निर्णय नं. २८९ - ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २८९ - ज्यान भाग: ८ साल: २०२२ महिना: बैशाख अंक: १ फैसला मिति :२०२२/०५/०१ २७८५ निर्णय नं.२८९ ने.का.प.२०२२ फुल बेञ्च माननीय प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री मिनबहादुर थापा क्षेत्री ०२१ सालको पहिलो रिभिजन फौ.फु.नं.६४ निवेदक : तौलिहवा तप्पे सिहो खोर मौजे सो तौलि घर भई तौलिहवा जेलमा थुनामा रहेको भैया भन्ने गफुर मुसलमान समेत विरुद्ध वादी : ऐ ऐ सो तौलि बस्ने मनीराम कुर्मी मुद्दा : ज्यान (१) कस्तो अवस्थाको बिदेशमा भएको पोष्टमार्टम रिपोर्टलाई अदालतले प्रमाणमा लिन हुने ? मर्ने बाँच्ने दोसाँद र पहिले यसतर्फ जाँच हुँदा बेहोस भन्ने समेत देखिएको । निज परशुरामलाई बाहिर अस्पतालमा लगि औषधी गराउँदा निको भए मानिस र निको नभई देहान्त हुन गएमा सरहदमा भए लासै र बाहिर लगेको अवस्थामा भए सो ठाउँको हस्पिटलको निस्सा समेत ल्याई दाखिल गर्ने समेत व्यहोराको निज परसुरामको बाबु वादी मनीराम र स्वास्नी मेना कुर्मीनी समेतको ०१७।६।१२।३ मा जि.पु.ई.आ.तौलिहवाबाट कागज गराई जिम्मा दिएको मिसलबाट देखिन आएको र बिदेश भारत गोरखपुर अस्पतालमा लगिएको । निज परसुराम ०१७।६।१६ गते देहान्त भई निजको गोरखपुर अस्पतालमा देहान्त भएको भनी दाखिल हुन आएको लासजाँच पोष्टमार्टम निज परसुरामको हुँदै होइन । निज परसुराम जिवितै यो यस ठाउँमा छ भन्ने तर्फ हाल बहस समेतमा निवेदक, प्रतिवादी तर्फबाट कुनै तथ्य जिकिर लिन नसकी प्रतिवादी फागुको २०।३।२७।५ को प्रतिवादी बयानको ११ दफामा लोलैले वंसराज मनिराज कलंला खलिलको झगडासम्म भएको भनेको भन्ने र १३ दफामा ११ दफामा लेखिएको मानिसको र मर्नेको समेत झगडा भई सोही चोटबाट मरेको मेरो मनमा लाग्छ भन्ने लेखेकोबाट परसुराम मरेको भन्ने कुरालाई स्वीकार गरेको देखिन आएकाले समेत यस्तो स्थितिमा बिदेशमा भएको उक्त पोष्टमार्टमलाई प्रमाणमा लिनै नहुने भन्न मिल्दैन । (प्रकरण नं.१३) प्रतिवादी तर्फबाट : एडभोकेट कृष्णप्रसाद घिमिरे, कोमलविक्रम शाह वादी तर्फबाट : प्लिडर इच्छाहर्ष फैसला १. २०१७।६।६ गते बिहान ८ बजेको टायममा हामीहरूको बसहन धान खेतमा काटि राखेको बाली भैया भन्ने गफुर समेतले बर्साने र खडावाली काट्न लागेको हामीले देखि किन यसो गर्न लागेको भनी वंसराज भगौतिले भन्दा तिमीहरूसँग मुद्दा चलिरहेछ तिमीहरूकै धानबाट मुद्दा लड्छौं लान्छौ भनी गफुरले भन्दा हाम्रो बाली दिन्नौ भनी हामी र परसुराम समेतले रोक्दा कुट भनी गफुर अमिनले बचन दिई सबै कारणीहरूले लट्ठिीले हामीलाई र परसुराम समेतलाई कुट्ता परसुराम मर्न बाँच्नको दोषाँध भई बेहोस भएकोले बोकाई ल्याएका छौं । निजलाई लागेको चोट र हामीलाई लागेको चोट समेत जाँची ऐन बमोजिम गरी पाउँ भन्ने समेत भगौति वंसराज मनिराम सन्तराम सोमनाथ कुर्मी मोहन तेली गफुर भाटको १७।६।६।४ को दरखास्त र परसुरामलाई अस्पताल भर्ना गरेको निको नभई भारत ठूलो अस्पतालमा लैजाउ भनी डाक्टरले लेखि १७।६।१२ मा मलाई जिम्मा लगाई दिएकोले सोही १२ गते गोरखपुर अस्पतालमा भर्ना गरेको । आश्विन १६ गतेको रात ७।८ बजे परसुराम मरेकाले पोष्टमार्टम भई लास सतगत गरी दरखास्त दिन आएको छु । निजहरूले कुटपिट कर्तव्य गरेकै चोट पिरले छोरो परसुराम ऐनका म्याद भित्रै मरेकोले निजहरूलाई सजाय गरी पाउँ भन्ने समेत १७।६।२०।५ को मनिराम कुर्मीले जि.पु.ई.तौ. मा गरेको दरखास्त र सोही मिलानको तौ.इ.अ. मा ऐ २४ गते गरेको बयान । २. हामीलाई मुनिराम समेतले बचन दिई कुटपिट गरेकाले दरखास्त दिएका छौं ।