निर्णय नं. ३२०९ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३२०९ - कर्तव्य ज्यान भाग: २९ साल: २०४४ महिना: पौस अंक: ९ फैसला मिति :२०४४/०९/०९ ३११६ निर्णय नं. ३२०९ ने.का.प. २०४४ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह सम्वत् २०४३ सालको फौ.पु.नं. ५७२, ५६७, ५८२, ५५४ सम्वत् २०४४ सालको फौ.सा.नं. १५२ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादी: कञ्चनपुर जिल्ला लक्ष्मीपुर गा.पं. वा.नं.७ बस्ने पखराज भन्ने पंख बहादुर शाही । ऐ. बस्ने मीनराज भन्ने भीम राज शाही । कंचनपुर जिल्ला लक्ष्मीपुर गा.पं. वार्ड नं. ७ घर भै हाल कंचनपुर कारागारमा बन्दी रहेका प्र.पं.लोकराज शाही । ऐ.ऐ बस्ने तर्कराज भन्ने तर्क बहादुर शाही । कंचनपुर जिल्ला गा.पं.लक्ष्मीपुर वा.नं. ७ वैसाखी बस्ने गोपी शाही । विरुद्ध विपक्षी/वादी: श्री ५ को सरकार । पुनरावेदक/वादी: शुर बहादुर शाहीको जाहेरीले श्री ५ को सरकार । विरुद्ध विपक्षी/प्रतिवादी: जिल्ला कञ्चनपुर गा.पं. लक्ष्मीपुर वा.नं. ७ बस्ने लोकराज शाही । ऐ.ऐ बस्ने लोकराज शाही । ऐ.ऐ बस्ने चन्द्र बहादुर शाही । ऐ.ऐ बस्ने पंख बहादुर शाही । ऐ.ऐ बस्ने मीन राज भन्ने भीमराज शाही । ऐ.ऐ वा.नं.४ बस्ने सुन्दर चन्द । ऐ.ऐ बस्ने मान बहादुर भण्डारी । फैसला भएको मिति: २०४४।९।९।३ मा अदालतमा आई प्र.ना.नि.ले बयान गर्दा मृतक मर्नु भन्दा अगाडि आफू समक्ष गरेको कागज सम्बन्धमा बलिराज गोलीको बेदनाले सरसरती भन्न नसके पनि रोकीरोकी होशमा निजले भने बमोजिम लेखिएको हो भनी एउटा प्रहरी कर्मचारीले अदालतमा आई गरेको बयानलाई असत्य मान्न नमिल्ने । (प्रकरण नं. ९०) अस्पतालका सिनियर मेडिकल अधिकृतले अदालतमा आई बयान गर्दा मृतकको पोष्टमार्टम आफैंले गरेको र मृतकको शरीर सडे गलेको हुँदा मुटु फोक्सो पेट आदि हेरियो त्यहाँ गोली पाइएन, एक्सरेको साधन नहुँदा आन्द्रामा गोली पसेको कुरा पेटमा लागेको घाउको आधारले गोली लागेको घाउ भनी प्रमाणित गरेको छु र बाहिर गोली पास भएको घाउ नदेखिएको कारणले गोली भित्रै रहेको हुनपर्छ भनी आफ्नो बयानमा स्पष्टसँग उल्लेख गरेको छँदाछँदै गोलीको चोटबाट मृतक मरेको होइन भन्न नसकिने । (प्रकरण नं. ९०) घाइतेले मर्नु भन्दा अगाडि गरेको कागज निज होश भएको बेला लेखेको हो भनी स्पष्ट बयान बकपत्र गरेको देखिन आउँछ, सो बयान प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम प्रमाणमा लिन मिल्ने । (प्रकरण नं. ९०) श्री ५ को सरकार तर्फबाट: विद्वान का.मु.उप-न्यायाधिवक्ता श्री गौरीबहादुर कार्की । पुनरावेदक प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ,विद्वान अधिवक्ता श्री प्रकाश बस्ती । उल्लेखित मुद्दाःX फैसला न्या.गजेन्द्र केशरी बास्तोलाः सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ उपर चित्त नबुझी पुनरावदेक प्रतिवादी पंखराज भन्ने पंख बहादुर शाही समेत जना ५ को र वादी श्री ५ को सरकारको पुनरावेदन परी बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत कर्तव्य ज्यान मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ । २. २०३७ साल श्रावण २० गतेका राती भतिजा बलिराज शाही र म मेरो घरको आँगनमा काठको खटियामा सुतिरहेका अवस्थामा राती अं.२।३ बजेको समयमा एक्कसी गोली पड्केको आवाज आई म साथै सुतिरहेको भतिजा बलिराज शाहीको चिल्लाहटबाट ब्युँझि हल्ला गर्दा गोली हानेर मिस भए जस्तो प्याट्ट, प्याट्ट दुई पटक आवाज भयो गोली पड्केको भए म पनि मर्ने वा घाइते हुने सम्भव थियो । मार्‍यो भन्ने आवाज सुनी यताउति हेर्दा र हल्ला गर्दा गाउँका म