निर्णय नं. ३२१० - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३२१० - कर्तव्य ज्यान भाग: २९ साल: २०४४ महिना: पौस अंक: ९ फैसला मिति :२०४४/०२/११ २३५४ निर्णय नं. ३२१० ने.का.प. २०४४ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा सम्वत् २०४२ सालको फौ.सा.नं. १०३ मुद्दा : कर्तव्य ज्यान । वादी: प्र.ह.कमलाकान्त झाको जाहेरीले श्री ५ को सरकार । विरुद्ध प्रतिवादी: जि.सर्लाही, परवानीपुर गा.पं.वडा नं. ८ झाझरा धुसेनी टोल बस्ने सार्कीमान गोले तमाङ। फैसला भएको मिति: २०४४।२।११।२ मा साविती बयान दिएको कुरा लाश जाँच मुचुल्काबाट समेत घाँटी सेरिई कर्तव्यबाट मरेका समर्थित हुन आएकोले हतियार प्रयोग गरी घाँटी छिनाएकोबाट मृत्यु भएको देखिन आएको हुँदा ज्यानसम्बन्धी महलको १३(१) बमोजिम सर्वस्वसहित जन्मकैद गर्ने गरेको शुरुको इन्साफ सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिबै देखिने । (प्रकरण नं. १६) जोखिमी हतियार प्रयोग गरी मारेको भए पनि अघिदेखि मार्ने भन्ने मनसाय रहेको भन्ने कतैबाट देखिन नआएकोले ज्या.सं.को १३(१) बमोजिम सर्वस्वसहित जन्मकैद गर्दा चर्को पर्ने देखिन आएकोले निज सार्किमानलाई अ.बं. १८८ नं.बमोजिम १० वर्ष कैद गर्ने भनी शुरु अदालतले राय व्यक्त गरेको मनासिब ठहर्‍याएको म.क्षे.अ.को इन्साफ मनासिबै देखिँदा साधक सदर हुने । (प्रकरण नं. १६) फैसला न्या.महेशराम भक्त माथेमाः मध्यमाञ्चल क्षेत्रीय अदालतबाट साधक सदरको लागि यस अदालतमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ । २. ०३९।३।२ गतेका दिन जि.सर्लाही, परवानीपुर गा.पं.वडा नं. ८ घुसेनी गाउँमा एकजना स्वास्नी मानिसलाई कर्तव्य गरी मारी लाश सदगत समेत गरिसकेको भन्ने थाहा पाई बुझ्न जाँदा ऐ.वार्ड नं. ८ मा बस्ने सार्किमान गोलेकी श्रीमती दुःखी भन्ने सुकुमाया उक्त २ गतेका दिन कर्तव्य गरी मारिएको र उक्त कर्तव्यबाट मेरेकी सुकुमायाको लाश निजकै लोग्ने सार्किमान समेतका गाउँलेहरूले गाउँदेखि पूर्व जङ्गलमा लगी गाडे दबाएको भन्ने थाहा हुन आएकाले निज सार्किमानलाई पक्राउ गरी दाखिल गरेको छु । कानुन बमोजिम होस् भन्ने समेत व्यहोराको प्र.ह.कमलाकान्तको प्रतिवेदन । ३. मेरी श्रीमती सुकुमाया भागिन् भन्ने खबर पाएकोले खोल्सै खोल्सा दक्षिणतिर आउँदा श्रीमती झाडीमा लुकी बसेको देखें । घर जाउँ भनी तान्दा नमानी मलाई ढुङ्गाले हिर्काएकाले रिस उठी निजको हातको खुर्पा खोसी घाँटीमा हान्दा काटीन गई भैमा लडेकिले लाश उठाई घारीभित्र राखी सुकुमाया हराइन् भनी गाउँघरमा खोजी गरी हिडेको हुँ । सोही दिन ४ बजेतिर गई सुकुमायाको घाँटी काटिएको ठाउँमा गम्साले बेरी मृतक लाश म आफैंले बोकी पूर्व जङ्गलमा लगी गाडेको छु मैले लाश बोकी जाँदा मेरा पछाडि मान बहादुर बमजन, धनमान बंजन, टिकाराम थिङ, वीर बहादुर, देवबहादुर, कमानसिंह, काले कामी समेत गएका र सम्बरबहादुर मलामी गएका थिएनन् भन्ने समेत व्यहोराको अभियुक्त सार्किमान गोलेको प्रहरीमा भएको कागज । ४. सार्किमानकी स्वास्नी सुकुमायालाई कर्तव्य गरी मारिएको हो भन्ने थाहा पाई मलामी गएको होइन । घरमा ल्याई लाश जलाउनु पर्छ भनी हामीले भन्दा सार्किमान गोलेले खर्च नभएकाले म आफैं बोकी लगी गाडिदिने भनी सार्किमानले लाश बोकी लगे हामी मलामी गएका हौं भन्ने समेतको मलामी जाने मान बहादुर, काले कामी, कमान सिंह, देवबहादुर, वीर बहादुर, टिकाराम समेतको प्रहरीमा भएको कागज । ५. मृतक सुकुमायाको लाशको घाँटीमा धारीलो हतियारले काटेको प्रकृति मुचुल्कामा लेखिए अ