निर्णय नं. ३२०८ - नामसारी दर्ता बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३२०८ - नामसारी दर्ता बदर भाग: २९ साल: २०४४ महिना: पौस अंक: ९ फैसला मिति :२०४४/०८/२४ २३९६ निर्णय नं. ३२०८ ने.का.प. २०४४ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४४ सालको दे.पु.नं. ७०७ मुद्दा : नामसारी दर्ता बदर । पुनरावेदक/प्रतिवादी: का.जि.भिमढुङ्गा गा.पं.वार्ड नं. ४ बस्ने दीर्घमान मानन्धर । विरुद्ध विपक्षी/वादी: ऐ. ऐ. अष्टनारायण मानन्धर । लोक मानको मु.स.गर्ने तीर्थमाया मानन्धर । फैसला भएको मिति: २०४४।८।२४।५ मा बाबु वा लोग्ने जीवित छँदै अंशबण्डा नभई सँग साथमा रहँदा बस्दाकै अवस्थामा बाबु वा लोग्नेको मुत्यु भएमा बाबु बाजेको मृत्यु पश्चात बाँकी पैतृक सम्पत्तिमा सबै अंशियारको बराबर हक लाग्ने, प्रस्तुत मुद्दामा यी वादी आफ्नो फिरादपत्रमा नै बाबु परलोक हुनु अगावै अंशबण्डा गरी छुट्टी भिन्न बसेको कुरालाई स्वीकार गरेको देखिन्छ, यस्तो अवस्थामा अंशबण्डाको १४ नं. आकर्षित नहुने । (प्रकरण नं. १४) गा.पं.को सिफारिश सम्बन्धमा जालसाजी मुद्दा चली वादी दावी नपुग्ने ठहरी बा.अं.अ.बाट भएको फैसला अन्तिम रुपमा रहेको देखिएको समेतबाट बाबुलाई यी प्रतिवादीले पालन पोषण गरेको भन्ने कुरा पुष्टि हुन आयो, यस्तो अवस्थामा बाबुको मृत्युपछि निजको अपुताली यी प्रतिवादीले नै पाउने । (प्रकरण नं. १६) पुनरावेदक तर्फबाट: विद्वान अधिवक्ता श्री अनुराज शर्मा विपक्षी तर्फबाटःX उल्लेखित मुद्दाःX फैसला न्या.गजेन्द्र केशरी बास्तोलाः म.क्षे.अ. को फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ । २. पुनमानका २ श्रीमतीमा कान्छी हरिमायाबाट हामी अष्टनारायण र लोकमान तथा जेठी रत्नमायाबाट दीर्घमानको जन्म भएको, बाबु तथा दुवै आमाहरूको देहावशान भइसकेकोमा बाबुको सम्पत्तिमा ३ जनाकै बराबर हक लाग्ने हो । हामी सबै अंशियारहरू अंश भिन्न भइसकेको स्थितिमा बाबुको नाममा रहेको बालाजु गा.पं.वार्ड नं. ३(क) कि.नं.२६१ को ज.रो. १–४–० जग्गालाई पञ्चायतको सिफारिशको आधारमा मा.पो.का.काठमाडौंको मिति ०३९।५।१६ को टिप्पणी सदर अनुसार विपक्षीका नाममा नामसारी दर्ता परिणत गरी दर्ता प्रमाण पूर्जा दिने कार्य भएकोले ३ भागको २ भाग हाम्रो हक जति हामीहरूका नाममा छुट्टैछुट्टै दर्ता गरी जग्गाधनी दर्ता प्रमाण पूर्जा दिलाई पाउँ भन्ने समेत व्यहोराको ०३९।८।१८।६ को फिरादपत्र । ३. हामी भिन्दाभिन्दै आमाका सन्तान भएका, अंशबण्डा पश्चात पिता मसँग बसी आएका, नाता प्रमाणित गरेको आधारमा पालन पोषण गरेको भन्न मिल्दैन । बाबुको पालन पोषण र मृत्यु पश्चात काजकृया पनि मैले नै गरी आएको हुँदा हकदैया नपुग्ने वादीको दावी कायम रहन नसक्ने हुँदा मेरो नामको जग्गा दर्ता सदर कायम गरी वादी दावी खारेज गरिपाउँ भन्ने समेत प्रतिउत्तरपत्र । ४. कानुनी प्रश्नमा विबन्धन लाग्न नसक्ने तथा प्रतिवादीले वादीलाई पालन पोषण गरेको भन्ने बुझिएका साक्षी प्रमाणबाट देखिएको तर वादीले बाबुलाई पालन पोषण गरेको भन्ने किटान साथ भन्न समेत नसकेको हुँदा वादी दावी पुग्न सक्दैन भन्ने समेत शुरु का.जि.अ.को फैसला रहेछ । ५. का.जि.अ.को फैसलामा चित्त बुझेन शुरु वादी दावी बमोजिम गरिपाउँ भन्ने समेत वादीको बा.अं.अ.मा परेको पुनरावेदनपत्र । ६. बाबुले आफूसँग अंश मिसाई बसेको भन्ने जिकिर प्रतिवादीले लिन नसकेको हुँदा विवादित जग्गामा वादी प्रतिवादीले बराबर हक लाग्ने देखिँदा इन्साफ शु