निर्णय नं. २९० - लेनदेन किर्ते
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २९० - लेनदेन किर्ते भाग: ८ साल: २०२२ महिना: बैशाख अंक: १ फैसला मिति :२०२२/०२/२६ ४५७३ निर्णय नं.२९० ने.का.प.२०२२ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री स.इश्वरीराज मिश्र न्ययाधीश श्री बाशुदेव शर्मा न्यायाधीश श्री मिनबहादुर थापा क्षेत्री ०२१ सालको पहिलो रिभिजन दे.फु.नं.२७२ निवेदक, प्रतिवादी : का.ई.बालुवाटार बस्ने श्री ज.ध्रुब शम्शेर ज.ब.रा. विरुद्ध विपक्षी, वादी : का.ई.पुतलीसडक बस्ने नरराज शर्मा समेत मुद्दा : लेनदेन किर्ते (१) कस्तो बोली परेको कागजलाई व्यापारको हिस्सेदारीको कागज भन्नु पर्ने र कस्तोलाई लेनदेनको कागज भन्नु पर्ने ? दुवैमा हुनु पर्ने भिन्नता । ७।११।१७।६को कागज व्यहोरामा श्री.मे. ज.ध्रुब शम्शेरबाट बक्सेको रु.१००००१ व्यापारमा लगाउन लिएको ठीक साँचो हो । त्यस वापतमा सिगरेट इत्यादि व्यापारमा श्री मे. ज.ध्रुब शम्शेर ज.ब.रा.लाई पुरा हिस्सेदार बनाएँ । यो लेखिएको व्यापारमा नाफा भएकोमा उहाँलाई दामासाहीले पाउने हिस्सा पुरा टक्राउने छु । यस्मा आफ्नो इज्जत धर्मको ख्याल गरी बेइमान गर्ने छैन भन्ने र लोभनि पापानी गरेको थाहापाई बक्सेमा मेरो घै–घराना जेथाबाट उपर गरी लिनु भन्ने समेत बोली परेको देखियो । यो यस्को यो हिसाबले यती हिस्सा भनी साँवा रु.१०००१ नै ब्यापारको हिस्सामा लगाएको व्यहोरा र नोक्सान भएमा यस्तो गर्ने भन्ने कुनै शर्त उक्त कागजमा नलेखिएको । मुनाफा दिनेसम्म कुरामा हिस्सेदार बनाएको देखिने र प्रतिवादी विधिराजले नै सो कागजलाई व्यापारको साझा हिस्सेदारी कागज हो नभनी सो कागज सद्दे किर्तेमा सुनाउँदा निज विधिराजको वा.रामप्रसादले गरेको ०१४।१।१३।५ को बयानमा व्यापारको हिस्सेदारीमा लिएको भए हिस्सेदारको संख्या हिस्सा खुलाई लाभ–हानीको कसरी भई श्रेस्ता हिसाब बुझ्ने बुझाउने इत्यादी कानूनी शर्त विवरण खुलेको हुनु पर्ने जस्मा पूर्जिको अंक बेगर दामासाहीको हिस्सा भन्ने र व्यापारको हिस्सेदारले नाफा मात्र खाने नोक्सान नब्यहोर्न हुँनै नसक्ने भन्ने लेखेको देखिएको समेतबाट उक्त कागजलाई व्यापारको साझा हिस्सेदारीको कागज हो भन्न मिलेन । लेनदेन कारोबारकै कागज रहेछ भन्ने देखिन आयो । (प्रकरण नं.२२) (२) एका साहुले एका असामीसंग लिनु पर्ने निज साहुले तिर्नु पर्ने अर्को साहुकोमा मिलाउन हुने र सौंपुवा लिन दिन नमिल्ने नदेखिने । यस किसिमको लेनदेन व्यवहारको कागज साहुले अरुलाई सौंपुवा गरी दिन लिन हुने ऐनमा प्रष्ट व्यवस्था नखुले पनि यसरी सौंपुवा लिन दिन हुँदैन भन्ने उस बखतको ऐनले बन्देज नगरेको र हालको मुलुकी ऐन लेनदेन व्यवहारको ३७ नं. मा यस महलका अरु नम्बरहरूमा व्यवस्था नभएको अरु कुनै व्यवहार सम्बन्धी शर्तनामा कबुलियत र सम्झौताको लिखत रहेछ भने लिखतै बमोजिम हुन्छ भन्ने उल्लेख भएको । लेनदेन व्यवहारको यस्तो लिखत अचल निज नभई चल मानिने र जायजात सर्वश्वमा आएको सम्पत्ति लिलाम विक्रि गर्ने बिषय दण्ड सजायको महलको ३० नं. दफा ४ मा तमसुक बहिखाताको लहना तहसिल हुने कागज पत्र आएको भए जायजात सर्वश्व गर्ने अड्डामा लगत गरी ऐन बमोजिम असूल गर्नु पर्छ भन्ने व्यवस्था भएको । त्यसबाट एकासाहुले एका असामीसंग लिनु पर्ने रुपैंया निज साहुले दिर्न पर्ने । अर्को साहुको रुपैंयामा मिलाउन हुने नै देखिएकोले समेत लिने दिनेको मञ्जुर भएमा त्यसरी सौंपुवा लिन दिन नमिल्ने देखिएन । (प्रकरण नं.२३) (३) अ.बं.१०४ नं. को अधिन तहको कागज सुनाउँदा जुन पक्षलाई जे जस्तो पर्ने भएमा पनि सुनाउन पर्ने । प्रमाणमा पेश भएको