निर्णय नं. २८३ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २८३ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने भाग: ८ साल: २०२२ महिना: बैशाख अंक: १ फैसला मिति :२०२२/०४/२५ २८३८ निर्णय नं.२८३ ने.का.प.२०२२ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह ०२१ सालको रीट नम्बर ८/४३ निवेदक : ब. लिलानाथ खरेल, पूर्व १ नं. का.प.ई.भुंलुंटार विरुद्ध विपक्षी : श्री ५ को सरकार, अर्थमन्त्रालय, भन्सार तथा अन्तशुल्क विभाग, श्री प्रिभेन्टिभ अफिसर भन्सार चोरी निवारण टोली नेपालगञ्ज, श्री हाकिम कैलाली त्रिनगर भन्सार अड्डा मुद्दा : उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने (१) कानूनद्वारा निर्दिष्ट गरिएको बिषयमा प्रतिकूल आदेशद्वारा अधिकार पाएको भन्न नमिल्ने । भए गरेको काम कानून अनुरुप नभए उत्प्रेषणको आदेशद्वारा बदर हुने । कर्मचारी मुछिएको केश चिफ कहाँ पठाउनु भन्ने ०२०।६।६ को आदेश भएको र त्यस पछि नं.१०२६५ को आ.वा.बाट पनि अधिकार भएको भनी विपक्षी प्रिभेन्टीभ अफिसरले लिखित जवाफमा जिकिर लिएकोमा कानूनद्वारा निर्दिष्ट गरिएको बिषयमा त्यसको प्रतिकूल आदेशद्वारा अधिकार पाएको भन्नु कानूनको दृष्टिमा मान्य नहुनु त छँदै छ, तथापि त्यस्तो कुनै आदेश आ.वा.छ भनी विद्वान सरकारी वकिलले पेश गर्नु भएको छैन र बहसमा पनि भन्नु भएन । अतः उल्लेख गरिए बमोजिम आफूलाई कानूनले हेर्न छिन्न अधिकार नदिएको बिषयमा आफ्नो मुकाममा विपक्षी प्रिभेन्टिभ अफिसरले निवेदकको ०२०।९।३।३ मा बयान गराई ०२०।९।५।६ मा ततिम्बा बयान गराएको कानून अनुरुप नहुनाले उत्प्रेषणको आदेशद्वारा सो बयान बदर गरिएको छ । (प्रकरण नं.९) निवेदक तर्फबाट : प्लिडर ठाकुरप्रसाद खरेल विपक्षी तर्फबाट : गभर्नमेन्ट सिनियर एडभोकेट रमानन्दप्रसाद सिंह आदेश १. निवेदक त्रिनगर भन्सार अन्तर्गत हुईया फाँटा छोटी भन्सार अड्डामा बहिदार भएकोले जिम्मेबारी साथ काम गर्दै रहेको । ०२०।९।२ का राति अं.१२।१ बजेको समय ११।१३ जना मानिस आई तहबिल खोल भनी असिष्ट व्यवहारबाट मलाई डर त्रास समेत देखाएको अवस्थामा म सरकारी कर्मचारी हुँ । तपाँई को हुनुहुन्छ र रातमा तहबिल देखाउनु ? भन्दा म प्रिभेन्टिभ अफिसर हुँ भनी विपक्षीले भन्नु भएबाट मलाई समय जनाई पत्र दिनु होस् भन्दा आफ्नो साथ मानिसद्वारा निगरानी गराई पेस्तोलको धम्की समेत दिनु भयो । ऐ ३ गते मैले तहविल जिम्मा गलाई दिएपछि बुधराम थारुलाई के किसिमको हो कागज गराई लिनु भएछ र मलाई भन्सार चोरी निकासी गरेकोमा साविति कागज गराउन प्रयत्न गर्नु भएको । इन्कार रहेको अवस्थामा अनेक किसिमको सास्ती दिई कुटपिट गरी बन्दुकको त्रासबाट ऐ ६ गते राति अन्दाजी ७।८ बजे आफ्नो इजलास कायम गरी साविती कागज गराई त्रिनगर भन्सारको हाकिमलाई पछिबाट रोहवरमा राख्नु भई चिफ प्रिभेन्टिभ अफिसरको अफिस राजविराजमा पौष २१ गते हाजिर हुन जानु भनी ऐ ७ गते तारेख तोकी दिई मेरो इन्चार्ज समेत अ.विरबहादुरलाई बुझ्न लगाउनु भयो । मैले तारेखमा अर्जी गरेको र हाजिर हुनालाई इन्चार्ज बुझाई दिएको र सो व्यहोरा सरकारमा जाहेर गरेको छु भन्ने समेत लेखिदिएकोमा मलाई सस्पेन्ड गरियो । २. यसै मुद्दाको सिलसिलामा विभागबाट शुरु कारवाई गर्न सम्बन्धित गोश्वारामा पठाउन पर्नेमा हाजिर हुन जानु भनी दिएको सूचना कानून बिपरित देखिएको र गस्ती टोलीले पक्राउ गरेको मुद्दा टोलीले हेर्न पाउने अधिकार समेत नहुँदा ऐन विपरीत काम नगर्नु भनी सबै टोलीलाई परिपत्र गर्ने ०२०।११।११ मा निर्णय गरी परिपत्र जारी भएको र मलाई त्रिनगर भन्सारको हाकिमको रोहवरमा गरेको कागजलाई जवरजस