निर्णय नं. २९३ - भन्सार बैंक जिम्माको कपडा चोर्नु, चोराउनु, मास्नु गरे भन्ने

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २९३ - भन्सार बैंक जिम्माको कपडा चोर्नु, चोराउनु, मास्नु गरे भन्ने भाग: ८ साल: २०२२ महिना: बैशाख अंक: १ फैसला मिति :२०२२/०४/२७ ३०१८ निर्णय नं.२९३ ने.का.प.२०२२ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री लोकराज जोशी माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह २०२० सालको फौज्दारी पहिलो अपील नम्बर ६५७।६७२।६७३।६७४ वादी, अपीलाट : श्री ५ को सरकार (वि.पु.विभाग) विरुद्ध प्रतिवादी, रेस्पोण्डेण्ट : काठमाडौं इलाका डिल्ली बजार बस्ने से.अ.दुर्गाप्रसाद उपाध्याय १ बटु गुचाटोल बस्ने निरराज राजभण्डारी १ महांकाल चावहिल बस्ने से.अ.मधुवनप्रसाद उपाध्याय समेत । बटु गुचाटोल बस्ने सब–मेनेजर गोबिन्दराजभण्डारी, मखन टोल बस्ने सुर्जमल माडवारी १ ऐ बस्ने चीरंजिवि लाल ऐ १ ऐ बस्ने महाविरप्रसाद क्याल १ मुद्दा : भन्सार बैंक जिम्माको कपडा चोर्नु, चोराउनु, मास्नु गरे भन्ने (१) कस्तो अवस्थाको चोरीमा चोरीको हदम्याद नाघेको भन्न नमिल्ने ? ०१४ सालमा छ्यासमिस गराई सो मिति देखि चोर्नु, चोराउनु गरेको र ०१५।७।१२ मा उजुरी परेबाट कारवाई चलेमा म्याद नाघेको भन्न नमिल्ने । उक्त कपडा कुनै निश्चित एकै मितिमा चोरे, चोराए मासेको भन्ने नभई ११ सालमा आएको भए पनि १४ सालमा सिल तोडिई छ्यासमिस गराई सोही मिति देखि कपडा चोर्नु, चोराउनु, मास्नु भ्रष्टाचार पूर्ण कारवाई गर्ने गराउने गरेको भन्ने वि.पु.वि. को आरोपपत्रको दफा ५ मा लेखिएको र भ्रष्टाचार काला बजार र चोरी समेत गरे भन्ने १५।७।१२।३ मा विशेश्वरलाल गुप्ताले दिएको उजुरीबाट कारवाई उठान भएको देखिएकोले चोरीको ऐनको १ बर्षको हक म्याद नाघेको भन्न भएन । (प्रकरण नं.१३) (२) भ्रष्टाचार निवारण ऐनको दफा ३० – वि.पु.वि. ले प्रयोग गर्न नमिल्ने । वि.पु.वि. ले भ्रष्टाचार ऐनको परिच्छेद २ अन्तर्गतको सजाय हुने कसुरमासम्म तहकिकात गरी कारवाई चलाउन पाउने भनी ऐन दफा १७, १८ ले व्यवस्था गरेको छ । त्यो बाहेक अरु ऐन बमोजिम अरु अड्डा अदालतमा अरु कसैले मुद्दा चलाउन पाउने हक सुरक्षित गरेको । भ्र.नि ऐन दफा ३० वि.पु.वि. ले प्रयोग गर्न नमिल्ने देखिन्छ । (प्रकरण नं.१३) (३) मालधनीको रोहवरमा आदेशानुसार गाठ खोलि जाँच भएकोमा चोरे, चोराए भन्न नमिल्ने । कपडाको गाठ खोल्दा महाविर रोहवरमा रहेको देखिएकोले मालधनी नराखि खोलेको भन्न भएन । सो १७८ गाठ कपडा कति मोल परेको रहेछ, हाल कति मुल्यको छ ? भन्सार गोश्वाराका हाकिम र गौचर भन्सार गोश्वाराका साक्षी दुर्गाप्रसाद गई विल भौचर मालको नमुना समेत राम्रोसँग जाँची बुझी रिपोर्ट पेश गर्नु भन्ने तत्कालिन उपपन्त्री रत्नप्रसादज्यूबाट आदेश भए बमोजिम कपडा जाँच्दा विल भौचर बैंकबाट माहाविरले लगिसकेको भई हेर्न नपाएको भनी आदेशानुसार गाठ खोली जाँच गर्दा छ्यासमिस हुनु स्वाभाविकै भएकोले त्यस तथ्यको आधारले चोरे, चोराए मासेको भन्न नमिल्ने । (प्रकरण नं.१५) (४) प्रष्ट सबूदको अभावमा कसुर कायम गर्न नमिल्ने । क–कस्तो प्रमाण वारदातको निमित्त योग्य हुन आउने ? बैंकको कपडा ११ सालमा आएको भए पनि १४ सालमा सिल तोडी छ्यासमिस गराई सोही मितिदेखि चोर्नु, चोराउनु, मास्नु गरेको भन्ने वि.पु.वि. को आरोपपत्रको दफा ५ मा उल्लेख भएकोले त्यसपछि चोर्नु, चोराउनु, मास्नु गरेको भन्ने प्रमाणको निमित्त ११।१०।२१ र ११।१०।२४ मा कपडा उपत्यकामा पैठारी हुनु भन्दा अघि ०११।१०।५सम्मको लेखिएको । २५ घर १४ साल भन्दा अघिको । अरु समेत खाताहरू यो वारदातका निमित्त लायक प्रमाण हुन आउँदैनन । तसर्थ, बजारमा बिक्री भए भनेका कपडाहरू बैंकबाट निकाशी