निर्णय नं. ३२०५ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३२०५ - कर्तव्य ज्यान भाग: २९ साल: २०४४ महिना: पौस अंक: ९ फैसला मिति :२०४४/०५/१७ २६६७ निर्णय नं. ३२०५ ने.का.प. २०४४ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४३ सालको फौ.पु.नं. ४८० २०४३ सालको फौ.सा.नं. १२१ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/वादी: जसुबुढा मगरको जाहेरीले श्री ५ को सरकार । विरुद्ध विपक्षी/प्रतिवादी: जि.रोल्पा हार बडाङ गा.पं. वार्ड नं. ६ बस्ने दीनुराम वाली मगर्नी । ऐ.ऐ बस्ने गन्ज बहादुर पुन मगर । ऐ.ऐ वार्ड नं. ३ बस्ने नौला बहादुर दाती मगर । ऐ.ऐ वार्ड नं. ६ बस्ने जसकली पुन मगर । ऐ.ऐ बस्ने चनु मगर्नी । फैसला भएको मिति: २०४४।५।१७ मा मृत्यु भएपछि सरसल्लाह गरी प्र.ले लाश डोकोमा बोकी लगेको नौलेले चप्पल बोकी घोघोको जङ्गलमा लगी झुण्ड्याई आएकोमा प्रतिवादीहरू एक मिलानसँग सावित रहेका र प्र. पिनुले समेत करणी गर्ने प्रयास गर्दा म एक्लैले मारेको र मरेपछि गञ्ज र नौले समेतको मद्दतले जङ्गलमा लगी झुण्डाएको भनी आफू कर्तव्यमा सावित रही लाश दबाउने छिपाउने सम्मको कार्य अन्य प्रतिवादीहरू सरिक रहेको भनी पोलेको समेत देखिँदा ज्यान मरिसकेपछि समयमा जाहेर नगरी दबाउने छिपाउने सम्मको अपराध गरेको देखिने । (प्रकरण नं. २६) मृतक आफ्नो नाता सम्बन्धको व्यक्ति देखिएको र मार्नु पर्नेसम्मको पूर्व रिसइवी रहे भएको कुरा कहिं कतैबाट खुल्न सकेको छैन आफ्नै घरमा बास बस्न आएकोमा राती जवरजस्ती करणी गर्न खोज्दाको अवस्थामा आफ्नो धर्म सतित्व बचाउनको लागि मुंग्राले हान्दा मृतकको मृत्यु भएको देखिन्छ, घटना प्रकृतिबाट सतित्व रक्षार्थ छोडेको चोटबाट मृत्यु भएकोमा कानुन बमोजिम सजायँ गर्दा चर्को पर्ने देखिँदा अ.बं. १८८ बमोजिम प्र.पीनु मगर्नीलाई कैदवर्ष ५ मात्र सजायँ हुने । (प्रकरण नं. २६) फैसला न्या.गजेन्द्र केशरी बास्तोलाः मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन परी बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ । २. बडबुढा मगरको स्वास्नी मिनासरी बुढा मगर्नी ०४१ साल भाद्र महिनामा माइत गएकी ०४१।६।१९ गतेसम्म घरमा नआएकीले भतिजा बलबुढा मगर र स्वास्नीलाई बोलाउन ०४१।६।२० गते घरबाट हिँडी गएको ऐ.२३ गते म आफ्नो घरबाट मेरो ससुराली रोल्पा हर्जङ गा.पं बस्ने कणु घर्तिको घरतर्फ जाँदा बाटोमा पर्ने रोल्पा सिरली गा.पं. अन्तर्गत घोघा भन्ने ठाउँको बनजङ्गलमा पुग्दा गुराँसको रुखमा घर बनाएको डोरी बाँधी सोही डोरीले बलबुढा मगर गर्धनमा बाँधी झुण्डी मरेको हुँदा कानुन बमोजिम कारवाही गरिपाउँ भन्ने ०४१।६।२६ को जाहेरी दर्खास्त । ३. २०४१।६।२८ को बजे ३ को घटनास्थल लाश प्रकृति मुचुल्का राम बहादुर घर्ती मगर समेतले गरिदिएको पेज ८ को मिति ०४१।६।२९ को सरजमीन मुचुल्का । ४. ०४१ साल भाद्र महिनाको अन्तिम हप्तातिर म मेरा लोग्नेको सल्लाह लिई माइती आएकी हुँ केही दिन पछि मेरा लोग्ने मलाई लिन आउनु भएको थियो । सोही रात साथै सुतेउँ भोली पल्ट घरमा काम छ तिमी २।४ दिन पछि आउनु भनी घरतर्र्फ गएका हुन् । केही छिन पछि मेरा कान्छा ससुरा जसु बुढाबाट लोग्ने बलबुढा मगर आत्महत्या गरी झुण्डी मरेको कुरा गाउँघरमा हल्ला भएपछि थाहा पाएको हुँ । मैले र मेरा आमाले समेतले कर्तव्य गरी मारे मराएको होइन भन्ने ०४१।७।१२ मा मृतकको श्रीमती मनसरी बुढा मगर्नीले प्रहरीमा गरेको कागज। ५. ०४१।६।२१ गतेको बेलुका बल बहादुर मेरो घरमा आएका थिए । कहाँबाट आयो भनी सो