएको छु भन्ने प्र.ह.दुर्गाबहादुरको प्रतिवेदन । ३. २०४०।१०।१४ मा भएको लाश र घटनास्थल प्रकृति मुचुल्का । ४. मेरो पतिलाई चित्रबहादुर चौहान समेतका ४ जना मिली मारेकोमा आवश्यक कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको फुलमाया सर्किनीको जाहेरी दर्खास्त । ५. मृतक मेरो दाजु हो । आवश्यक कारवाही गरी लाश सद्गद् गर्न पाउँ भन्ने समेत व्यहोराको कृष्णबहादुर सर्कीको सनाखत कागज । ६. बजारमा मासु बिक्री गर्न गएको सार्की र यो पक्राउ परेका ४ जना व्यक्ति लालबहादुर साथसाथै गैरी डाँडा तामाङको घरमा जाँड खाई गैरी डाँडाको ओरालो सम्म आएको मानिसहरू मध्ये ४ जना आएको र १ जना मृतक अवस्थामा फेला परेकोले निजहरूकै कर्तव्यबाट लालबहादुरलाई मारी फालेको हुनुपर्छ भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का । ७. लालबहादुर, सुन्दर दमाई र म समेतका ३ जना रक्सी खाएको सुरमा कुटाकुट भएको हो, पछि मरी सकेपछि खोला पारी लगी फालेको हो भन्ने समेत व्यहोराको चित्रबहादुरको प्रहरीमा भएको कागज । ८. मर्ने लालबहादुरलाई चित्रबहादुर र मैले कुटेको चोटबाट नै मरेको हो । मरेपछि लाश खोलामा फालेको हो भन्ने समेत व्यहोराको कालेखाती भन्ने सुन्दर दमाइको प्रहरीमा भएको कागज । ९. लालबहादुर समेत हामी ५ जना संगसंगै आएका हौं तर अर्जुन र म खोलामा झरिसकेका थियौं । लालबहादुर, चित्रबहादुर, सुन्दरे पछि पछि थिए । खोलामा हामीले पर्खंदा लालबहादुरलाई समाई ल्याएका थिए । निज बोल्न नसक्ने अवस्थामा थिए । अध्यारो हुँदा सबै कुरा थाहा भएन । हामी हिंडी हाल्यौं । पछि चित्रबहादुर र सुन्दरेले खोलापारी फालेछन् भन्ने समेत जंगलालको प्रहरीमा भएको कागज । १०. लालबहादुरलाई म र जंगलालले कुटपिट गरेको छैन, सुन्दरे र चित्रबहादुरले कुटपिट गरी फालेको हो भन्ने समेत अर्जुनबहादुरको प्रहरीमा भएको कागज । ११. जंगलाल र अर्जुनले मर्ने अवस्थामा देखेको भन्ने कागज गरेको सरजमीनका मानिसहरूले पनि यिनै प्रतिवादीहरूले नै मारेको हुनु पर्दछ भनी लेखाएको समेतबाट मृतक लालबहादुर प्र.चित्रबहादुर चौहान