निर्णय नं. २९१ - हक सफा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २९१ - हक सफा भाग: ८ साल: २०२२ महिना: बैशाख अंक: १ फैसला मिति :२०२२/०२/२२ ३७७१ निर्णय नं.२९१ ने.का.प.२०२२ फुल बेञ्च माननीय प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री लोकराज जोशी ०२१ सालको पहिलो रिभिजन दे.फु.नं.२९५ निवेदक : प.३ नं.तनहुँ बन्दिपुर बजार घर भई हाल चितवन नारायणघाट बस्ने श्यामकृष्ण प्रधान विरुद्ध प्रतिवादी : चितवन इ.प्रगन्ना चितवन मौजे सलौली बस्ने अम्बाकुमारी क्षेत्रनी समेत मुद्दा : हक सफा (१) साहू असामीको ९ नं. – भिन्न भएका नठहरिए र घरको मुख्य आफै भए, थाहा दिने प्रश्न नउठ्ने । सगोलको व्यक्तिलाई कस्तो अवस्थामा निखन्न पाउने हक नहुने ? साहु असामीको ९ नं. मा निखन्ने बारेमा व्यवस्था गरेको देखिन्छ । जुन यस प्रकार छ । “हकवालाको घरको मुख्य मालिकलाई जनाउ नदिई किन्न बेच्न हुँदैन । हकवालाले लिएसम्म अरुले पाउँदैन । बेचे किनेका मितिले हकवाला यसै सरहदमा भए ६ महिना र बिदेश गएको भए १ बर्षसम्ममा थाहा पाएका ३५ दिन भित्र हकवालाले लिन्छ भने पाउँछ । सो म्याद नाघेपछि हकवालाले पाउँदैन । किने बेचेको पक्का हुन्छ । निखनी लिन पाउने कुरामा धेरै जना हकवाला भएकोमा नजिकको जो हुन्छ, उसैले निखनी लिन पाउँछ । वादीहरू खड्गबहादुरसँग भिन्न भएका नठहिरए पछि घरको मुख्य खड्गबहादुर नै हुन्छन् । आफूले आफैलाई थाहा दिने प्रश्न उठ्दैन । त्यसकारण सगोलको व्यक्तिलाई निखन्न पाउने हक दिएको छैन । (प्रकरण नं.१४) (२) अपुतालीको १ नं.– ७ पुस्तासम्मका १० दिन जुठो लाग्नेमा जो जति नजिकको छ भन्ने उल्लेख भएको । सगोलको व्यक्ति हकवाला नमानिने भन्ने ऐनमा व्यवस्था नभएको । हकवाला शब्दले सगोल वा छुट्टिएका सबै किमिसका हकवालालाई जनाउने । साहु असामीको ९ नं.हकवालाले लिएसम्म अरुले नपाउने । धेरै हकवाला भएमा सवभन्दा नजिककोले निखन्न पाउने । सगोलका अंशियारको मन्जुरी लिन पर्ने भन्ने साहु असामीको ८ नं. मा उल्लेख भएको । साहु असामीको ९ नं.बमोजिम सगोलको व्यक्तिले निखन्न पाउने । अपुतालीको १ नं.हेरेमा हकवाला भनेको ७ पुस्तासम्मको १० दिन जुठो लाग्नेमा जति नजिकको छ, उही हुन्छ भन्ने उल्लेख भएको र सगोलको व्यक्ति हकवाला मानिन नसक्ने ऐनमा कतै व्यवस्था नभएकाले हकवाला शब्दले सगोलका वा छुट्टिएका सबै किसिमका हकवालालाई सम्मिलित गरेको पाइन्छ र हकवालाले लिएसम्म अरुले पाउँदैन । धेरै हकवाला भएकोमा नजिकको जो हुन्छ, उसैले निखनी लिन पाउँछ भन्ने उक्त साहु असामीको ९ नं. को बोलीले हकवालामा जो नजकि छ, उसैलाई निखन्न पाउने हक प्रदान गरेको देखिन्छ । ऐनले सगोलको अरु अंशियारको पनि मन्जुरी लिनु पर्ने, सम्पत्ति मन्जुरी नलिई बेचेको कलममासम्म साहु असामीको ८ नं.लाग्ने कुरा हो । जस्तो अंशबण्डाको ३८ नं. ले अरुको मन्जुरी लिनु नपर्ने समेत ऐनले आफू खुशी गर्न पाउने सम्पत्ति बेचेको कलममा पनि सगोलको व्यक्तिको लागि साहु असामीको ८ नं.नै लाग्ने अवस्था पर्न आउँदैन । त्यसको अवस्था सगोलका व्यत्तिले पनि साहु असामीको नं.९ कै आधार लिनु पर्ने हुन आउँछ । हकवाला शब्द भित्र सगोलको व्यक्ति पनि पर्ने हो भने सगोलको आफ्नो समेत हक लाग्ने सम्पत्ति आफैले निखन्न पाउने हुन्छ भन्ने तर्कका हकमा आफ्नो हकवाला कसैले बिक्री गरेको सम्पत्ति हकवालाले नै लिन चाहेमा निखनी लिन पाउने नै कानूनको मुख्य सिद्धान्त हो । यस्तो निखन्ने बारेमा बिक्री गर्ने व्यक्तिसँग नाता सम्बन्ध भएको व्यक्तिलाई सम्पत्तिको उपभोग गर्दा आफ्नो बीचमा कुनै उनाउँ व्यक्तिको उप