निर्णय नं. २८५ - हकसफा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २८५ - हकसफा भाग: ८ साल: २०२२ महिना: बैशाख अंक: १ फैसला मिति :२०२२/०१/२२ १९४१ निर्णय नं.२८५ ने.का.प.२०२२ फुल बेञ्च माननीय प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह माननीय न्यायाधीश श्री रत्नबहादुर बिष्ट क्षेत्री माननीय न्ययाधीश श्री नयनबहादुर खत्री क्षेत्री २०१९ सालको पहिलो रिभिजन दे.फु.नं.२६२ निवेदक, प्रतिवादी : पूर्व २ नं.दोलखा अदालत इलाका खिपी धारापानी बस्ने नरबहादुर पाण्डे क्षेत्री विरुद्ध विपक्षी वादी रेस्पोण्डेन्ट : ऐ.ऐ.बस्ने रत्नबहादुर सुनुबार मुद्दा : हकसफा (१) साबिकको मुलुकी ऐनको साहु असामीको १३ नं. निखनाई पाउँ भन्ने उजुर गर्दा थैली थाहा भए साथै र थैलिको एकिन नभए प्रतिउत्तर परेको ३५ दिनभित्र थैली धरौट राख्नुपर्ने । थैली एकिन नभई फिराद गरी प्रतिउत्तर परेको ३५ दिनभित्र थैली धरौट नराखि निखनाई पाउँ भन्ने दावी लाग्न नसक्ने । सो थैली धरौट राख्ने बिषयमा भएको कानूनी व्यवस्था हेर्दा तत्काल प्रचलित साहु असामीको १३ नं. मा निखनाई पाउँ भनी नालिस उजुर गर्न आउँदा थैली थाहा भएकोमा नालिस साथ र थैली थाहा नभएकोमा प्रतिउत्तर परी मुख मिलेकोमा सो प्रतिउत्तर परेको ३५ दिनभित्र थैली धरौट राख्नु पर्छ भन्ने र सो म्याद भित्र थैली धरौट राख्न ल्याएन भने असामीले नै बन्धकी र दृष्टि निखनी लिने बाहेक अरु निखनी लिने कुरामा निखनी लिन पाउँदैन भन्ने समेत उक्त ऐनमा व्यवस्था भएको पाइन्छ । (प्रकरण नं.१८) (२) वादी रत्नबहादुरले पहिले नालिस गर्दा थैली यकिन नभएको भनी नालिस साथ थैली धरौट नराखेको । यस्तो अवस्थामा उक्त साहु असामीको १३ नं.बमोजिम प्रतिउत्तर परेपछि थैली थाहा पाउने प्रयास गरी थाहा पाइ मुख मिलेमा सो प्रतिउत्तर परेका ३५ दिनभित्र थैली धरौट राख्नुपर्नै कर्तव्य वादीको नै हुन आउने हुँदा साहु नरबहादुरको ०४।८।२८ मा प्रतिउत्तर परेपछि पनि प्रस्तुत मुद्दामा थैली तर्फ घटी बढी भन्ने वादीको दावी जिकिर नभएकोले उक्त साहु असामीको १३ नं.बमोजिम प्रतिउत्तर परेका ३५ दिनभित्र थैली धरौट राख्न सक्नु पर्नेमा, ऐनको म्याद भित्र थैली धरौट दाखिल नगरेको भनी आफूप्रति दोष लगाई पू.२ नं.दोलखा अदालतबाट ०१५।१।१०।३ मा हराई फैसला भईसकेपछि सो उपर १५।२।६मा अपील गर्दासम्म पनि वादीले थैली धरौट राख्ने तर्फ उत्सुकता देखाई अपील साथ समेत थैली धरौट राख्न सकेको देखिएन । (प्रकरण नं.१९) लिखत बमोजिमको रु.३९९० लिई ३५ दिनभित्र हाजीर हुन आउनु भनी अपीलाटको वारेसलाई सुनाई म्यादभित्र थैली धरौट दाखिल गरेमा ऐन सवाल बमोजिम गर्न प्रतिवादी पर्नासाथ थैली दाखिल गर्न ल्याउनु भनी सुनाउनु पर्ने नसुनाएमा शुरु दोलखा अदालतका डि. जहान सिंहलाई रु.१ । जरिवाना गर्ने भन्ने समेत अपील दोश्राबाट ०१५।७।१९।३ मा पर्चा गरी सुनाई ०१५।८।२३ मा मात्र सो थैली धरौट राखेर खाएको देखिएको र माथि उल्लेख भए बमोजिम आखिर शुरु अड्डाको फैसला भएपछि थाहा पाए पनि स्वतः थैली धरौट नराखेको अवस्थामा त्यस्तो थैली दाखिल गर्न ल्याउनु भनी अड्डाले सुनाउनु पर्ने र अड्डाले सुनाएको ३५ दिन भित्र थैली धरौट राख्न ल्याए राख्न पाउने समेत ऐनमा व्यवस्था भएको नदेखिएकोले धरौट राख्नु पर्ने ऐनको म्याद खिलाप भई निखन्न नपाउने गरी शुरु तहबाट फैसला समेत भईसकेपछि बीचमा अपील दोश्राले पर्चा गरी सुनाई धरौट रखाएको समेत उक्त कारवाई कानूनको अनुरुप नहुँदा त्यस किसिमपछि धरौट राखेकोलाई मान्यता दिन मिल्ने देखिन आएन । (प्रकरण नं.२०) (३) तसर्थ, साहु असामीको १३ नं. ले निर्धारित गरेको म्याद भित्र वादीले थैली धरौट राख्न न