निर्णय नं. ३२११ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३२११ - कर्तव्य ज्यान भाग: २९ साल: २०४४ महिना: पौस अंक: ९ फैसला मिति :२०४४/०३/१२ २६९० निर्णय नं. ३२११ ने.का.प. २०४४ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा सम्वत् २०४३ सालको फौ.सा.नं. ८७ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/वादी: धनबहादुर खड्काको जाहेरीले श्री ५ को सरकार । विरुद्ध विपक्षी/प्रतिवादी:कास्की जिल्ला पो.न.पं.वार्ड नं. ६ बैदाम बस्ने छविराज पहाडी । ऐ.ऐ बस्ने हरि बहादुर कोइराला । ऐ.ऐ बस्ने पेशल बहादुर खत्री क्षेत्री । ऐ.ऐ बस्ने जुठे दमाई । ऐ.ऐ बस्ने दुर्गा प्रसाद पहाडी । ऐ.ऐ बस्ने देव प्रसाद कोइराला । ऐ.ऐ बस्ने वनदेवी पाध्यानी । ऐ.ऐ बस्ने होम बहादुर लामिछाने । ऐ.ऐ वार्ड नं. ५ बस्ने जिवनाथ भूर्तेल । जि.सिन्धुपाल्चोक पाखर गा.पं.वार्ड नं.८ घर भै हाल पो.न.पं. वार्ड नं. ६ वैदाम बस्ने ढालु भन्ने राजु पराजुली । फैसला भएको मिति: २०४४।३।१२।६ मा गालीगलौज हुनु आदिबाट उत्तेजना बढी वैदामबाट आएको मानिसहरू र सराङकोटको मानिसहरू बीच भनाभन हुलमाल बढ्न गई झगडाको रुप लिन पुग्यो, यसरी झगडा भई हानाहान कुटपिट हुँदा मृत्यु भएको देखियो, यस अघि मार्नुपर्ने सम्मको पूर्व रिसइवी रहेभएको पाइँदैन, पूर्व योजना तयारी बमोजिम योजना घटित भएको पनि पाइँदैन, यसरी भैसीको कारणबाट सराङकोटे जनता बैदामे जनतासम्म बिस्तार भएको हाल्लाखल्लाबाट उत्तेजित जनसमूह बीच एकाएक मूठभेड हुँदा भवितब्यको वारदात घटित भई भवितव्यमा मृत्यु भएको देखियो । (प्रकरण नं. २६) वनदेवीको कारणबाट झगडाको शुरुवात भए पनि मृतकको मृत्यु हुनेसम्मको वारदात गर्ने गराउने नियत नभई आफूलाई अपशब्द गालीगलौज हुँदा उत्तेजना बढन गएको देखिन्छ । अन्तिम वारदातमा अपराधिक कृयाकलाप भएको नदेखिँदा कसूर गरेको भन्न नमिल्ने । (प्रकरण नं. २६) कुटपिटको परिणाम मृत्यु भएको भनी आफू समेत कसूरमा सावित भई पोलेको कुरा प्रहरीमा भएको बयानबाट देखिन्छ । सो कुरालाई चस्मदिद गवाहहरूबाट समेत पुष्टि भएको छ, यस स्थितिमा मृतकको मृत्यु प्र.छविराज, दुर्गा, राजु, देवीप्रसाद, हरि बहादुर समेतको भवितब्य कुटपिटको कारणबाट भएको देखिने । (प्रकरण नं. २६) फैसला न्या.महेशराम भक्त माथेमा: प.क्षे.अ.को फैसला उपर साधक जाँचको लागि बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ । २. खैतारे हरि भन्ने समेत ११ जना चिनेका र अरु देखे मात्र चिन्ने २० जना समेत भई ०३७।८।४ को दिनको ४ बजेको समयमा लाठी, ढुङ्गा, नाइनचक्कू र छुरी समेत प्रहार गरी मेरा दाजु देवी बहादुर खड्काको मृत्यु भएकोले कानुन बमोजिम होस भन्ने समेत धनबहादुर खड्काको ०३७।८।५ को जाहेरी दर्खास्त । ३. तालु बायाँपट्टि फुटी सिलाएको घाउ देखिएको भन्ने समेत ०३७।८।५ को मृतक देवी बहादुरको लाश प्रकृति मुचुल्का । ४. सराङकोटतर्फका ५०–६० जना र बैदामतर्फका २०–२५ जनाका बीचमा ०३७।८।४ गतेको दिन अं.४ बजेको समयमा हानाहान भएको हो । मैले नाइनचक्कू लिएर गएको थिएँ, मैले नाइनचक्कूले १–२ जनालाई चोट पुर्‍याएँ, पछि जिवनले खोसेर चलाए मैले मर्ने देवी बहादुरलाई १–२ मुक्का हानेको हुँ म र देवी बहादुरले हानेको ढुङ्गाले जीवनाथलाई लागेकोले जीवनाथ, पेशल बहादुर , जुठे दमार्ई समेतले २ मुक्का हानेका र हरि बहादुरले देवी बहादुरलाई ढुङ्गाले हानेका हुँदा आइया बाबा भनी जमीनमा ढले, त्यसपछि हामी भागी आएका हौं भन्ने समेत राजु भण्डारीले प्रहरीमा गरेको बयान कागज । ५. स