निर्णय नं. ३२०१ - भ्रष्टाचार
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३२०१ - भ्रष्टाचार भाग: २९ साल: २०४४ महिना: पौस अंक: ९ फैसला मिति :२०४४/०६/२७ २२९३ निर्णय नं. ३२०१ ने.का.प. २०४४ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा सम्वत् २०४३ सालको फौ.पु.नं. ५२६ मुद्दा : भ्रष्टाचार । पुनरावेदक/प्रतिवादी: जिल्ला खोटाङ गा.पं. वार्ड नं. १ बस्ने छत्र बहादुर श्रेष्ठ । विरुद्ध विपक्षी/वादी: श्री ५ को सरकार । फैसला भएको मिति: २०४४।६।२७।३ मा पुनरावेदक प्रतिवादीले आइतबारे साझा संस्था इलामको रकम भ्रष्टाचार गरेको भएमा संस्थाले कानुन बमोजिम गरी असूल उपर गर्ने कानुनी व्यवस्था भएकोमा सो बमोजिम नगरी भ्र.नि.ऐन, २०१७ को दफा १३(१) बमोजिम प्रतिवादीलाई जम्मा रु. ३१,९२९।०५ प्र.ले हिनामिना गरी भ्रष्टाचार गरेको र आइतबारे साझा संस्थाले प्र.बाट रु. ७९,५४०।५२ भरिपाउने समेत ठहर्याई कैदको हकमा कसूर अनुपातमा कैद गर्ने गरेको मिलेन भन्दै रु. ३१,९२९।०५ सम्म जरिवाना गर्ने गरी मेची अञ्चल अदालतको इन्साफ केही उल्टी गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ कानुन अनुरुप नहुने । (प्रकरण नं. १९) पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री हरिहर दाहाल विपक्षी, वादीतर्फबाट: विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा उल्लिखित मुद्दा: पुनरावेदक बलदेव उपाध्याय समेत विपक्षी श्री ५ को सरकार भएको संस्थानलाई हानी आफूलाई फाइदा पुर्यायो भन्ने फौ.पु.नं. १४६ र १८१ को मुद्दामा यस अदालत डिभिजन बेञ्चबाट ०३७।२।२२ मा सिद्धान्त प्रतिपादित । पुनरावेदक श्याम बहादुर थापा क्षेत्री विपक्षी श्री ५ को सरकार (वि.प्र.वि.) भएको २०३६ सालको फौ.पु.नं.६२५ को आफ्नो जिम्माको सम्पत्ति मस्यौट गरे भन्ने मुद्दामा २०२८।९।२६ मा स.अ.डि.बे.बाट सिद्धान्त प्रतिपादित । पुनरावेदक गंगा प्रसाद भट्टराई विपक्षी श्री ५ को सरकार भएको साझा भण्डारको सम्पत्ति हिनामिना मुद्दामा २०३६।११।२८ मा स.अ.डि.बे.बाट सिद्धान्त प्रतिपादित । फैसला न्या.बब्बर प्रसाद सिंहः पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।३।३।२ को फैसला उपर चित्त नबुझी प्रतिवादी छत्र बहादुरको पुनरावेदनको अनुमतिको लागि पर्न आएको निवेदनमा अनुमति प्राप्त भई इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ । २. यस संस्थाका तत्कालिन साझा व्यवस्थापक छत्र बहादुरले रु.१,१०,५९६।२९ एक लाख दशहजार पाँचसय छयानब्बे र उन्तीस पैसा भ्रष्टाचार गरेकोले रकमहरू तुरुन्त असूल उपर गरिदिन हुन अनुरोध छ भन्ने साझा संस्था लि. आइतबारेको अध्यक्षले जि.कार्यालय इलाममा गरेको जाहेरी । ३. लेखिएको रु. १,१०,५९६।२९ रकम मध्ये रु. ४७,६११।४७ मैले हिनामिना गरेको हुँ अरु रकम मैले बुझेको छैन, कृ.वि.बैंक फिकलका कार्यालय सहायक नेत्रप्रसाद पोखरेललाई आ.सा.संस्थाको रकम कृ.वि.बैंकमा जम्मा गरिदिनु भनी रु. ४,५००।– रकम दिई पठाएको छु । निजले गरिदिएको भर्पाई साझा संस्था आइतबारेमा छ । मल बिक्रीको रु. ७,०९८।– चिया विकास निगम कन्यामबाट मैले बुझेको छैन र हिनामिना गरेको छैन । सवाल ६ मा लेखिएको रु. ४,५०३।९० मध्ये रु ३००।– साझा संस्था पाँचथर व्या.सिद्धी बहादुर गुरुङलाई चिनी खरीद गर्न भनी दिएको छु । बाँकी रु. १,५०३।९० मा रु. ८४८।४५ हाल साझा संस्था आइतबारेका व्य.रामनारायण शाहलाई मैले सा.स.मा बुझाउनु पर्ने कलममा कट्टा गरिदिनु भनी दिएको छु । रु. ६५९।४५ मैले मासेको छु । ऋणी धनबहादुरले सा.सं. आइतबारेमा अलैंची धरौटी राखी सा.स.बाट र