निर्णय नं. ३२०० - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३२०० - उत्प्रेषण भाग: २९ साल: २०४४ महिना: पौस अंक: ९ फैसला मिति :२०४४/०६/२५ १९९४ निर्णय नं. ३२०० ने.का.प. २०४४ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला सम्वत् २०४२ सालको रि.नं. २१९४ विषय : उत्प्रेषण । निवेदक : तारावारी दमक झापा स्थित जय इण्डष्ट्रिजको साझेदार जि.मोरङ विराटनगर न.पं. वा.नं.९ बस्ने सुरेशचन्द्र अग्रवाल । विरुद्ध विपक्षी : श्री ५ को सरकार विराटनगर भन्सार कार्यालय । श्री कोशी अंचलाधिश कार्यालय,कोशी अंचल। आदेश भएको मिति: २०४४।६।२५।१ मा विवादको टोयोटा गाडी निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ बमोजिम मनाही बस्तु नभई नियन्त्रित बस्तु भित्र पर्ने । (प्रकरण नं. १९) पहिले पाएको लाइसेन्सलाई संशोधन गरी बाणिज्य विभागबाट मिति ०४१।५।१० मा इजाजत पाइसकेको र सो गाडी जफत गर्ने मिति ०४१।७।१९ मा निर्णय गरेको देखिन आएकोले भन्सार कार्यालयले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ५(१) को गलत व्याख्या गरी कार जफत गरेको कानुन अनुरुप नहुँदा विराटनगर भन्सार कार्यालयको मिति ०४१।७।१९ को निर्णय र सो निर्णयलाई समर्थन गरेको कोशी अञ्चलाधीशको मिति ०४२।७।१३ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १९) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री शुशिलकुमार सिन्हा प्रत्यर्थी तर्फबाट: विद्वान सह-न्यायाधिवक्ता श्री खगेन्द्र बस्न्यात उल्लेखित मुद्दाःX आदेश न्या.बब्बर प्रसाद सिंहः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं जिकिर निम्न प्रकार छ । २. यस जय इण्डष्ट्रिजले यस उद्योगको कामको लागि मोटरकार १ झिकाउन उद्योग विभागमा निवेदन गर्दा पाँच वर्षसम्म बेचबिखन दानबक्स आदि केही गर्न नपाउने तथा उक्त कार उद्योग स्थलमै राख्नु पर्ने र आयात गर्दा महसूल सुविधा नपाउने शर्त राखी श्री उद्योग विभागको सिफारिशमा बाणिज्य विभागबाट मिति ०४०।१।६ तदनुसार १९ अप्रिल १९८३ मा बाणिज्य विभागबाट आयात इजाजत प्रदान भएको र शिपमेन्ट गर्ने म्याद ६ महिना तोकिएकोमा । ३. निवेदकले ०४०।३।८ तदनुसार २२ जुन १९८३ मा जय इण्डष्ट्रिजको नाउँबाट राष्ट्रिय बाणिज्य बैंकमा प्रतितपत्र (एल.सी) खोलिएको तर इजाजतपत्रको अवधि भित्र सम्बन्धित जापानी कम्पनीमा निशान पुलसर मोटरकार उपलब्ध हुन नसक्ने भई यस उद्योगले १७ जुलाई १९८३ तदनुसार ४०।४।१ मा नै एल.सि. को निशान पुलसर भन्ने कलज नं.३ लाई संशोधन गराई उक्त गाडी सिपमेन्ट भयो । निवेदकले सो गाडी आउनु अघि भन्सार विभागमा सम्बन्धित टोयोटा मोटरको इन्भ्वाइस तथा ०४०।१।६ को इजाजतपत्र र बैंक डकुमेन्ट साथ राखी पेश गरेकोमा आघात गर्न नहुने भए सोही बखतमा भन्सार विभागले मलाई सूचना गर्नु पथ्र्यो । हामीले सो गाडी फिर्ता गर्न सक्दथ्यौं तर भन्सार विभाग मूल्याङ्कन शाखाले गाडी नेपाल कष्टममा आइसकेपछि मिति ०४०।९।११ को पत्रद्वारा मेशर्श जय इण्डष्ट्रिजले जापानबाट पैठारी गरेको टोयोटा कोरोला सि.आई.एफ. कलममा यु.एस. डलर १७१५ मा पैठारी गरेको हुँदा विजक मूल्यमा १० प्रतिशत वृद्धि गरी फरक रकममा नियमानुसार गर्नु भन्ने विराटनगर भन्सार कार्यालयका नाउँमा आदेश भयो । ४. उक्त टोयोटा मोटरकार भन्सारमा आइपुग्दा ०४०।८।२२ मा नै यस उद्योगको तर्फबाट प्रज्ञापनपत्रमा इन्भ्वाइस बमोजिमको मोटरकार टोयोटा कोराला के ई २० मोडेल १९७३ भनी मालको विवरणमा उल्लेख गरी संशोधित एल.सि. को कागज संलग्न गरी पेश गरेकोमा भन्सार कार्याल