निर्णय नं. ३२०४ - खुन डाँका
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३२०४ - खुन डाँका भाग: २९ साल: २०४४ महिना: पौस अंक: ९ फैसला मिति :२०४४/०५/०९ २३२६ निर्णय नं. ३२०४ ने.का.प. २०४४ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा सम्वत् २०४३ सालको फौ.पु.नं. ५१५ मुद्दा : खुन डाँका । पुनरावेदक/वादी: धनबहादुर थापाको जाहेरीले श्री ५ को सरकार । विरुद्ध विपक्षी/प्रतिवादी: भारत जि.पूर्णिमा थाना जोकी मन्सी गाउँ बस्ने कसिम मियाँ । जि.मोरङ वयरवन गा.पं.वार्ड नं. ७ बस्ने भवानी प्रसाद निरौला । फैसला भएको मिति: २०४४।५।९।३ मा मृतकका पति तथा वारदातमा घाइते भएका उद्धवबहादुर थापाले प्रहरी कार्यालयमा बयान गर्दा घरमा डाँका प्रवेश गरी वारदात शुरु हुँदा श्रीमतीले माकुर वातर झपट वातर भनेकी थिइन् भनी बयान गरिदिएको देखिन्छ, यसरी बयान गरेकोमा उक्त झपटा वातर समेतलाई बुझी अनुसन्धानको कार्य गर्नु पर्नेमा त्यसतर्फ वास्तै नगरी लापरबाहीपूर्ण तवरले अनुसन्धान गरेको देखिन्छ । अधिकार प्राप्त अधिकारी समक्ष भएको सावितीलाई कासिम मियाँले अदालतमा इन्कार गरेको तथा सरजमीनका व्यक्तिहरूले पनि वारदात देखें सुनें जानेको कुरा नलेखाई केबल प्र.कासिमले प्रहरीमा गरेको सावितीलाई सिरान हाली बकपत्र गरिदिएको देखिन्छ, अर्को मुद्दामा कासिमले गरेको साविती र अघिनै बरामद भएको पेस्तोल पछि घट्न आएको घटनासँग जोड्दै चारित्रिक प्रश्नलाई प्रमाणको रुपदिन नमिल्ने । (प्रकरण नं. २०) पुनरावेदक, वादीतर्फबाट: विद्वान सह-न्यायाधिवक्ता श्री खगेन्द्र बस्न्यात विपक्षी,प्रतिवादी तर्फबाटःX उल्लेखित मुद्दाःX फैसला न्या.गजेन्द्र केशरी बास्तोला: पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन पर्न आई बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ । २. ०३९ साल आषाढ २७ गते रात मेरो भतिजा उद्धवबहादुरको घरमा डाँकाहरू आई बन्दूक फायर गरी भतिजाको गलामा बन्दूक फायर गरी छर्रा लागी घाइते भएको र बुहारी लीलामायाको घटनास्थल मा मृत्यु भएको, लाश प्रकृति समेत जो जे गर्नु पर्छ गरिपाउँ र के कति धनमाल डाँका भयो घाइते भतिजा उपचारबाट निको भएपछि लेखाई दिनेछु भन्ने समेत व्यहोराको ०३९।३।२८ को जाहेरी दर्खास्त । ३. भान्सा कोठामा पूर्व गोडा पश्चिम सिरान गरिरहेको उत्तानो परेको लाशको शरीरको विभिन्न अंगमा गोली छर्रा लागेको घाउ भएको ढोकामा गोली लागेको कोठाभित्र जूठो भाँडाकुडा भएको मृतक लीलामायाको शरीर रगताम्म देखिएको मृतकको लाश प्रकृति मुचुल्का । ४. दोमना हाट भएकोले हाट गएको थिएँ । हाटबाट फर्कि आउँदा लाठी र बन्दूक बोकेको ६ जना लुंगी लगाएका मानिस देखि हाटबाट आउने मानिस होलान भनी मैले वास्ता गरिन घर आई अं.८ बजेतिर बन्दूकको आवाज आयो र घटनास्थलमा आउँदा लीलामायाको मृत्यु भएको देखें भन्ने समेत टंकबहादुरको लाश प्रकृति मुचुल्का । ५. घटनाको रात र दुवाली फुकाउँदै मालिकसँग कुरा गर्दै थिएँ त्यतिकैमा एकजना मदिसे जस्तो मानिस भर्याड्ड चढी आएर मालिकलाई पाइप तेस्र्याई निकालो निकालो भन्यो, मलाई बन्दूक जस्तो लागेकोले सिढीबाट हुरिएर तल हामफालें भाग्दाभाग्दै आँगनमा मलाई कसले हिर्कायो देखिन, भागी घर गएर डाँका डाँका भनी कराएँ गाउँका मानिस आएपछि म पनि आएँ मालिकनीको मृत्यु भयो डाँकाहरू चिन्न सकिन भन्ने होमबहादुर विश्वकर्माको कागज । ६. छर्राले लागी मुटुको चाल बन्द भई मृत्यु भएको देखिन्छ भन्ने समेत पोष्टमार्टम रिपोर्ट । ७. दाहिने आँखाले हेर्न नसक्ने बायाँ आँखा सुनिएको ग