निर्णय नं. ३२०६ - जग्गा छुट्याई चलन चलाइपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३२०६ - जग्गा छुट्याई चलन चलाइपाउँ भाग: २९ साल: २०४४ महिना: पौस अंक: ९ फैसला मिति :२०४४/०५/२८ ४०९१ निर्णय नं. ३२०६ ने.का.प. २०४४ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा सम्वत् २०४१ सालको दे.पु.नं. ६४३ मुद्दा : जग्गा छुट्याई चलन चलाइपाउँ । पुनरावेदक/वादी:का.जि.का.न.पं. वार्ड नं. ९ बत्तिसपुतली बस्ने पुरुषोत्तम आचार्य । विरुद्ध विपक्षी :का.जि.का.न.पं. वार्ड नं. ९ बत्तिसपुतली स्थित बोरिस एण्ड रेष्टुराँ प्रा.लि.। का.जि.का.न.पं. वार्ड नं. १० बानेश्वर बस्ने श्रीमती इङर लिसाने विच । फैसला भएको मिति: २०४४।५।२८।१ मा राजीनामा लिखतमा बोरिस बार एण्ड रेष्टुराँ प्रा.लि. लाई राजीनामा गरिदिएको भन्ने प्रष्ट उल्लेख भएको छ, यदि उनीहरूले साझा रुपमा लिएको भए तीनपुस्ते खुलाउनु पर्ने थियो यसमा वादी प्रतिवादीहरूको तीनपुस्ते नभएबाट लिखतमा उल्लेख भएको सम्पत्ति वोरिस बार एण्ड रेष्टुराँको नाममा खरीद भएको देखिन्छ, यसरी कम्पनीको नाममा खरीद भएको सम्पत्ति लिखतमा उल्लेख गरिएका सञ्चालक समितिका सदस्यहरूको व्यक्तिगत हो भन्न नमिल्ने । (प्रकरण नं. १०) सञ्चालक समितिका सबै सदस्यले कम्पनीको तर्फबाट हस्ताक्षर गरी खरीद गरेको हुँदा कसैलाई अधिकार प्रत्यायोजन गरिराख्नु पर्ने अवस्था नै नपर्ने । (प्रकरण नं. १०) पुनरावेदक, वादी तर्फबाट: विद्वान अधिवक्ता श्री शुशिल पन्त विपक्षी, प्रतिवादी तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ उल्लेखित मुद्दाःX फैसला न्या.गजेन्द्र केशरी बास्तोलाः म.क्षे.अ. को फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ । २. विपक्षी र म संस्थापक भई ०३४।१०।१६ मा स्थापना भएको कम्पनी हो । साथै विपक्ष अध्यक्ष रहनु भएकोले उहाँले मलाई सञ्चालक र प्रशासकमा मासिक वेतन रु. ६,०००।– दिने गरी नियुक्त गर्नु भएको र उक्त कम्पनीको अधिकृत पूँजी रु. ८,००,०००।– रहेको र रु.१,०००।– का दरले शेयरको संख्या विभाजन भएको उक्त पूँजी मध्ये रु. ७,१०,०००।– पूँजीको ७१० शेयरमा विभाजन गरी बाँडफाँड गर्दा विपक्षी कम्पनीको शेयर ६८५ विपक्ष श्रीमती इङ्गर लिसाने बीच र २५ को शेयर मैले लिएका थियौं । २०३७।४।५ मा मैले दिएको शेयर अलेकोन्जर लिसाने बिचलाई हक छाडी दिएको ०३७।३।१८ देखि उक्त कम्पनीको व्यवस्थापकको काम राजीनामा गरिदिएको छु सो बाहेक अरु कुनै कुराको हक छाडेको छुइन । उक्त कम्पनीको अधिकृत पूँजी ०३५।५।२३ भन्दा अघिल्लो दिनसम्म बढाएको थिएन । विपक्ष र मैले भई ललितपुर थेचो पञ्चायत भित्रको विभिन्न कित्ताको ज.रो ४०–०–० खरीद गरेका थियौं । उक्त जग्गा रु. २,८०,०००।– मा राजीनामा पारीत गरी पारीत खर्च रु. १४,०००।– र पर्खाल लगाउँदा रु. ७,५०,०००।– समेत जम्मा रु. ३,६९,०००।– खर्च गरेको श्रेस्ताबाट स्पष्ट छ । उक्त कम्पनीको स्थित पूँजी बृद्धि गर्न मैले र विपक्षीले जग्गा खरीद गरेको रजिष्ट्रेशन भएका लिखत र ज.ध.प्र. पूर्जाहरूबाट प्रष्ट छ उक्त रुपैयाँ मध्ये आधा रु. १,८४,५००।–मेरो परेको र जग्गाहरू आधि आधि गरी छुट्याउँ भनी विपक्षीहरूसँग अनुरोध गर्दा इन्कार गरेकोले फिराद गर्न आएको छु उक्त लेखिएको क्षेत्रफल रो. ४०–०–० को जग्गा मध्ये आधा रु. १८,४५,०००।– मूल्य पर्ने आधा मेरो भाग विपक्ष कम्पनीको दावी मेटाई आधा आधा विपक्ष र मेरो छुट्याई चलन समेत चलाई पाउँ भन्ने ०३७।१०।८ को वादीको फिराद दावी । ३. विपक्षले शे