निर्णय नं. २९२ - प्रतिशेध वा अन्य उपयुक्त आदेश जारी गरी पाउँ भन्ने

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २९२ - प्रतिशेध वा अन्य उपयुक्त आदेश जारी गरी पाउँ भन्ने भाग: ८ साल: २०२२ महिना: बैशाख अंक: १ फैसला मिति :२०२२/०२/१८ २७२७ निर्णय नं.२९२ ने.का.प.२०२२ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह । २०२१ सालको रीट नंम्बर ६३ निवेदक : बि.जि.धनुषा मौजे सबैला जन्मी सोही ठाउँ बस्ने बर्ष ३१ को बनारसी महतो विरुद्ध विपक्षी : श्री सचिव, श्री ५ को सरकार पञ्चायत मन्त्रालय सिंहदरबार, श्री सचिव, धनुषा बिकास जिल्ला पञ्चायत कार्यालय, जनकपुरधाम, निर्वाचन अफिसर, विश्वनाथ अधिकारी, धनुषा जिल्ला पञ्चायतका कार्यकारी । बिषय : प्रतिशेध वा अन्य उपयुक्त आदेश जारी गरी पाउँ भन्ने (१) सामान्यतः कसैको निजी स्वार्थमा आघात नभई अदालत गुहार्न नमिल्ने । सार्वजनिक हकको कुरामा उम्मेद्बार वा कुनै पनि मतदाताको निवेदन दिने हक हुने । यसरी संविधानले गाउँ सभा गाउँ पञ्चायतलाई पञ्चायती प्रजातन्त्रको मुल जग मानेको प्रष्ट देखिएको छ । निवेदक सबैला गाउँ पञ्चायतको ६ नं.वार्डको उम्मेद्बार खडा भएको । तर चुनाव स्थगीत गरी दिई जिल्ला पञ्चायतको चुनाव गर्न लाग्दा सबैला गाउँ पञ्चायतको मतदाताहरूको मतदानको हकमा आघात पुर्‍याई सबैला गाउँ पञ्चायतको प्रतिनिधित्व समेत हुन नपाउने भयो भनी सबैला गाउँ पञ्चायतका मतदाताहरूको सार्वजनिक हकको आधारमा आएको देखिएको छ । कुनै पनि गाउँ सभाको मतदाताले आफ्नो वडा वा गाउँले राष्ट्रिय पञ्चायतमा प्रतिनिधित्व पावस भन्ने पवित्र मनसायले आफ्नो हकको प्रयोग गर्न खोज्दछ भने सार्वजनिक हितको निमित्त यस अदालतले त्यस्तो निवेदकको सुनुवाई गरी ठेगान लगाई दिनै पर्छ । यस्तो सार्वजनिक हकको कुरामा उम्मेद्बार वा कुनै पनि मतदाताको निवेदन दिने हक छ भन्ने निवदेकको भनाई ठीक छ । तर निवेदक गाउँ सभाको एक सदस्य हुनु पर्छ र शुद्ध हृदय लिई सद्भावनामा आउनु पर्छ । निवेदन कसैको उच्चाहटमा लागि दिएको र खिचोल्याहा किसिमको हुन हुँदैन । यदी शुद्ध भावनाबाट हकको प्रचलनको लागि निवेदन दिएको छ भने यस अदालतले त्यस्तो निवेदन सुनी उचित निर्णय गरी दिनै पर्छ । निवेदक बनारसी महतोको निवेदन यस्तै प्रकारको देखिएको छ । यसैले निजको निवेदन दिने हक छैन भन्न मिल्ने । (प्रकरण नं.७) (२) गाउँ पञ्चायत (निर्वाचन) नियमावली, २०२० को दफा ख. मा संकटकालमा काम स्थगीत गर्नेसम्म व्यवस्था भएको । सामान्य परिस्थितिमा निर्वाचन अफिसले गाउँ पञ्चायतको निर्वाचन कार्य स्थगीत राख्न नमिल्ने । (३) उपनियम १ बमोजिम स्थगीत गरिएको वडाको मतदान गर्ने मिति र समय निर्वाचन असिफसरले सकभर चाँडो ठेगाना गरी सूचना प्रकाश गर्नेछन् भन्ने र गाउँ पञ्चायत ऐन, २०१८ को दफा ६१ मा सरकारको अधिकारको व्यवस्था भएको देखियो । लेखिएबमोजिमको अवस्था बाहेक अरु अवस्थामा निर्वाचन स्थगीत राख्न सकिने अधिकारको व्यवस्था भएको देखिएन । अतः धनुषा जिल्ला पञ्चायतको आदेशानुसार सामान्य परिस्थितिमा निर्वाचन अफिसरले सबै गाउँ पञ्चायतको निर्वाचन कार्य स्थगीत राखेको मिलेको देखिएन । (प्रकरण नं.८।२) (३) कस्तो अवस्थामा प्रतिशेधको आदेश जारी गर्न नमिल्ने ? सबैला गाउँ पञ्चायतको निर्वाचन भई धनुषा जिल्ला पञ्चायतको निर्वाचन गर्दा सबैला गाउँ पञ्चायतले जिल्ला पञ्चायतमा प्रतिनिधित्व गर्न पाउँदैन र त्यहाँको जनताको आफ्नो प्रतिनिधि पठाई राष्ट्रिय पन्चायतमा (भाग) लिन पाउने हकबाट बन्चित गराइन्छ । जिल्ला पञ्चायतको निर्वाचन कार्य शुद्ध भावनाबाट गरिएको छैन र संविधानको प्रतिकुल छ भन्ने निवेदक